कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मेरा स्मृतिमा दैवज्ञराज

विन्दु कोइराला

तत्कालीन पूर्व ४ नम्बर भोजपुर जिल्ला अन्तर्गत पर्ने गोगने गाउँमा उदाएका चम्किला तारा दैवज्ञराज न्यौपानेजी र पूर्व २ नं. रामेछाप हाल सिन्धुली जिल्लाभित्रको दुम्जा ३ मा जन्मिएकी म बिन्दु कोइरालाको प्रत्यक्षीकरण वा भेट २०२४ सालमा भएको हो । त्यस भेटको खास थलो भनेको चाहिँ शिक्षाको पवित्र मन्दिर मानिने त्रिभुवन विश्वविद्यालय नै थियो । त्रिपुरेश्वरस्थित त्रि.वि.मा एक वर्षको अध्ययन समाप्त भएपश्चात् हाम्रो स्नातकोत्तरको अध्ययन कीर्तिपुरको खुला मैदान, खुला हावा, खुला विचार र खुला वातावरणमा आरम्भ हुन थाल्यो ।

हृदयसंवेद्य वात्सल्यपूर्ण कविता लेख्ने दैवज्ञजी नेपाली कविता क्षेत्रमा स्वच्छ, सफा, कञ्चन तथा कलकल बग्ने खोला हुन् । उनका कविताको रसपान जो जसले पनि गर्न सक्दछ । हेर्दा पुफर्तिला, सामाजिक बन्धनबाट पनि आपूफलाई सधैँ ताजा राख्न समर्थवान् न्यौपानेजी प्रखर प्राज्ञिक व्यक्तित्व हुन् । त्यस्तै अत्यन्त लायक, गम्भीर, हँसमुख, अग्ला, गालामा लाली चढेका, गोरा, रसिला, फरासिला अनि तितामिठा/टर्रा सबै किसिमका कुराहरूलाई पचाउन सक्ने धेरैभन्दा धेरै अर्थात् अनन्त विशेषताहरूको सँगालो जस्ता थिए दैवज्ञराज न्यौपाने । मीठो शैलीमा बोल्न सिपालु दैवज्ञजीको स्वर अत्यन्त सुरिलो थियो । यिनी विशेषतः छन्दका कवि हुन् । अतः उनका अधिकांश कविताहरू छन्दमय छन् । यसो घोरिँदा लाग्दछ, उनी राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूका अत्यन्त नजिकका अथवा उनकै अनुयायी कवि हुन् । मिठो र सुरिलो स्वरका धनी दैवज्ञजीको शार्दूलविव्रफीडित छन्दमा रचिएको र गाइएको पनि स्वरमाधुर्यले श्रोतावर्गको हृदयलाई छुने गर्दथ्यो ।

स्नातकोत्तर नेपाली कक्षाका हामी सहपाठीहरू (जस्तै पीताम्बर दाहाल, शिवप्रसाद सत्याल, प्रेम शेर्पा विरोकी (दार्जीलिङ्ग), गोपाल योञ्जन, दुर्गा ढकाल, भैरव मजगैयाँ, वसन्त सिटौला, बुद्धिराज पाण्डे, रञ्जुश्री पराजुली, दुर्गा चित्रकार, विन्दु कोइराला, मणिप्रभा शर्मा, प्रेमा शाह, गोमाकुमारी आचार्य (श्रीमती भरतमोहन अधिकारी), सावित्री शाक्य तथा बेञ्जु शर्मा आदि) कक्षा रिक्तताका बेलामा चौरीमा बसी भन्ने गर्दथ्यौं–“सबै साथीहरूले आ–आफ्नो कलाको प्रदर्शन गर्नुपर्‍यो । यसै व्रफममा एकदिन मैले गोपाल योञ्जनजीलाई गीत गाइदिन अनुरोध गरेँ । तर उनी अनकनाए र यसो टाउको हल्लाएर निधारमा आएको कपाल पञ्छाउँदै भन्न थाले “कसैलाई सुनाउने मेरो गीत होइन ।” त्यसपछि जुरुक्क उठेर उनले आफ्नो बाटो तताइहाले । प्रेम शेर्माले एउटा कविता वाचन गरे, त्यो देशप्रेमले भरिपूर्ण थियो, तर लयबद्ध भने थिएन ।

दैवज्ञजी तितो, पिरो, टर्रो व्यवहार कसैलाई पनि नगर्ने र कोमल हृदयका कवि भएकाले अक्सर गरेर उनलाई नै बारम्बार लयमा आबद्ध भएर कविता सुनाउन आग्रह गर्दथ्यौँ । हो, हामी अधिकांश साथीहरू उनलाई नै घेरेर बस्दथ्यौँ । साँच्चि नै उनमा झर्कने–फर्कने, मात्तिने, आत्तिने र पुफर्कने बानी थिएन । उनी शान्त थिए – गम्भीर समुद्रजस्तै नै । हाम्रो कविता सुन्ने उत्सुकता, अपार इच्छा र उत्कट अभिलाषालाई दैवज्ञजीेले कहिल्यै पनि टुक्रयाएनन् । त्रि.वि. को चौरीमा बसी उनले वाचन गरेका कविताका पङ्क्तिहरू मैले अहिले यहाँ उद्धृत गर्न असमर्थ भएकोमा क्षमाप्रार्थी छु । यस्तै कार्यव्रफमको सिलसिलामा उनी आफ्नो विचार राखिहाल्दथे । अतःउनी बेला–बेलामा मलाई घच्घच्याएर भन्ने गर्दथे– “विन्दुजीले पनि दुम्जाली भाकामा केही श्लोकहरू भट्याउनुपर्‍यो ।” दुम्जाली लय भनेको चाहिँ विवाहको जग्गेमा जन्तीहरूले लामो भाका तानेर गाउने श्लोक हो । मेरो श्लोक–गायन श्रवण गरेपछि दङ्ग परेर मलाई धन्यवाद ! धन्यवाद ! विन्दुजी ! भनेका उनका मुखारविन्दबाट प्रस्फुटित ती तीनवटा शब्दहरू अभैफ पनि मेरा लागि ताजै छन् ।

एक चोटिको कुरा हो, कमलमणि दीक्षितज्यूले भनेछन्– “दैवज्ञजी ! तपाईँ तथा एकजना महिलाको स्वरमा रामायण पाठ गर्नुपर्‍यो । म त्यसलाई रेकर्ड गरेर राख्दछु, त्यसका लागि हार्दिक आमन्त्रण छ है ।” अनि कवि दैवज्ञजीले मलाई छानेछन् र त्यति बेलामा पनि उनले मलाई– “विन्दुजी ! भाका चाहिँ दुम्जाली नै हुनुपर्दछ नि !” भन्न बिर्सेनन् । तत्पश्चात उनी तथा म दीक्षितज्यूको निवासमा गई रामायण पाठबाट प्राप्त आनन्दानुभूति गरेका थियौं र गराएका थियौँ । यदि रामायणमा आबद्ध दैवज्ञजीको माधुर्यपूर्ण स्वरलहरी श्रवणको चाहना, इच्छा वा तिर्खा भएमा त्यो दीक्षितज्यूको बन्द कोठामा जीवितै होला भन्ने म आशा गर्दछु ।

एउटै विषय नेपाली र एउटै कक्षामा अध्ययनरत दैवज्ञजी र म एउटै पेसा तथा एउटै साल २०२७ मा प्राध्यापन कार्यमा संलग्न भयौँ । हाम्रो कर्मथलो भने पृथक्–पृथक् हुनगयो । जस्तै– मैले पद्मकन्या बहुमखी क्याम्पस वागबजारमा स्थायित्व प्राप्त गरें भने उनी पाटन बहुमखी क्याम्पसमा पुगे शिक्षा प्रदान गर्ने सिलसिलामा । दैवज्ञजीले सहायक र क्याम्पस प्रमुखका रूपमा रही शैक्षिक सेवामा पुर्‍याएको योगदान अविस्मरणीय छ, ज्यँूदो छ ।

नेपाली भाषासम्बन्धी कुनै गोष्ठी, सभा र साहित्यिक कार्यक्रममा हाम्रो भेट अथवा उपस्थिति अनिवार्य जस्तै नै हुन्थ्यो । २०३९ साल आषाढ महिनाको कुरा हो, त्रि.वि. नेपाली शिक्षण समितिले “अनिवार्य नेपाली भाषा अभिमुखीकरण” गोष्ठी गर्ने निधो गरेछ । त्यस कार्यव्रफमका सञ्चालनकर्ताहरू मध्येमा थिए, हाम्रै आदरणीय गुरुहरू– बल्लभमणि दाहाल, वासुदेव त्रिपाठी, चूडामणि बन्धु, ठाकुरप्रसाद पराजुली तथा अन्य अधिराज्यभरिका नेपाली विषयका प्राध्यापक लगायत दैवज्ञजी र मैले पनि त्यस कार्यव्रफममा सहभागी हुने सौभाग्य प्राप्त गरेका थियौँ । जम्मा १५ दिने अभिमुखीकरणको कार्यव्रफमको खास थलो चाहिँ पोखराको पृथ्वीनारायण क्याम्पस थियो र उक्त कार्यक्रमले हामीलाई निकै लाभान्वित हुने बनायो पनि । पोखरालाई नेपालको चेरापुञ्जी भनेको सुनेकी थिएँ – मैले । हो, त्यहाँ छिनैमा धेरै वर्षा हुने र तुरुन्त घाम पनि लागिहाल्ने मौसम तथा चाँडोभन्दा चाँडो बादलको घुम्टो ओढ्ने माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दृश्यावलोकनबाट दैवज्ञजीको कविहृदय जब उम्लिन्थ्यो, छचल्किन्थ्यो, तब उनी कलम र कपी लिएर आफ्नो कविता साधनामा डुबिहाल्दथे ।

जब हाम्रो १५ दिने गोष्ठीको विसर्जन भयो, तब भोलिपल्ट हामी अर्थात् उक्त कार्यक्रमका सम्पूर्ण सहभागीहरू पर्यटकका रूपमा रूपा र वेगनास तालतर्पफ उन्मुख भयौं । पोखरा बजारको पूर्वी तथा उत्तरी भागमा अवस्थित एउटा डाँडामाथि पुगेपछि ती दुबै तालको अवलोकन गर्न सहज हुने रहेछ । त्यसैले लौरो टेक्दै, तरतर पसिना चुहाउँदै, स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै अनि समथल ठाउँ आएमा मीठा–मीठा गफ पनि छाँट्दै हामी लक्ष्यित ठाउँमा पुग्यौं जहाँबाट रूपा र वेगनास छर्लङ्गिन्थे । रूपा, वेगनाश तथा वरिपरिका जङ्गल, पाखापखेरा, खोल्सा र बस्तीहरूको दृश्यावलोकन पश्चात् जब हामी पोखरा बजारतर्पफ उन्मुख हुन लाग्यौं, तब बल्लभमणि गुरु भने सबै साथीहरू भए नभएको लेखाजोखा गर्न थाले । त्यतिबेला त्यहाँ एकजना साथीको अभाव खड्कियो, ती व्यक्ति थिए – दैवज्ञराज न्यौपाने । ए ! उनी त रूपातालभन्दा एक कान्लोमाथि उम्रिएका किम्बु र उत्तिसको वृक्षका छायामुनि बसेर कविता पो लेखिरहेका रहेछन् । उनी उठेर आएपछि त्यहाँ शार्दूलविव्रफीडित छन्दमा रचिएका कविताका पङ्क्तिहरू मीठो लयमा गाएर सुनाएपश्चात् गुरुहरूले आफ्नो उद्गार व्यक्त गरे – “वाह रे ! वाह ! आशुकविजी !” भनेर । खै के भनौं, त्यसै कविताका सबै पङ्क्तिहरू त ममा कण्ठस्थ हुन सकेनन्, तर अन्तिम पङ्क्तिका चारवटा शब्द चाहिँ अहिलेसम्म पनि मेरो स्मृतिपटलबाट ओभेफल भएका छैनन् । जस्तै– “........ रूपा तिमी रानी हौ ।” रूपाताललाई रानीका रूपमा प्रस्तुत गर्ने दैवज्ञजीले त्यहाँ उचित ढङ्गले प्रकृतिलाई मानवीकरण गरेको छर्लङ्ग नै छ ।

रूपा र वेगनास तालबाट फर्कंँदा हामीले गीत मात्र गाएनौं, दैवज्ञजी जस्ता युवा कविबाट कविता वाचन पनि गरायौं । यस्तो किसिमको रमाइलो र उल्लासपूर्ण वातावरणमा डुबुल्की मार्दै पृथ्वीनारायण क्याम्पसको प्राङ्गणमा पदार्पण गर्दा सन्ध्यादेवीले पनि पृथ्वीमा पाइला टेकिसकेकी थिइन् । केही समयपछि त दैवज्ञजीले मलीन चेहरा लिएर मेरो नजिकमा आई कानैमा सुनाए– “विन्दुजी ! तपाईंका बहिनी ज्वाईं मच्छीन्द्र पाठक (जया पाठकका श्रीमान्) ले त आत्महत्या गरे रे !” त्यस दुःखद खबरले म मात्र थर्र कामिन कि अधिकांश प्रजातन्त्रवादी, समवयस्क र समकक्षी व्यक्तिहरूलाई घायल बनायो । हामी सबै स्तब्ध भयौँ । त्यतिबेला पनि दैवज्ञजीले “...... मृत्यु अनिवार्य छ” जस्ता केही कविता कोरेका थिए ।

दैवज्ञजी रसिक थिए, ठट्यौला गफ गर्न अति नै सिपालु । एक चोटिको कुरा हो, क्याम्पसबाट बाहिरिएका रञ्जुश्री पराजुली र म बागबजारबाट गफमा मस्त बन्दै रत्नपार्कतर्पफ लम्कँदै थियौं । अनि बागबजारको सडकपेटीको छेउमा उभिएका एकजना व्यक्तिले “ए पुफन्डेकी आमा, पुफन्डेकी आमा !” भनी बोलाएको सुन्यौं र टक्क रोकिएर आँखा घुमाएको त ती बोलाउने व्यक्ति चाहिँ दैवज्ञराजजी पो रहेछन् । पहिले त किन त्यसो भनेको र कसलाई भनेको होला भनेर म पनि जिल्लिएँ अनि रञ्जुश्री पनि अलमल्ल परिन् । वास्तवमा सत्यतथ्य चाहिँ के रहेछ त भने बाल संगठनबाट प्रकाशित “बालक” पत्रिकामा रञ्जुश्रीको “पुफन्डेकी आमा” नामक कथा प्रकाशित भएको रहेछ र पो रञ्जुश्री पुफन्डेकी आमा बनेकी रहिछन् । त्यस कुराको तथ्य खुलेपछि हामी तीनैजना साथीहरू पेट मिचीमिची हाँसेका थियौं ।

आधुनिक थुप्रै कविता–सङ्ग्रहका स्रष्टा दैवज्ञजी पहिले मेरा मित्र थिए भने कालान्तरमा मेरा ज्वाइँ बन्न पुगे किनकि २०४६ साल जेष्ठ २ गने उनको विवाह मेरी बहिनी सुधा कोइरालासँग सम्पन्न भयो । त्यसैले दैवज्ञजीलाई भेटेपिच्छे नै मेरो भन्ने चलन थियो– “साथी ! नमस्ते अनि ज्वाइँ साहेब ! नमस्कार छ है !” समयको खेल हो, उनी पक्षाघातको सिकार बने । यो पक्षाघात व्यक्तिलाई होइन, नेपाली कविता–साहित्य–जगत्लाई भएको महसुस हामीले गर्‍यौं र सुन्नासाथ जया पाठक र म शिक्षण अस्पतालको एक कोठामा पुग्यौं, जहाँ एउटा कवि लक्पकाएको स्वरमा “ए ! विन्दुजी ! र जया ! मलाई त यस्तो भयो भन्न मात्र समर्थवान् थियो । अनि त्यस दुष्ट पक्षाघातले बज्र हानेको छ वर्ष र साढे तीन महिना पुगेको दिन अर्थात् २०६८ पौष २ गते प्रातः ७ः३० मा निर्दयी कालले उनीमाथि प्राणघातक वाणको वर्षा गरेछ । अनि त्यसै दिनको बिहान ९ बजेतिर मेरी बहिनी जया पाठकको फोन आयो– नुवाकोटबाट । उनले मलाई भनिन्– “विन्दु दिदी ! दैवज्ञजीको निधन भएछ, म त यहाँ (नुवाकोटमा) छु, तपाईं जानुहोला ।” ओहो ! आधुनिक नेपाली कविता जगत्को, छन्दमय कविताको, दर्जनौं कृतिका स्रष्टाको, विद्वान् प्राध्यापकको, बाल मनोविश्लेषणकर्ताको, शास्त्रीयतावाद तथा स्वच्छन्दतावाद जस्ता पृथक्–पृथक् धारलाई समायोजन गर्न समर्थवान् क्षमताको अनि चर्चित समालोचकको स्वर्गारोहणको दुःखद खबरले हामीलाई अत्यन्त नै मर्माहत बनायो ।

त्यसपछि अब कता जाने ? घाटमा ? अस्पतालमा ? अथवा घरमा ? त्यस्तो स्थितिमा बहिनी सुधालाई फोन गर्ने आँटै आएन, विपिन कोइरालाको घरमा फोन नै उठेन अनि डा. विद्यानाथ कोइरालाबाट सही खबर पाएँ– “विन्दु दिदी ! दैवज्ञजीलाई घाटमा लगिसकेका छन्, तपाईं उहीँ जानोस् ।” घाटमा पुग्दा अर्धजलमा डुबाएर अलिवेरलाई सुताइएको लास देखियो । हाम्रा प्रत्येक क्षेत्रका र सहधर्मी साथी दैवज्ञजीको निर्जीव शरीरलाई हेर्न कष्टसाथ नै भए पनि मैले केदार न्यौपानेजीलाई अनुरोध गरें– “म नजिकै गएर एकचोटि दैवज्ञजीको अनुहार हेर्दछु ।” अनि भाइ केदारजीले मलाई समाएरै लगे, म उनको टाउको नजिकै उभिएँ अनि उनको स्वर्गवास होओस्, उनले पेफरि जन्मनु–मर्नु नपरोस् भनी “नैनं छिन्दन्ति शस्त्राणि ....” का दुई श्लोक मनमनै पाठ गरेर दुई थुङ्गा पूफल चढाउँदै मैले उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरें । उनी मुख खोलेका र मस्तसँग निदाएका जस्ता रहेछन् । त्यसपछि म बहिनी सुधातर्पफ (घरमा) फर्किएँ । सुधाले मलाई देख्ने बित्तिकै गहभरि आँसु पारेर कामेको स्वरमा आफ्नो मनभित्रको बेचैनी र उकुसमुकुसीको पोको पुफकाइहालिन् – “विन्दु दिदी ! हिजो मात्र सेवानिवृत्त भएँ र अब राम्रोसँग उहाँको सेवा गरौंला भन्ने लागेको थियो, तर खुशीको बदलामा आज उहाँ चटक्कसँग हामीलाई छाडेर जानुभयो । यो विधिको विडम्बना नै त होला नि !” त्यसपछि उनी बोलिनन् । ओहो नि ! त्यो क्षण यतिसम्म दर्दनाक र हृदयविदारक बन्यो कि म त अवाक नै भएँ । अब त्यहाँ धैर्य धारण गर्नु सिवाय अरू के उपाय छ त । यही कुरा अठोट गर्‍यो, मेरो ब्रह्मले यो त सबैलाई पर्ने कुरा हो, परिरहेकै पनि छ र सम्झनु पर्‍यो, अवश्य नै जन्मने मर्छ, मर्नेको जन्म नित्य छ भन्ने गीताको दिव्य उपदेशलाई ।

उनको श्रद्धाञ्जलिमा अधिकांश साहित्यकार बन्धुबान्धवहरूको उपस्थिति थियो । प्राध्यापक कोषराज न्यौपानेजीले दैवज्ञजीका विभिन्न योगदानमाथि अत्यन्त सुन्दर ढङ्गले प्रकाश पारे । निचोरेमा दूध आउने जस्तो ओठ भएका र मलीन चेहरा लगाएर दैवज्ञजीको पार्थिव शरीरको समीपमा बसेका कान्छा छोरा सौरभले आफ्ना बुबालाई दागबत्ती दिए, चिता दनदन दन्कियो, धुवाँको मुस्लाले आकाश ताक्यो । आखिरमा यो भौतिक शरीर खरानी हुन कतिबेर लाग्दो रहेछ र ! तर आत्मा अमर छ भन्छन्, होला ता नि । दैवज्ञजीलाई अमर बनाउने प्रकाशित कृतिहरूका अतिरिक्त प्रकाशनको उज्यालो खोजिरहेका अनेकौं कृतिहरू चाँडोभन्दा चाँडो प्रकाशनमा आउनेछन् भन्ने आशा व्यक्त गर्दै दैवज्ञजीको आत्माले चिर शान्ति पाओस्, यही नै कामना गर्दछु । अस्तु ।

२०६९ जेठ ३०