नेपाली साहित्यका ज्योति : कवि दैवज्ञ
राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कवि दैवज्ञराज न्यौपाने अत्यन्त सुन्दर, साहसी, आकर्षक एवं उच्च मनोबल भएका व्यक्ति हुनुहुन्थ्यो । यस्तो साहसी व्यक्तिकी भतिजी हुन पाउँदा म गौरवान्वित छु । २०३१ साल कार्तिक महिनामा हाम्रा हजरबुबा (उहाँका पिताजी) को वर्खान्त र पुराण परेकाले उहाँ काठमाडौंबाट गोगने, धाइपामा आउनुभएको थियो । त्यतिबेलै मैले पहिलोपल्ट उहाँलाई चिन्ने मौका पाएँ । मलाई काकाले त्यतिबेलै भन्नु भएको थियो– नानी मलाई काका नभन हेला गरेजस्तो लाग्दछ, ठुलोबुबा भन । त्यहाँदेखि मैले ठुलोबुबा भन्न थालेँ । मलाई धेरै प्यारो गर्नुहुन्थ्यो । त्यसैले म धेरै नजिकिएँ । उहाँले हँसिलो अनुहार र नम्र बोलीले बोलाउने भएकाले म चिनीमा कमिला घुमेभैँफ उहाँको वरिपरि घुम्न थालेँ, खेल्न थालेँ, लुटुपुटु गर्न थालेँ । अनि ठुलोबुबाले हजुरआमालाई सोध्नु भएछ – सीतालाई काठमाडौं लानुपर्यो, पढ्छे पनि भाइ भूषणलाई खेलाउँछे पनि । त्यो कुरा हजुरआमाले मलाई भन्नुभयो । त्यसपछि सायद म केटाकेटी नै भएकाले होला मलाई जान मन लागेन अनि ठुलोबुबादेखि डराउन र टाढिन थालेँ । हजुरआमाले जा, पढ्नु पर्छ भनी धेरै सम्झाउँदा पनि म त नाइँ जान्न भनी काठमाडौं जान इन्कार गरेँ । वि.सं.२०३१ साल पौष महिनादेखि कक्षा एकमा श्री विद्येश्वर सं.मा.वि. गोगनेमै पढ्न थालेँ । म काठमाडौं जान नमान्नुको कारण आफ्ना आमा, बुबा र हजुरआमालाई छोड्नुपर्छ भनेर हो । त्यसपछि पढाइको यात्रा सुरु भयो । समय बित्दै जाँदा वि.सं.२०३६ सालमा पेफरि ठुलोबुबा, ठुलोममी, भाइहरू भूषण, उज्ज्वल भोजपुरको गोगने आउनुभयो । पेफरि पनि मलाई काठमाडौं लाने कुरा गर्नुभयो तर म मानिन ।
वि.सं. २०४१ साल माघ महिनामा चन्द्रगढीबाट एस.एल.सी. परीक्षा दिइसकेकै दिन बेलुका माइलोबुबा केदार न्यौपानेसँग पहिलोपल्ट बल्ल काठमाडौं आउन सफल भएँ । त्यही दिन माइली आमाले ठुलोबुबाको घर पुर्याइदिनुभयो । त्यसपछि ठुलोबुबाले अत्यन्तै खुसी भई चन्द्रगढीतिरका खबरखाबर सोध्नुभयो । केही दिनपछि उहाँले शिल्पकलामा लगेर सिलाइबुनाइका लागि नाम लेखाइदिनुभयो, सिलाइ मेसिन किनिदिनुभयो, धेरै कपडा किनेर ल्याइदिनुभयो । खुसीसाथ सिलाइबुनाइ सिकेँ । भाइ–बहिनीसँग रमाएर बसेँ । वि.सं. २०४२ मङ्सिर १७ गते कलेज पढ्न नेपाल कमर्श क्याम्पस मीनभवनमा नाम लेखाइदिनुभयो । कलेज पढेँ, उहाँकै घरमा बसेर । धेरै प्यारो गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो हाम्रो विषय नेपालीभन्दा तैँले फरक विषय पढिस् तर कमर्श पढ्न नाम चाहिँ उहाँले नै लेखाइदिनु भएको थियो । मलाई छोरी भन्नुहुन्थ्यो र उहाँका सहपाठी जो सुकै कविहरू आउँदा पनि छोरीहरू भनी अर्चनालाई र मलाई परिचय गराउनुहुन्थ्यो ।
मलाई उहाँले पढाइमा धेरै ख्याल गर्नुहुन्थ्यो । उहाँ नेपालका लागि एक अलौकिक ज्योति र मार्गदर्शक हुनुहुन्थ्यो । उहाँले तोतेबोली, सिर्जनाका लहर, बालसंसार, हुने विरुवाका चिल्ला पात, जोर मुरली, घामले ढोका खोल्यो जस्ता ज्ञानवर्द्धक मनोहर अनेकौँ कृतिहरू प्रकाशित गरी राष्ट्रिय कविता महोत्सव २०२८ बाट पुरस्कार ग्रहण गर्न सुरु भई विभिन्न तक्मा र पुरस्कार प्राप्त गर्दै राष्ट्रपति रामवरण यादवबाट वि.सं. २०६६ सालमा नागरिक अभिनन्दन समेत प्राप्त गर्नुभयो । उहाँ आपूफभन्दा ठुलालाई साह्रै सम्मान गर्नुहुन्थ्यो भने सानालाई धेरै प्यारो गर्नुहुन्थ्यो । त्यतिबेला मलाई अब मैले काठमाडौं छोडेर जानु पर्दैन जस्तो लाग्दथ्यो । “मनको वह, कसैलाई नकह” भनेभैँफ २०४५ साल भाद्रमा आइ.कम. पनि सकेँ । टाईफाइडका कारणले मलाई काठमाडौं बस्नै मन नभएकाले ठुलोबुबा गोगने गएको मौका मिलाई पेफरि चन्द्रगढीतिर प्रस्थान गरेँ । गोगनेबाट ठुलोबुबा काठमाडौं आइपुगेपछि मलाई फर्काउनका लागि मेरा बुबा जयप्रसाद न्यौपानेलाई– छोरीलाई जहाँतहाँ राख्ने होइन दाजु, यतै पठाइदिनू भनी अनुरोध गर्नुभयो । तर मैले टाईफाइडका डरले काठमाडौं फर्किन बेमञ्जुर गरेँ ।
म धेरै पछि २०५६ साल माघ महिनामा काठमाडौं आई ठुलोबुबासँग भेटघाट गरी गोगने फर्किएँ । त्यसपछि विधिको विधान “छोरीको जन्म हारेको कर्म” भनेभैँफ म ठुलोबुबा बिरामी भएर थला पर्दा पनि कहिले साना छोराछोरी र आफ्नो कार्यव्यस्तताका कारणले आउन सकिन र मात्र फोनबाट उहाँसँग बोली नबुभेफका कारणले गर्दा कहिले कहिले मात्र गफ गर्दथेँ । यसरी आफ्नो हित चिताउने, पढाइ नै जीवनको सहारा हो भन्ने र जुनसुकै काममा पनि तान्ने र घचेट्ने मान्छे भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने मान्छे जो चाहिँ आफ्नो ठुलोबुबा बिरामी हुँदा आउन पाइन । एकैचोटि २०६९ पुष २ गते करिब ७ बजे उहाँको मृत्यु भएको खबर आफ्नै श्रीमान् ध्रुवराज रेग्मीले फोनबाट भन्दा मलाई आफ्नो मुटुमा वज्रले हानेजस्तो लाग्यो । आपूफले आपैँफलाई सम्हालेँ । दुई दिन अगाडि नराम्रो सपना देखेकाले उहाँसँग गफ गरेँ, तर ठिकै छ भन्नुभयो । तर उहाँको अवस्था नाजुक भैसकेको रहेछ । जुन अवस्था सपनाबाटै प्रत्यक्ष भैसकेको थियो । मलाई अब उहाँलाई भेट्दिन भन्ने लागेर सुधा मामुलाई फोन गरी उहाँमार्पफत ठुलोबुबासँग गफ गरेँ । तर उहाँलाई भेट्न काठमाडौं जान नपाई उहाँको अवसान भयो । त्यसपछि मलाई लाग्यो–
कहिले न कहिले काठमाडौं जान्छु भन्ने मलाई आस छ,
हे दैव ! कुन स्वर्गमा ठुलोबुबाको कहाँनेरि बास छ ?
अन्त्यमा, गाउँ, टोल, समाज, जिल्ला, अञ्चल र राष्ट्रमा मात्र नभएर अन्तर्राष्ट्रिय जगत्मा समेत उहाँको कृति पैफलिरहोस् । जसरी साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य अमर रहे । त्यस्तै ठुलोबुबा दैवज्ञराज न्यौपाने पनि अमर रहनुहोस् भन्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।
२०६९ आश्विन ३०
श्री विद्येश्वर उ.मा.वि.गोगने–२, भोजपुर
न्यौपाने कुल–दीप–उज्ज्वल तिमी मुस्कान छर्ने छवि
नेपाली कवि–काव्य–फाँटभरिका ज्यादै उज्याला कवि
तिम्रो उच्च विचार भाव महिमा सम्झी सधैँ यो क्षण
थोपा तप्प चुहाउँदै हृदयले श्रद्धाञ्जली अर्पण
कोषराज न्यौपाने