प्रेरणादायी व्यक्तित्व : दैवज्ञराज
समाजले सधैँ सम्झिरहने नाम हो वरिष्ठ नेपाली साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने । उहाँले सामाजिक सेवा र साहित्यबाट देशलाई दिनुभएको योगदान आजको पिँढी र भावी पुस्तालाई स्मरण भइरहनेछ । १९९९ साल मङ्सिर ३० गते भोजपुरमा जन्मनु भएका दैवज्ञराज न्यौपानेले नेपालीमा एम.ए., साहित्यरत्न र मीमांसा दर्शनमा आचार्यसम्मको अध्ययन गर्नुभएको थियो । जब उहाँ नयाँ बानेश्वरमा घर किनेर बस्न थाल्नु भयो, त्यस बेलादेखि मैले छिमेकीको नाताले उहाँसँग सङ्गत गर्ने मौका पाएँ । उहाँसँग सबैसित मेलमिलाप राख्न सक्ने गुण र सहयोगको भावना पाइन्थ्यो ।
२०४४ सालमा नयाँ बानेश्वर वडा नं. ३४ मा स्थापना भएको पञ्चकुमारी सामाजिक गुठीमा उहाँसँग रहेर काम गर्ने मौका पाउँदा अभैफ नजिकैबाट सङ्गत गर्ने अवसर मिल्यो । २०६५–६६ मा जब उहाँलाई पञ्चकुमारी गुठी संस्थाले पञ्चकुमारी भवनमा अभिनन्दन गर्ने अवसर पायो, त्यस अभिनन्दन समितिमा म पनि एउटा सदस्य भएको नाताले मलाई उहाँ जस्तो एउटा सर्वगुण सम्पन्न व्यक्ति गुमाउनु परेकोमा ज्यादै दुःख लागेको छ । प्राध्यापन, साहित्य सिर्जना र समाज सेवामा निरन्तर लागिरहनु हुने प्रेरणादायी व्यक्तित्वका रूपमा उहाँलाई नेपाली समाजले सम्झिरहनेछ ।
२०६९ असार
नयाँ बानेश्वर, वडा नं. ३४
गाएर गाना सुरिलो गलाले
लेख्थे अनेकौँ कविता कलाले
एक्कासि नै व्याधि बनेर आँधी
दैवज्ञको सिर्जन भो समाधि ।
- तीर्थराज अधिकारी