कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

कवि दैवज्ञराज न्यौपानेको काव्यकला

दधिराज सुवेदी

शास्त्रीय वर्णमात्रिक छन्द परम्परालाई आत्मसात् गर्दै काव्य–कविता लेख्न अभ्यस्त कविवर दैवज्ञराज न्यौपानेले १५। १६ वर्षको उमेरदेखि साहित्यमा कलम चलाउन थालेका हुन् । उनीमा निम्तो भन्ने पहिलो कविता २०२० सालको अरुणोदय पत्रिकामा छापिएपछि उनको साहित्यिक यात्रा प्रारम्भ भएको हो । पूर्व ४ नं. भोजपुरमा १९९९ सालमा जन्मिएर काठमाडौंका स्थायी वासिन्दा बन्न पुगेका दैवज्ञराज न्यौपाने मूलतः छन्दोवद्ध कविता लेख्ने कवि हुन् । उनले जीवनको गहिराइलाई खोतल्दै अनि सन्सारको सारलाई समेट्ने प्रयत्न गर्दै नौवटा कविता–सङ्ग्रह, दुईवटा समालोचना–सङ्ग्रह र एक बालजीवनी सङ्ग्रहसमेत बाह्र कृतिहरू लोकलाई समर्पण गरेका छन् । उनी धेरै स्रष्टा र थोरै द्रष्टा मानिन्छन् । उनले लेखेका काव्यकृतिले उनलाई प्रथम श्रेणीको लोकप्रिय कविका रूपमा परिभाषित गरिसकेको हुनाले यहाँ पनि कवि दैवज्ञराज न्यौपानेकै कवित्वकला केलाउने प्रयत्न गरिएको छ ।

“सिर्जनाको लहर” २०३५, “तोतेबोली” २०३८, “गाउँखाने कविता” २०४३, “जोरमुरली” २०४६, “बाल संसार” २०५३, “सबै हाम्रा साथी” २०५६, “सम्झनाको धरातलबाट” २०६३, “घामले ढोका खोल्यो” २०६५ र “पोल्टाका गीतहरू” २०६६ जस्ता काव्यकृतिका सर्जक न्यौपाने बालकविता, बालगीत र देशभक्तिपूर्ण जीवनगीतहरू गाउन सफल देखिन्छन् । उनका जीवनगीतमा बैंसको रसमाधुर्य छ । उनी प्रकृतिको रस सौन्दर्यलाई आत्मसात् गर्दै आनन्दमा निमग्न बन्ने लहडी कवि हुन् । उनका कवितामा चारैतिर प्रेम छताछुल्ल भएर पोखिएको पाइन्छ । नारीको सुन्दरता र प्रकृतिको उमङ्गमा सधैं रमाउने कविले आप्फनो प्रथम काव्यकृति “सिर्जनाको लहर’भित्र देशलाई यसरी हेरेका छन् ः–

पहाड र तराईले प्रीति रच्ने देश

ह्यँूचुलीको पहिलो भुफल्का पहिलो मेरो देश

यहाँ देशभक्ति, प्राकृतिक सौन्दर्य, जातीय सद्भाव, मानवता र हाम्रो भौगोलिक अवस्थाको चित्रण गरिएको छ । हाम्रो जातीय भावनालाई विभाजित हुन नदिने कविका यी विचारले नेपाली जातिमा एकताको सन्देश फिँजाएको छ । हामी हिमालभैफँ अटल र अगम छौं । हाम्रो अस्मिता ह्यँूचुलीभन्दा पनि शुभ्र, शान्त र स्निग्ध छ भन्ने सन्दर्भहरू कविले दुई पङ्क्तिका यस गीति कवितामा अटाएका छन् । मलाई लाग्छ – दैवज्ञराज न्यौपानेका सबै काव्य–कविताले यस्तै विशिष्ट अर्थबोध गराउँदै अगाडि बढेकाले नै उनी हाम्रा र राम्रा कवि भएका छन् ।

“शाश्वत सत्यका लागि साहित्य लेखिनु पर्दछ र यसको निरन्तर उन्नति हुँदै जानुपर्दछ” भन्ने विचारका धनी कवि न्यौपाने शास्त्रीय वर्णमात्रिक छन्दका कठोर नियमहरूको पालना गर्दै माधवप्रसाद घिमिरेका काव्य परम्परामा भरतराज पन्त, भानुभक्त पोखरेल आदिका हाराहारीमा उभिन सफल देखिएका छन् । बालसुलभ शैली र गीतिलयले पनि उनी लोकप्रिय बन्न पुगेका हुन् । प्रत्येक कक्षाका पाठ्यपुस्तक पढाउँदा उनका कविता पढाइनु पर्ने परिस्थितिले पनि उनको लोकप्रियता र विशिष्टताको अनुभूति हुन्छ । उनले राष्ट्रिय प्रतिभा पुरस्कार र विराटनगरको प्रतिभा पुरस्कार दुवै ग्रहण गरिसकेका छन् । उनी सबै नेपालीको जनमानसमा समेटिएका जनप्रिय कवि हुन् । उनको कवित्वकला सर्वस्वीकृत छ ।

मीमांसादर्शनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका यी कविका सृजनाशक्तिमा जीवनका रहस्यको खोजभन्दा पनि प्रकृति र प्रेमभित्र जीवन खोज्ने प्रयत्न भएको छ । उनी कवितामा जीवनका गीतहरू गाउँछन् र प्रकृतिका केस्राकेस्रा केलाउँछन् । उनी गुनगुनाउन थालेपछि हृदयमा तरङ्ग पैदा हुन्छ र कविता काव्यका रूपमा बाहिर निस्कन्छ । “सम्झनाको धरातलबाट” भित्र समाविष्ट छवटा काव्यले यस कथनलाई पुष्टि गरिदिएका छन् । उनी जे लेख्छन्– सरल, सहज र सीमामुक्त हिसाबले लेख्छन् । आदर्श जीवनका यथार्थ कुरा लेख्छन् । नैतिक धरातलमा उभिएर लेख्छन् । नायिकाहरूका छेउमा बसेर आनन्दको अनुभूति गरे पनि यौनको पर्दा उघारेर विकृत बनाउने प्रयत्न भने उनी कहिल्यै गर्दैनन् ।

शोभा (प्रकृतिकाव्य–२०२३), राजा त्रिभुवन (ऐतिहासिककाव्य–२०२३), शान्ति कामना (अर्धशतक काव्य–२०३४), सम्झनाको धरातलबाट (पत्रकाव्य–२०५५), चासो र चिन्तन (खण्डकाव्य–२०६०) र ती रोइन् त्यसरी किन (खण्डकाव्य–२०५५) समेत छ काव्यको संयुक्त रूप हो “सम्झनाको धरातलबाट” यी काव्यहरूमा प्रकृति, इतिहास, शान्ति, राष्ट्रियता, नैतिकता, मानवप्रेम र विश्वबन्धुत्वको भावनाजस्ता कुराहरू छताछुल्ल भएर पोखिएका पाइन्छन् ।

“शोभा” प्रकृति र जीवनलाई एकाकार गर्न प्रयत्नरत प्राकृत काव्य हो । यसभित्र काव्य सौन्दर्य, कोमल पदावली, रागात्मक प्रेम एवं रसमायुर्य रहँदारहँदै पनि काव्य वियोगान्त बन्न पुग्यो । यो कविको अनुभव र अनुभूति हुनुपर्दछ । नत्र रोमान्टिक कवि न्यौपाने यसरी विलौना गर्ने थिएनन् ः–

“कोही पूफल नफव्रफँदै प्रकृतिको सौर्न्दय नै नष्ट भो”

“आत्माभित्र छ प्रेमको अमरता भुल्दैन कोही पनि”

“राजा त्रिभुवन” देशभक्ति, प्रजाप्रेम, प्रजातन्त्र, लोककल्याण, स्वार्थत्याग र जीवनदर्शन आदि उद्बोधन गराउने ऐतिहासिक काव्य हो । यसमा कविले राजामा रहनु पर्ने देशभक्ति र प्रजाप्रेम देखाएका छन् । मान्छेलाई नैतिक बन्न र आदर्श चरित्रका साथ अगाडि बढ्न आग्रह गर्दै कवि लेख्छन् ः–

“मान्छे हो ! अब दूध निम्ति अरुको बाच्छो नखोस्ने गर

सक्छौ ता अझ स्नेह निम्ति अरुमा छाती पगाल्ने गर”

“मान्छेमात्र समान बन्न यसमा स्वाधीन सन्सार छ

आमासाथ करोड भाइहरुको सम्पूर्ण नेपाल छ”

२०२३ सालमा लेखिएको यस काव्यमा राष्ट्रियताको भल बगेको छ । स्वतन्त्रता र समानताको वकालत गरिएको छ । “यो देश हाम्रो न हो” भन्ने पाठ पढाइएको छ । कविभित्र देशभक्ति र राष्ट्रियता कति छ भन्ने कुरा बुभ्फनलाई यो काव्य मनन गर्‍यो भने छर्लङ्ग हुन्छ । “आपैंफँ गर्नु छ भाग्य सिर्जन नयाँ यो देश नेपालमा” भन्दै कविद्वारा सबैलाई कर्मपथमा उत्रन आग्रह गरिएको छ ।

“शान्ति कामना” प्रत्येक प्राणीमा सुख, शान्ति, सद्भाव र समुन्नतिको कामना गर्ने विराट् परिवेशको उदार काव्य हो । यसमा लोकतन्त्र, प्रजातन्त्र र मानव अधिकारको खोज गरिएको छ । मानवताले परिपूर्ण मान्छेको परिकल्पना गरिएको छ । पदलालित्य, रसमाधुर्य, विम्बविधान, श्रुतिमाधुर्यका साथसाथै सङ्गेयताले पनि काव्यलाई सजाएका छन् । अन्याय, अत्याचार, दुराचार, हिंसा, हत्या लुटपाट, बलात्कारले आक्रान्त विश्वमा शान्तिको पाठ पढाउने प्रयत्न गरिएको छ । “बसुधैव कुटुम्बकम्” कविको मूलमन्त्र बन्न पुगेको छ । यस काव्यका कविले शान्ति र सद्भावलाई आप्फनो अभीष्ट मानेका छन् । त्यसैले कवि भन्छन् ः–

पृथ्वी तेजस वायुमा र जलमा आकाशमा शान्ति होस्

मान्छेका मन कर्ममा र दिलका आवाजमा शान्ति होस्

सिङ्गै विश्व सताउने त्रिविधका सन्तापमा शान्ति होस्

सारा अन्न, वनस्पति र फलका सत्पाकमा शान्ति होस्

यसरी नै ब्रह्माका श्वासप्रश्वासबाट सिर्जित, विश्वको सर्वप्राचीन, ज्ञानविज्ञानको उद्गमभूमि वेदमा पनि “द्यौ शान्तिरन्तरिक्ष शान्तिः पृथिवी शान्तिः आपः शान्तिः ओषधयः शान्ति .......” आदि भनिएको छ ।

“सम्झनाको धरातलबाट” मित्रता, जीवनको गति, इतिहास, काव्यकला, मानवप्रेम र आञ्चलिकता जस्ता कुराको तत्त्वबोध गराउने पत्रात्मक काव्य हो । यसमा कविले आप्फनो मित्र विष्णु कुसमलाई ः–

जे भयो त्यो भयो राम्रो राम्रैका निम्तिमा भयो

झोक्का बादलको आयो हावाका वेगमा गयो भन्दै जीवनलाई सकारात्मक सोचका साथ अगाडि बढाउन आग्रह गरेका छन् । जीवनछालबाट नतर्सिन मित्रहरूलाई कविले आग्रह पनि गरेका छन् । उनी भन्छन् ः–

मर्नुपर्छ भने मर्छ कर्तव्य पालना गरी

किन्तु भुफक्तैन लत्रेर कसैका डरमा परी

फत्रेफको पूफलभैंफ हुन्छ आपैंफमा रङ्ग ल्याउँछ

सुगन्ध अरुले लिन्छन् ऊ सबैमा सुहाउँछ

आपूफ पूफल बनेर सेवामा समर्पित हुन सवैसँग कविको आग्रह छ । कर्तव्यशील मान्छे नै कीर्तिका धनी बन्छन् भन्ने कुरामा पनि कविको स्पष्टोक्ति रहेको पाइन्छ ।

“चासो र चिन्तन” भित्र पनि कविकै अनुभव र अनुभूतिहरू सजिएका छन् । राष्ट्रियता, देशभक्ति, अध्यात्मदर्शन, पारिवारिकप्रेम, देशको दुरवस्था, सांसारिक यथार्थता, संयोग, वियोग र वेदना आदि यस काव्यका उपजीव्य भएर रहेका पाइन्छन् ।

देशमा लोकतन्त्र र प्रजातन्त्रको उदय भए पनि देश समाल्ने राजनेताको अभावमा नेपाल र नेपालीले दुःख पाए, युवाशक्ति विदेश पलायन भयो, नेता भनाउँदाहरूले देश चुसेर खोव्रफो पारे भन्दै बिदेसिएको युवाशक्तिलाई सम्झाउने क्रममा कवि भन्छन् ः–

आफ्नो अस्तित्व मेटिन्छ देश आफ्नो नभैदिए

परन्तु पछुतो पर्छ अर्कैको भतुवा भए

कहाँ नेपालको धर्ती कहाँ दूर अमेरिका

तैपनि सम्झनानिम्ति पर बन्दैन दूरता

कवि पेफरि ईश्वरसँग गुहार माग्दै भन्छन् ः–

हे ईश्वर दया राखे तिम्रै सन्तान हुन् सबै

नसम्झ पर जो जान्छन् हैनन् आफ्नो भनी कवै

कवि अत्यन्तै उदार र विशाल हृदयका छन् । संसारलाई एउटा साझा घर मानेर यसमा बस्ने सबै मानिसलाई परिवारका सदस्य ठान्दछन् । सबैका जीवनमा ईश्वरले सुख, शान्ति र समृद्धिको वर्षा गर्नुपर्दछ भन्ने उनको आग्रह छ । त्यसैले काव्यको अन्त्यमा कवि यसो भन्न पुगेका छन् ः–

तिमी देख्छौ सबै ठाउँ तिमी पुग्छौ सबैतिर

सबैको सम्झना राखी गर रक्षा महेश्वर

“ती रोइन् त्यसरी किन ?” संसारको पूर्णता र अपूर्णताका विषयको ज्ञान, घामछायारूपी दुःख, बालसाहित्य र बालसंसार, किशोरकिशोरीको मनोविज्ञान, वैधव्य पीडा, दायित्वबोध आदि विषयवस्तु समेटिएको कारुणिक खण्डकाव्य हो । तीन खण्ड र २८२ श्लोकमा विभक्त यो काव्य सामाजिक अध्ययन र व्यावहारिक ज्ञानका निमित्त सशक्त रूपमा अगाडि बढेको पाइन्छ ।

विद्यार्थी जीवनमा कवि दाङ् घुम्न जाँदा बास बसेको घरमा एउटी विधवा बूढी उनका छ वटी छोरी र छ वटी बुहारी सबै नै वैधव्य जीवन बिताउन विवश देखिन्छन् । त्यसमध्ये एउटी बैंसालु विधवा ती दुःखका दिन सम्भेफर कविका अगाडि खुब रोइन् । कवि भावविभोर बनेर यो काव्यमा यसरी पोखिँदै संवेदनाका भल बगाउँदै लेख्छन् ः–

यत्रो सन्सार यो आज सारहीन भयो किन

जिन्दगी कसरी भन्नु जब खुल्दैन जीवन

चढ्दो उमेरकी बाला बैंसालु नवयौवना

रहिछन् दुलही सानी देख्तै सुन्दर सिर्जना ।

घरमा देवता छैनन् शून्यता छ सबैतिर

उराठ मनमा लाग्छ नियास्रो छ सबैतिर

दुःखले दुःख सम्झिन्छ सम्झिन्छ मनले मन

म ऐले कसरी सम्भँूफ ती रोइन् त्यसरी किन ।

यसरी कविले ती नवयौवनाबाट सुनेका र सो समयमा बुभेफका कुरालाई काव्यको रूपमा सविस्तार प्रस्तुत गरेका छन् । मान्छेको अनुहारभन्दा मन राम्रो चाहिन्छ, संसारमा सबै थोक छ र पनि अपूर्ण छ, मान्छेलाई धनले हैन शान्तिले आनन्द मिल्दछ, जस्तै दुःख परे पनि धैर्य धारण गर्न सक्नु पर्दछ । मान्छे भएपछि उत्तरदायित्व वहन गर्नु पर्दछ नत्र मानिस र पशुमा तात्त्विक भिन्नता पाइँदैन भन्दै कविले विधवा वृद्ध माताको महिमा गाउनसम्म गाएका छन् ः–

आमा हुन् सिर्जना शक्ति आमा गौरवकी धन

आमाको ममता जस्तो हुन्न अर्को कुनै धन

वास्तवमा बाह्रवटी विधवा छोरीबुहारीलाई आदर्श आमाका रूपमा संरक्षण गरेर बस्नु, उनीहरूका उपरमा अब कुनै अनिष्ट नपरोस् भनी ईश्वरसँग प्रार्थना गर्नु, सबैको भलो चिताउनु आदि वृद्ध माताका सकारात्मक पक्षहरू हुन् । उनका हृदयमा उदारता र विशालता छ । त्यसैले उनी भन्छिन् ः–

यी मेरा घरका मूर्ति छोराका सँगिनीहरू

मलाई प्राणभैंफँ लाग्छ सबैको दुःख के गरूँ

म बाँचुञ्जेल यी बस्छन् सबै आत्मीयतासँग

मेरो शेषपछि होला कुन सङ्ग्राम ताण्डव ?

जीवन र जगत्, दुःख र सुख, नारी र पुरुष, प्रेम र पीडा, हाँसो र रोदन, ईश्वर र मान्छे, प्रकृति र पुरुष, न्याय र अन्याय आदि बुभ्फनु छ भने यस काव्यलाई पढे पुग्छ । न्यौपाने कोमल मनका सरल कवि हुन् । उनका सिर्जनामा मृदुता र मनमोहकता छ । उनी जहिले पनि प्रकृतिसँग आत्मसात् गर्दै कलम चलाउने कवि हुन् । उनी मान्छेका सुन्दर भाव र विचारलाई पनि अनादर गर्दैनन् । उनीभित्र सत्य, निष्ठा र प्रेमले साम्राज्य जमाएको पाइन्छ ।

उज्यालो अनुहार, हँसिलो मुखाकृति, मीठो बोलीवचन, सहयोगी भावना र सिर्जनशील व्यक्तित्वका धनी कवि दैवज्ञराज न्यौपाने सम्भवतः २०१६/१७ सालतिर वि.सं. १९३२ मा सन्त षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा स्थापना गरेको “षडानन्द संस्कृत पाठशाला”का होनहार विद्यार्थी थिए । उनी प्रतिभा सम्पन्न छात्रनेता मात्र होइन सबैका आस्था र विश्वासका पात्र पनि थिए । चौमासा आदिमा पुराण भनेर श्रोतालाई मन्धमुग्ध पार्ने कला उनमा थियो । मलाई लाग्छ– कवि न्यौपानेको सार्वजनिक जीवनको प्रारम्भ दिङ्लामै भइसकेको थियो । विनम्रता, शिष्टता र सरलताले नै उनको व्यक्तित्व उठेको हो ।

कवि दैवज्ञराज न्यौपाने मीठो बोल्ने असल मानिस थिए । उनले प्राध्यापकीय लामो जीवनका साथसाथै सिर्जनात्मक हिसावले पनि आपूफलाई समुन्नतिको शिखरमा पुर्‍याए । उनी कहिल्यै कुनै विवादमा परेनन् । छन्दका विरोधीहरूले पनि उनका सिर्जनशीलताको प्रशंसा गरेको पाइन्थ्यो । उनी विद्यार्थीबीचमा पनि आदर्श गुरुकै रूपमा रहे । मानवता, लोकतन्त्र, प्रजातन्त्र, मानवमूल्य र मान्यताको धरातलबाट कहिल्यै विचलित बनेनन् । उनी प्रकृतिका उपासक थिए, सौन्दर्यका सामु बसेर सधैं मुस्कुराइरहन्थे ।

रमेश शुभेच्छुका विचारमा– दैवज्ञको “सम्झनाको धरातल” भित्र प्राकृतिक मनोहारिता, ऐतिहासिक मूल्यवत्ता, संस्मरणात्मक सजीवता, दार्शनिक वैचारिकता र पत्रात्मक काव्यकौशल प्रशस्त पाइन्छन् । विषयवस्तुभित्र रहेका विम्बात्मक, प्रतीकात्मक, आलङ्कारिक एवं काल्पनिक कुराहरूले उनको काव्यकलाले पूर्ण सफलता प्राप्त गरेको देखिन्छ । उनी समसामयिक काव्यधाराका शास्त्रीय छन्दमा निपुण ठूला र असल कवि हुन् । उनको काव्यात्मक शिल्प–सौन्दर्य सर्वस्वीकृत पाइन्छ ।

यसरी आधा शताब्दीसम्म नेपाली कविता र गीतका सन्सारमा ओजपूर्ण अस्तित्व कायम गर्दै, संस्कृतको शास्त्रीय छन्दलाई नेपालीमा नचाउँदै यशस्वी स्रष्टाका रूपमा सम्मानित कविवर दैवज्ञराज न्यौपाने आप्फनो प्रख्याति छाडेर हामीबाट बिदा भएका छन् । यी राष्ट्ररत्नप्रति यिनै शब्द–पुष्पहरू समर्पण गर्दै विश्राम लिन्छु र उनैले २०३४ सालमा लेखेको “जिन्दगी भन्नु आँसु र हाँसो दुई दिनको कमाइ” भन्ने कवितांशको स्मरण गर्दै चित्त बुझाउँछु ।

विराटनगर — ४