कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

किसान कवितामा अभिव्यक्त विविध सन्दर्भ

तेजविलास अधिकारी

“किसान” कविताका स्रष्टा कवि दैवज्ञराज न्यौपाने (वि.सं. १९९९–२०६८) हुन् । कवि न्यौपाने नेपाली समाजमा रहेका विविध समस्या र सम्भावनालाई कविताको विषय बनाएर पोख्ने स्थापित कवि हुन् । साहित्यिक यात्राका हिसाबले कलिलै उमेरबाट लेखनमा लागेका न्यौपाने २०३५ मा “सिर्जनाको लहर” कविता सङ्ग्रह मार्पफत थोक कृतिमा देखा परेका हुन् । साहित्यका थुप्रै विधामा कलम चलाएका न्यौपाने कवि तथा गीतकारकै रूपमा चिनिन्छन् । काव्य विधामा पुफटकर कवितादेखि खण्डकाव्यसम्मको यात्राले उनलाई कहिल्यै नमेटिने स्रष्टाका रूपमा दर्ज गरेको छ ।

एउटा औसत मान्छेभन्दा निकै माथि उठेर गर्न सक्ने योगदान उनको जीवनकालले गरेको मात्र होइन चर्चा परिचर्चा र सम्मान पनि धेरै पाएका न्यौपाने भौतिक रूपमा अस्ताए पनि सदा अमर कवि हुन् । आफ्नो जीवनलाई प्राध्यापन पेसामा समर्पित गरेका न्यौपानेले झन्डै सात वर्ष अत्यन्त कष्टसाथ जीवन बिताउनु पर्‍यो । मान्छे मरणशील प्राणी हो । मान्छेले गरेको वा सिर्जेको काम नै उसलाई सदा अमर तुल्याउने माध्यम हो । एक दर्जनभन्दा बढी साहित्यिक कृति सिर्जना गरेका न्यौपानेको एउटा कालजयी पुफटकर कविताको नाम हो “किसान” । लामो समयदेखि कक्षा ८ को नेपाली पुस्तकमा राखिएको यो कविता हाम्रो नेपाली समाजको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण अर्थ राख्ने कविता हो ।

“किसान” कविताको सामाजिक मूल्यलाई निरूपण गर्ने हिसाबले यस कविताको सामाजिक सन्दर्भलाई विविध सङ्कथनात्मक तत्त्वका आधारमा केलाउन सकिन्छ ।

पाठ

आकाश गड्गडाएर जब बर्सन्छ झर्भफर
म किसान हलो बोकी निस्कन्छु अनि बाहिर

जलको पहिलो स्पर्श मट्टीमा हर्हराउँछ
मेरो अन्तरको स्वप्ना बाली भै लहराउँछ

म नौलो सपना देख्छु अन्न ऐश्वर्य ल्याउने
आपूफ बाँचेर धर्तीमा अर्कालाई बचाउने ।

श्रमको पसिना दाना दिव्य दाना जुटाउँछ
बीजको एक मानाले लाखौं लाख तुल्याउँछ
माटामा पसिना पोखी माटामै पुफल्छ जीवन
विश्वको वीरको निम्ति धर्तीको पहिलो धन ।

हलो, कुटो र कोदाली, कोदालो हातमा लिई
पृथ्वी जुझन म चाहन्छु बनी कर्मठ पौरखी
श्रमको फल हो राम्रो श्रम हुन्छ रमाइलो
केही दुःख भने हुन्छ काम गर्दा रमाइलो ।

जसै सिर्जनका नौला रूप देख्न म पाउँछु
आपैँफ गद्गद् भई आपूफ आपैफँभित्र रमाउँछु
म यौटा गीत हुँ, यस्तै कर्मयोग सिकाउने
सधैँ आषाढमा गाई सधैँ मङ्सिर ल्याउने ।

किसान अनुष्टुप् छन्दमा रचित कविता हो । यसको लयविधान र अनुप्रासीयताले कविता गेयात्मक प्रकृतिको छ । चार अनुच्छेद गुच्छमा संरचित कविताको पहिलो अनुच्छेद गुच्छ ६ पङ्तिको छ भने बाँकी तीन अनुच्छेद गुच्छ चार चार पङ्तिफ संरचनाको रहेको छ । यो कविता किसानको जीवन यापन र दैनन्दिन गतिविधिसँग सम्बन्धित रहेको एउटा पूर्ण सङ्कथन हो । यस कवितामा किसान वर्गीय हिसाबले गराउने नभई गर्ने, जोताउने नभई जोत्ने, भोगाउने नभई भोग्ने वर्गका रूपमा चित्रण गरिएको छ । यस आधारमा हेर्दा कविताभित्र पेसा, वर्ग, समय, कृषिकर्मका औजारहरू आदि सन्दर्भलाई सामाजिक सन्दर्भको आलोकका रूपमा हेर्दै व्याख्या विश्लेषण गर्नु वाञ्छनीय देखिन्छ ।

क. पेसा

कृषिकर्म एउटा पेसा हो । जब जटिलताका दिन सुरु हुन्छन्, जोखिमहरू आउन थाल्छन् । कृषि पेसामा लाग्ने व्यक्तिहरू दुःख नभनी जोखिमका मैदानमा उत्रन्छन् । कृषिपेसा संसारको सबैभन्दा उत्तम पेसा हो । यस पेशाको माध्यमले नै मानिसलाई बँचाउने दाना जोड्न सकिन्छ । यदि कृषिपेसालाई उपेक्षाको भावले हेर्ने हो भने हरेक मान्छे आफ्नो रित्तो पेट भर्न नपाई सहजै मृत्युको मुखमा पर्दछ । वर्षादसँगै सुनौलो सपना बोकी झरीमा निस्कनेले विश्वलाई पाल्ने अठोट गरेको छ । कर्मठ नबनी कृषिपेसालाई सम्मानित बनाउन सकिन्न । दुःखभित्र सुख खोज्नु किसानको बाध्यता पनि हो । झमझम झरीमा पनि असारे गीत गाएर आनन्द लिने किसान प्रतिकूलतामा अनुकूलता खोज्दछ । एउटा सुन्दर सपनाको पछिपछि दौडँदै त्यसैलाई बिपना बनाउन सक्ने कर्मयोगी किसान समाजको सबैभन्दा महत्त्वपूर्ण शक्ति हो ।

म यौटा गीत हुँ यस्तै कर्मयोग सिकाउने
सधैँ आषाढमा गाई सधैँ मङ्सिर ल्याउने

माथिका दुई हरफले पनि स्पस्ट सङ्केत गरेको छ किसान विश्व सभ्यताको परिदृश्यमा एउटा यस्तो गुरु हो जसले प्रत्येक मान्छेलाई कर्मविना केही प्राप्ति नहुने पाठ सिकाउँछ । आपूफ स्वयं कर्म गरेर जीवनलाई सार्थक तुल्याउने र उदाहरण प्रस्तुत गर्ने किसान कृषिकर्मको मूल विचार हो । ऊ जसरी पेसाप्रति प्रतिबद्ध छ अरू पनि यस्तै भए विश्वले छुट्टै हिसाबले कोल्टो पेफर्ने सङ्केत प्रस्तुत गरिएको छ ।

ख.वर्ग

समाज वर्गीय स्वरूपको हुन्छ । समाजभित्र अर्थतन्त्रका हिसावले निम्न र उच्चवर्गका मानिसहरू हुन्छन् । निम्नवर्गका मान्छेउपर उच्चवर्गका मान्छेले शासन गर्दछन् । किसान पेसामा एउटै वर्ग छ । किसान पाखुरी साट्ने काम समानताका हिसाबले गर्दछन् । त्यति मात्र होइन साँचो अर्थको किसान उत्पादन प्रक्रियामा सुरुदेखि अन्त्यसम्म नै तल्लीन हुन्छ । किसानको समाजमा हेपाइ चेपाइ हुँदैन । उसँग त सुख र दुःख उत्पादनसँग जोडेर हेर्ने आँखा हुन्छ । ऊ समाजभित्रको एउटा अत्यन्त महत्त्वपूर्ण वर्ग हो जसले विश्वका हरेक मानिसलाई बँचाउने अठोट लिएको हुन्छ ।

म नौलो सपना देख्छु अन्न ऐश्वर्य ल्याउने
आपूफ बाँचेर धर्तीमा अर्कालाई बँचाउने ।

विश्वको वीरको निम्ति धर्तीको पहिलो धन

आपैंफ तल्लीन भएर समाजका हरेक खालका मानिसलाई बँचाउने किसानले श्रमलाई राम्ररी चिनेको छ । बाँच र बचाउको विश्वमैत्री र शान्तिको पाठ वर्गीय सापेक्षतामा ऊ सफल बनाइरहेको छ । किसान एउटा यस्तो पक्ष हो जसले उत्पादनको प्रारम्भिक तत्त्व निर्माण गर्दछ । त्यसपछि मात्र उपभोक्ताको रुचि र आवश्यकता अनुसारका वस्तुहरू उद्योगले निर्माण गर्न सक्छ । त्यही किसानको वर्गले नै समाजमा समानताको पाठ र जिम्मेवारीको आँटलाई पुष्ट पारेका छन् । कविताले किसान अब्बल कर्मयोगी हो जसले सम्पन्न समाजको सपना देख्दै बिपनामा परिणत गर्न सक्छ भनेको छ ।

ग. समय

किसान कविताले समयलाई समाजको सापेक्षतामा सुन्दर ढङ्गले प्रस्तुत गरेको देखिन्छ । अनुकूल समय र प्रतिकूल समयलाई व्यवसायी, पेसाकर्मी आ–आफ्नै दृष्टिले हेर्दछन् । किसान अन्य पेसाका मानिसका लागि प्रतिकूल समयलाई अनुकूल ठान्छ र कर्ममा होमिन्छ । बिउ, मल र जलमध्ये जल नभइकन उत्पादनको कल्पनासम्म गर्न सकिन्न । धरतीलाई मानिससँग पिरतीमा जोड्न सकिन्न । आषाढ र मङ्सिरको महिनासँग सन्दर्भित भएको यस कविताको समय बिउ बिजनको समय, बाँझो पल्टाउने र रोप्ने समय “असार” का रूपमा परिचित रहेको छ भने कृषि फसललाई जुटाउने उठाउने र भण्डारन गर्ने समयका रूपमा मङ्सिरलाई प्रस्तुत गरिएको छ । कवितांशले कृषकको समयलाई मुठी खाएर मुरी उब्जाउने वा बिउको एकमानाले लाखौंलाख तुल्याउने कुरामा पुष्टि प्रदान गरेको छ ।

श्रमको पसिना दाना दिव्य दाना जुटाउँछ
बीजको एक मानाले लाखौँ लाख तुल्याउँछ

भनिन्छ, असार साउनको बेला घरमै लास पर्‍यो भने पनि लासलाई स्याउलाले छोपी कृषिकर्ममा लाग्नुपर्छ । माथिको सन्दर्भले यसको अर्थ सुन्दर ढङ्गले पुष्टि गरिदिएको छ । समयलाई राम्रोसँग चिन्ने “किसान” नै समाज विकासको मेरुदण्ड हो भन्ने तथ्यलाई कविले उसको कर्मको आधारमा थप प्रस्ट पारेका छन् ।

जलको पहिलो स्पर्श मट्टीमा हर्हराउँछ
मेरो अन्तरको स्वप्ना बाली भै लहराउँछ ।

पानी पर्नुलाई अनुकूल अवस्था सम्झने किसान पानी र माटोको सम्बन्धबाट यथासमयमै सुनौलो सपनाको तरङ्ग बुनी त्यही तरङ्गलाई बिपना तुल्याउन सक्ने पेसाकर्मी हो । कविले समय चिन्न र समयको सदुपयोग गर्न किसानसित धेरै सिक्न सकिन्छ भनेका छन् ।

घ. कृषिकर्मका औजारहरू

कुनै पनि साध्य पूरा गर्नका निम्ति साधनको प्रयोग उपयोगी, आवश्यक मात्र नभई अनिवार्य मानिन्छ । “किसान” कवितामा किसानसँग आउने विभिन्न कृषि औजारहरूको प्रसङ्गलाई उचित ढङ्गले विन्यास गरिएको छ । समाजभित्रको एउटा महत्त्वपूर्ण वर्ग र आधारभूत पक्ष कृषक समय अनुकूलका कृषि औजार बोक्ने गर्दछ । आकाश गड्गडाएको बेलामा हलो बोकेर हिँड्ने किसान जोतिसकेपछि त्यसलाई मिहिन बनाउन कुटो कोदालो र कोदालीको सहायता लिन्छ । हातमा ठेला परे पनि उसले दुःखको अवस्थालाई सुखको अनुभूति र कल्पनासँग विनिमय गर्दै एउटा सुनौलो भविष्य कोर्दछ । यसका लागि आधारभूत पक्ष कृषि औजार र कृषिजन्य मल, बिउ, औषधीहरू नै चिन्ताका विषय हुन् । रोपाइँ गर्ने दिन र सकिएको चरणमा किसानको खुसीको अवस्था सामान्य प्रकारको हुँदैन ।

हला,े कुटो र कोदाली, कोदालो हातमा लिई
पृथ्वी जुझन म चाहन्छु बनी कर्मठ पौरखी ।

आपूफसँग भएका हतियार वा साधनहरूको उपयोगिता र सदुपयोगितामा नै किसान जटिल समस्यासँग जुझन र कर्मठ यात्रा तय गर्न जुर्मुराउँछ भन्ने भाव यहाँ आएको छ । एउटा कलमजीवी कलमको सहायताले नवीन तथ्य र सत्यलाई पोख्छ । त्यसको मूल आधार किसान रहेछ भन्ने तथ्य यहाँ प्रस्तुत छ । “किसान” नभए कसरी कवि किसानको गीत लेख्न सक्छ ? कसरी चित्रण गर्न सक्छ ? विश्वका वीरहरूको कहानी । त्यसैले औजार नभई कर्मको प्रक्रिया अगाडि नबढ्ने सत्यलाई कविले प्रस्तुत गरेको देखिन्छ ।

यसरी “किसान” कविताले समाजभित्रका विविध पक्ष र पाटाहरूलाई अत्यन्त सजीव ढङ्गले प्रस्तुत गरेको छ । कविको कृषि पेसासँगको निकटता र कृषि पेसाले विश्वलाई दिएको सन्देश नै यस कविताको विषय सन्दर्भ हो । किसान जो विश्वलाई पाल्ने काम गर्दछ सोही पक्ष आज उपेक्षित त भइरहेको छैन ? यो बुझन पनि किसान कवितालाई बुझनुपर्छ । श्रम गर्ने मानिसहरू भोकै मर्न नदिने अठोट गर्ने किसानजस्तै जीवन र जगत्लाई हराभरा बनाउने श्रमिक वर्गको पक्ष कमजोर पार्नुहुन्न । उसलाई पसिनाको उचित मूल्य प्रदान गर्नुपर्छ । आधुनिक र वैज्ञानिक कृषि प्रणालीको विकास गरी उत्पादनमा किसानको प्राधिकार हुने अवस्थाको सिर्जना गर्न सके मात्र कवि दैवज्ञराज न्यौपानेको “किसान” कविताको मूल्य उच्च हुन्छ । कृषि जीवनलाई राम्ररी बुभेफर विचारलाई सिर्जनामा उतार्न सक्ने कविका रूपमा उभ्याउन वा चिनाउन उनको एउटै मात्र कविता “किसान” पनि पर्याप्त रहेको तथ्य प्रस्तुत गर्न सकिन्छ ।

२०६९/०३/१३