दैवज्ञराज न्यौपानेका कविताको सृष्टिसौन्दर्य
दैवज्ञराज न्यौपाने (१९९९–२०६८) स्वच्छन्दतावादी धारा प्रभावहीन भइसकेको र प्रयोगवादी धाराको विकास भइसकेको नेपाली कविताको आधुनिक कालको २०२० को दशकमा देखा परेका सशक्त आधुनिक कवि हुन् । बालक कालदेखि नै कविता लेख्तै आएका दैवज्ञको पहिलो कविता “उनीमा निम्तो” (अरुणोदय, २०२०) हो । त्यसदेखि यता विभिन्न राष्ट्रिय पुरस्कार र सम्मानहरूले विभूषित भइसकेका दैवज्ञका निम्नलिखित कविता सङ्ग्रहहरू प्रकाशित छन् : सिर्जनाका लहर (२०३५), तोते बोली (२०३८), गाउँखाने कविता (२०४३), जोर मुरली (२०४६), बालसंसार (२०५३), सबै हाम्रा साथी (२०५६), सम्झनाको धरातलबाट (२०६३), घामले ढोका खोल्यो (२०६५), पोल्टाका गीतहरू (२०६६)
दैवज्ञ बहुमुखी प्रतिभाका व्यक्ति हुन् । उनी पेसाले प्राध्यापक हुन् भने चरित्रले साहित्यकार हुन् । स्रष्टाका रूपमा कवि हुन् भने द्रष्टाका रूपमा समालोचक र जीवनीकार । उनका थुप्रै समालोचनात्मक लेखरचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा समय समयमा प्रकाशित हुँदै आएका हुन् । मूल्याङ्कनपरक उनका दुईवटा समालोचनात्मक ग्रन्थहरूः “गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन” (२०४९) र “नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू” (२०५४) छापिइसकेका छन् । उनको जाँगर त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका पाठ्यपुस्तकहरूको सम्पादनमा पनि चलेको देखिन्छ । उनका सम्पादनमा बालक, मुना लगायत अन्य विभिन्न साहित्यिक पत्रिकाहरू पनि प्रकाशित भएका हुन् । उनको “हुने बिरुवाका चिल्ला पात” (२०४५) चाहिँ ऐतिहासिक जीवनी सङ्ग्रह हो । यसरी दैवज्ञले विभिन्न विधामा कलम चलाएका भए पनि उनी मूलतः कवि हुन् । दैवज्ञ शास्त्रीय छन्दका कवि हुन् । शास्त्रीय छन्दको लयात्मक माधुर्यमा सघन भाव सौन्दर्यको सृष्टि दैवज्ञका कविताको विशेषता हो ।
लयात्मक आधारमा हेर्दा दैवज्ञका कविता चार किसिमका छन् । पहिलो वर्गमा ती कविताहरू पर्छन्, जुन शास्त्रीय वर्णमात्रिक छन्दमा लेखिएका छन् र जसले कलात्मक परिष्कारको उचाइलाई छुन पुगेका छन् । दोस्रा वर्गमा गद्यात्मक कविताहरू पर्छन्, जसमा जीवन जगत्का अनुभूतिहरू छमछमती नाच्छन् । तेस्रा वर्गमा चाहिँ ती गीतिकविताहरू आउँछन्, जसमा विशिष्ट मानवीय दशाका मनोरागहरू लोकलयका स्वरमाधुरीले झङ्कृत हुनपुग्छन् । चौथो वर्गमा चाहिँ बालबोली टिपेर रचिएका बालकविताहरू पर्छन्, जसले बालहृदयलाई पूफलजस्तै नचाउँछन् । दैवज्ञका सबै रचनाहरूको समग्र अध्ययन गरी उनको साहित्यिक/काव्यात्मक योगदानको निर्धारण गर्ने बेला भइसकेको छ । यस दिशातिर कसै न कसैले लाग्नै पर्ने भएको छ तापनि अहिले यहाँ चाहिँ “जोर मुरली” र “सम्झनाको धरातलबाट” दुइटा कविता/काव्य सङ्ग्रहका आधारमा दैवज्ञको काव्यात्मक सृष्टिसौन्दर्यलाई हेर्ने जमर्को गरिएको छ ।
दैवज्ञ ईश्वरप्रति आस्था र विश्वास भएका कवि हुन् । नभन्दै, ईश्वरप्रतिको कविको समर्पणभाव यसरी व्यक्त भएको छ ः–
माला भो न त पूफल भो न त कुनै बत्ती भयो धूप भो
पूजा निम्ति सुगन्ध चन्दन कुनै नैवेद्य वा मन्त्र भो
आँखाका दुइ कोषबाट बहने ली अर्ध्य आँसू जल
खाली हात म आउँदैछु भगवन् ! तिम्रै महान् मन्दिर
यहाँ पवित्र मानसिक पूजा र करुणाका सहायताले ईश्वरको महानता, व्यापकता र अनन्तताको निरूपण भएको छ । जीवात्माको ईश्वरप्रतिको यस किसिमको भावदर्शन नयाँ नभई हाम्रो दार्शनिक परम्परामा पुरानै हो तापनि सरल र सहज शब्दसंयोजनमा जसरी सिर्जनाको कलासौन्दर्य खुल्न पुग्यो र सूक्ष्म व्यापक तत्त्वको सघन अभिव्यञ्जना भयो, यो उच्च कलाकारिताकै नमुना भयो । संस्कृत स्तुति साहित्यका परम्परामा यस किसिमको मनोहारी रूप शङ्कराचार्यद्वारा रचित स्तोत्रहरूमा मात्र पाइन्छ ।
दैवज्ञ शान्ति र निर्माणका कवि हुन् । विघ्न, बाधा, भय र दाउपेचको कालो बादलले ढाकिएको समकालीन युगको चित्रण गर्ने सन्दर्भमा भोलिको उज्यालो विश्वको परिकल्पना “ज्योतिष्मती छ्यौ कता ?” कवितामा यसरी गरिएको छ ः–
पैल्हो राग वसन्तको भर तिमी मै गीतमा गाउँला
जस्तो तार बजी रहेछ दिलको त्यै गीत गुन्जाउँला
धर्तीमा नवचेतना दिन कुनै उल्लास अर्जूँ नयाँ
छोई झल्मल दीप्तिका किरणले संसार सिर्जूँ नयाँ
कविताका यी चरणहरूमा कविको सिर्जनाप्रतिको आस्था र कर्मशीलताको स्वरसङ्गीत बजेको छ ।
दैवज्ञ राष्ट्रवादी कवि हुन् । उनका कवितामा राष्ट्रियताको अदम्य भावना अनेक आयाममा पुफटेको छ । कविलाई युवाशक्तिप्रति पूर्ण भरोसा छ । युवाशक्तिको ज्वालाबाट उत्पन्न ऊर्जा किरणहरूबाटै भोलिको ज्योतिर्मय नेपालको रचना हुने कुरामा कविको विश्वास छ । “युवा” कवितामा यिनै कुराको सघन व्यञ्जना छ । कविताका निम्नलिखित चरणहरूमा शौर्य, सिर्जनाको यस्तो जल्दोबल्दो रूप देखाइएको छ ः–
उठाइ दीर्घ बाहु यी मभित्र पाउ टेक्तछु
रचेर दिव्य सिर्जना मलाइ नै म भेट्तछु
म रङ्ग चन्द्रसूर्यको प्रकाशपुञ्ज बन्दछु
स्वदेश निम्ति सिर्जिने म पूर्ण रूप बन्दछु
यस कवितामा पहाड, टाकुरा, हिमाल, निर्भफरी, कोपिला, मुना, गुराँस, पालुवाजस्ता प्राकृतिक अङ्गहरूलाई निर्माण र सिर्जनाशक्तिका प्रेरक तत्त्वका रूपमा प्रयोग गरिएको छ । अनि, सिर्जना र राष्ट्रियताको भावलाई उचाल्दै लगेर “चन्द्रसूर्यको प्रकाशपुञ्ज” मा अड्याई भविष्यको उज्ज्वल, शान्त र अटल नेपाललाई झल्काइएको छ । रूपक, अलङ्कारको सहज सौन्दर्य, भावानुसारी छन्द, भावसघनता र कलात्मक पदविन्यास जस्ता कुराले यो कविता उत्कृष्ट हुन पुगेको छ ।
दैवज्ञ नेपाली प्रकृतिका दृश्यहरूको सुन्दरतालाई वाणी दिने कवि हुन् । प्रकृतिको रम्य सौन्दर्यलाई वर्णन गर्ने सिलसिलामा कविले माटोप्रतिको आस्था र प्रेमलाई प्रकट गर्दै सामाजिक जागरण, उत्थान र निर्माणका सङ्कल्पलाई व्यक्त गरेका छन् ः–
अग्लो बन्छ हिमाल गर्व गरिमा बोकी जहाँ आदिम
मेरो सुन्दर देश खुल्दछ त्यहीँ त्यै राष्ट्रको अङ्गमा
पुफक्तै शङ्ख हिमाद्रिबाट युगका सन्देश पैफलाउँछु
मेरै देश म लाख रच्तछु नयाँ सङ्गीत गुञ्जाउँछु ।
(सङ्कल्प आफ्नै उत्साहको)
कविले प्रकृतिलाई सत्य, सुन्दर र परिपूर्ण तत्त्वका रूपमा हेरेका छन् । उनका कवितामा आउने महिना, ऋतु, जून, घाम, झर्ना, वन, झरी, बादल र इन्दे्रनीजस्ता अङ्ग र व्रिफयाकलापले मानिसमा जीवनदायिनी शक्तिको सञ्चार गर्दै जीवनलाई परिपूर्णतातिर प्रेरित गर्छन् ।
देख्तै कोमल देह लाग्दछ त्यसै छोए कतै दुख्छ कि ?
नौलो सृष्टि रचेर इन्द्रधनुको भुफल्को कुनै भुफक्छ कि ?
मैले बुझनुपर्यो वसन्त कसरी स्वप्ना बन्यौ पूफलको
यद्वा भन्नुपर्यो कि ? विश्वरचना संसार नै भूल हो ।
नयाँ सृष्टि रचेर इन्द्रधनु भुफकेको र वसन्त पूफलको सपना बनेको अद्भूत कल्पना गर्दै प्रकृति कुनै न कुनै नैतिक नियममा चलेको हुन्छ भन्ने कुरा बुभेफपछि विश्वरचना भूल हुँदैन भन्ने भाव यहाँ खुल्न गएको छ । कविका निम्ति प्रकृति सिर्जनामूलक, अभिप्रायमूलक र सन्देशमूलकसमेत छ । प्रकृतिलाई यसरी हेर्नु स्वच्छन्दतावादी प्रवृत्ति हो ।
दैवज्ञ वसन्त, बैंस र प्रेमका कवि हुन् । उनका कवितामा प्रेमको उदात्त स्वरूपको शृङ्गारिक अभिव्यक्ति छ । वसन्तले बैंसमा मादकता भरिदिन्छ र हृदयमा व्याकुलता, वेदना र मस्ती दिँदै मिलनमा पुर्याउँछ । त्यसैले कवि भन्छन् ः–
इच्छा नराखँू पनि कामना छ
माया नपोखूँ पनि चाहना छ
केही नसम्भूँफ पनि याद कस्तो
हो बैंस आपैफँ पनि माद जस्तो
(वसन्त : केही अनुभूति)
प्रेम समस्त सृष्टिको मूल हो । यो अनन्त छ । यसको तिर्सना पनि सनातन छ ।
देखिन्छ नौलो रचना विचित्र
छन् सृष्टिमा नूतन दिव्य चित्र
वसन्तमा जीवन सिर्जना छ
अनन्त माया अनि तिर्सना छ ।
(वसन्त : केही अनुभूति)
कविले असारको दबदबे हिलोलाई सृष्टिका निम्ति केलि मान्दै प्रेमको व्यापकतालाई औँल्याएका छन् । गीतहरूमा प्रेमको निमन्त्रण छ भने युवकयुवतीको बैंसमा प्रेम निवेदन छ ः–
गोठालाका मधुर लयमा गीत गुन्जन्छ मेरो
बेंसी झर्दा युवक–युवती बैंस झल्कन्छ मेरो
रोपाइँको दबदब हिलो सृष्टिलाई छ केलि
यात्रा सम्झी पथिक अब हे ! खोल आफ्ना परेली । (आषाढ)
संयोग शृङ्गारको मात्र होइन, वियोग शृङ्गारका अभिव्यक्तिमा पनि कवि सिद्धहस्त छन् । “प्रियालाई सन्देश” कवितामा निम्नलिखित श्लोकमा बिछोड र विरह वेदनाको पल्ला टुङ्गाको अभिव्यक्ति पाइन्छ ः–
बाटो हेर्लिन् विरह दिनका नित्य औंला गनेर
सुस्केरामै मिरमिर हुनन् रात कोल्टो फिरेर
तिम्रै जस्तो म पनि दिनहूँ देख्छु संसारलाई
भन्ने मेरो खबर लगिद्यौ कल्पँदी बैंसलाई ।
संस्कृत साहित्यमा वियोग शृङ्गारको सर्वोत्कृष्ट उदाहरण मानिएको कालीदासको “मेघदूत” खण्डकाव्यको यहाँ सम्झना हुन्छ । “मेघदूत” मा आफ्नी तरुनी पत्नीको विरहव्यथामा जलेर छटपटाइरहेको प्रवासी यक्षले मेघलाई दूत बनाई आफ्नी विरहिणी पत्नीलाई सन्देश पठाएको मनोहारी वर्णन छ । कलात्मक पदविन्यास, विरहिणी प्रियाको सग्लो विम्बसृष्टि, अभिव्यक्तिगत सघनता, भावको अविच्छिन्न गतिशील प्रवाहजस्ता विशेषताले गर्दा दैवज्ञको प्रस्तुत कवितालाई कालीदासीय काव्यकलासँग दाँज्न सकिन्छ । कवि दैवज्ञ विशिष्ट मानवीय दशाहरूलाई मार्मिक ढङ्गमा वर्णन गर्न सक्छन् । सूक्ष्मातिसूक्ष्म र गम्भीर मनोदशाहरूलाई पनि सरल र सुललित शब्दमा अभिव्यक्त गर्न सक्ने काव्यकलामा यी कवि पारङ्गत छन् । आपूफले दैख्तै न देखेकी कन्याको फोटो मात्र हेरेर तिनसँग विवाह गर्ने स्वीकृति दिनुपर्दा उत्पन्न आफ्नो मानसिक द्वन्द्वको अत्यन्त सुन्दर वर्णन “तस्वीर हेर्दा” कवितामा गरेको देखिन्छ ः–
काला केश शरीर हेर्न गठिलो आँखा भने खुल्दछ
राम्रो भन्नु नभन्नु चित्र मुखको के रूप यो खुल्दछ ?
बोकी अन्तरद्वन्द्व लाग्छ मनमा तस्वीर यो बस्छ भैँफ
भित्री छन् न त देखिने सब कुरा के भन्नु के भन्नु खै ?
दैवज्ञ युद्ध–हिंसाविरोधी र शान्तिकामी कवि हुन् । कविले बिसौं शताब्दीको उत्तरार्द्धको कोलाहलले पूर्ण र आणविक युद्ध सन्त्रासका दुःस्वप्नले आक्रान्त विश्वमानसिकताको कहालीलाग्दो अवस्थालाई वाणी दिएका छन् । कविमा मानवीय सङ्कीर्णता, स्वार्थ, शोषण, हिंसा आदिले पूर्ण युगीन विश्वबोध पर्याप्त छ । “आजको धर्तीलाई शान्तिको कामना” लघुकाव्यमा सन्त्रस्त विश्वको वर्णन गर्दै विश्वशान्तिको कामना गरिएको छ ।
दैवज्ञ सुकुमार भावनाका कवि हुन् । सृष्टिका सुन्दर र सुकोमल वस्तु हेर्नका लागि मात्र हुन्, छुनासाथ ती बिग्रिहाल्छन् भन्नु स्वच्छन्दतावादी काव्यप्रवृत्तिका विभिन्न विशेषतामध्ये एउटा विशेषता हो । देवकोटा र घिमिरेमा पाइने यस्तो विशेषता दैवज्ञमा पनि पाइन्छ ः–
देखी सुन्दर सिर्जना रहरको को भन्छ यो भूल हो ?
काँडामा पनि मुस्कुराइरहने सौन्दर्य हो पूफलको
छोउँफ रे कसरी म सुन्दर कुरा खस्रा हुने हातले ?
लोभी चित्त लिएर चञ्चल बनी झुक्याउने आशले
यहाँ काँडामा मुस्कुराइरहने पूफलजस्तै सौन्दर्यले सम्पन्न नारीलाई खस्रा हातले छोएर बिगार्नु हुँदैन भन्ने सुकोमल भाव व्यक्त भएको छ ।
प्रकृतिलाई प्रेमिका बनाएर प्रेम र सौन्दर्यको वर्णन भएको “शोभा” स्वच्छन्दतावादी भावधारामा आधारित लघुकाव्य हो । खोलानाला, पहाडमैदान, वनजङ्गल सबैतिर शोभा देखिन्छे । विधिका कुनै झम्टाले त्यसको अन्त हुन्छ तापनि अझै पनि पूफल, जून, घामको भुफल्का, कोइलीको गान आदिमा साँझ, बिहान र वसन्तमा सौन्दर्य र माधुर्य भर्न ऊ आइरहेकी देखिन्छे भन्ने कल्पना छ । स्वच्छन्दतावादी प्रवृत्तिको अझ परिष्कृत अभिव्यक्ति “शरद् बाला” कविताको यो श्लोकमा भएको छ ः–
हेर्दा हेर्दै दिन दिन खुली जून पग्लेर आए
धर्ती हाँसिन् कुसुमकलिका बैंसमा मुस्कुराए
बास्ना पैफली मगमग बन्यो मन्द मीठो सुवास
ओर्ली आइन् कुन मृदुमुखी धर्तीमा बस्न वास
“राजा त्रिभुवन” ऐतिहासिक काव्य हो । २००७ सालको राणाविरोधी जनक्रान्तिमा साथ दिने राजा त्रिभुवनलाई आलम्बन बनाएर रचिएको यस काव्यमा कविको प्रजातन्त्र र स्वतन्त्रताप्रतिको अटल आस्थाको अभिव्यक्ति छ । त्यसबेलाको अन्धकारमा हुने गरेको जनताको चीत्कार र जनइच्छा यस श्लोकमा प्रस्ट भएको छ ।
हामी थ्यौं घनघोर अन्धतममा जो नीद हाम्रो थियो
राजासाथ मिलेर बस्नु जनता यो आश हाम्रो थियो
हामी थ्यौँ वनभित्र त्रस्तयुगको चीत्कार हाम्रो थियो
नामै मात्र लिएर सम्झनु थियो यो देश हाम्रो थियो
त्यो लडाइँ राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताका लागि थियो, राजाका स्वार्थका लागि थिएन । त्यसैले मुक्तिसङ्ग्रामका नायक त्रिभुवन यस्तो घोषणा गर्छन् ः–
मेरा निम्ति बढेर गर्न युगको चाहन्न कोलाहल
मेरै निम्ति लडेर मात्र जगको चाहन्न छोटो फल
मान्छे मात्र समान बन्न यसमा स्वाधीन संसार छ
आमासाथ करोड भाइहरुको सम्पूर्ण नेपाल छ
राजा त्रिभुवनले प्रजातान्त्रिक जागरणको शङ्ख पुफकेर सेवा, सद्भाव र मेलमिलापको सन्देश दिंदै मुक्तिका निम्ति जनतालाई आह्वान गरेकैले स्वतन्त्रताको त्यो सङ्ग्राम सफल भएको हो । आफ्ना भाइहरूलाई छलेर, सेवात्याग गरेर, छोटो स्वार्थ लिएर, अर्काको हक खोस्न भनेर, स्वार्थलोलुप भावनाले हात बढाएर, मानिसको मुराद छाडेर, अन्धभक्तहरूले घेरिएर, राजा वा कुनै द्यौता हुन नचाहेकैले प्रजातान्त्रिक आन्दोलनमा त्रिभुवनका कार्यले ऐतिहासिक महत्त्व पाएको हो । यसरी राजा त्रिभुवनको सङ्लो चरित्रको गायन गर्दै कविले समानता, स्वाधीनता र प्रजातन्त्रप्रतिको आफ्नो आस्थालाई मुखर तुल्याएका छन् । कविले राजा त्रिभुवनको कति चोखो र सङ्लो सचित्र प्रस्तुत गरेका छन् भन्ने कुरो तलको एउटै श्लोकबाट राम्रैसँग खुल्न जान्छ ः–
जस्तो गीत बनेर जागृति दियो नेपाल ब्यूँझाउन
उस्तै चाख लिएर सिर्जन गर्यो यो देश चम्काउन
पायो प्यार अनन्तभित्र रसिलो संसारलाई दिन
आफ्ना भाइ छलेर किन्तु उसले चाहेन राजा हुन
विषयवस्तुको गम्भीरता, भावको सघनता, संरचनाको सुगठितता, सूक्तिमयता जस्ता विशेषताले गर्दा यो काव्य उत्तम कोटिको हुन पुगेको छ ।
२०५० को दशकदेखि कवि स्वच्छन्दतावादी, मानवतावादी धाराबाट सामाजिक यथार्थतातिर ढल्कँदै आएका देखिन्छन् । २०५५ सालतिर लेखिएको “सम्झनाको धरातलबाट” र त्यसपछिको “चासो र चिन्तन” (२०६०) काव्यकृतिहरूबाट यसै कुराको पुष्टि हुन्छ । “सम्झनाको धरातलबाट” अनुष्टुप् छन्दमा लिखित पत्रशैलीको संस्मरणात्मक काव्य हो । यो कविका अन्तरङ्ग सखा विष्णुराज कुसमलाई लेखिएको पत्रका रूपमा छ । यसमा बाल्यकालदेखि यो लेखिँदासम्मका भोजपुरदेखि नेपालगञ्जसम्मका कविका थुप्रै साथी सङ्गाती, तिनका आनीबानी, स्वभाव र चरित्र, तिनसँगका कविका बसउठ, घुमफिर, हाँसखेल मनोरञ्जनजस्ता सम्झनाहरूको हृदयस्पर्शी वर्णन छ । त्यसैले यो कविको अतीतमुखी यात्रा हो । यहाँ कविले प्रशासक विष्णु कुसमलाई सुहृद् वाक्यमा जीवनमार्गको रायसल्लाह दिएका छन् र आफ्ना कतिपय अन्तरङ्ग कुरा, विचार र आदर्शहरूलाई मन खोलेरै व्यक्त गरेका छन् । कविको लामो समयको स्मृतिशृङ्खलामा विषयवस्तु र भावलाई पत्रसन्देशका रूपमा प्रबन्धन गरिएकाले यसको काव्यात्मक प्रवाह सुरुदेखि अन्तसम्मै अविच्छिन्न गतिशील छ । संस्कृत साहित्यमा यस्तो काव्यलाई कोषकाव्य भनिन्छ ।
“चासो र चिन्तन” खण्डकाव्य तहको सामाजिक काव्य हो । यसमा कवि दैवज्ञ चासोबाट सामाजिक–राष्ट्रिय चिन्तनमा पुगेका छन् । अमेरिकामा घरजम गरेर बस्तै गरेकी छोरी अर्चना आफ्नो सानो छोरो लिएर माइतघर आउँछिन् । कवि आफ्ना नातिको तोतेबोलीमा भुल्दै रमाउन थाल्छन् । केही दिनपछि छोरी अमेरिका फर्कन लाग्दा सानो बालक लिई छोरी त्यति टाढा एक्लै कसरी पुग्लिन् भन्ने पीरले कवि व्याकुल हुन्छन् । अन्तमा भक्कानो परेको आफ्नो हृदयको मुखलाई थुन्दै, बगिसकेका आँसुका धारालाई भित्रभित्रै दबाउँदै, विमानस्थलबाट छोरी र नातिलाई बिदा गरी उनीहरूको रक्षाका निम्ति ईश्वरसँग करुण पुकार गर्दै कवि घर फर्कन्छन् । यसै मूल कथामा यो काव्य संरचित छ । यस काव्यका सुरुमा केही हर्ष र प्रसन्नताका भावको सञ्चार भए पनि दुःख र वेदनाको प्रवाह ज्यादा छ । आफ्ना छोरीजुवाइँ र दुई छोराहरूले अमेरिका र जापानतिरै बस्नुपर्ने बाध्यताले उत्पन्न कविको मानसिक द्वन्द्व र पीडाको अभिव्यक्ति काव्यमा मार्मिक ढङ्गले भएको छ । पारिवारिक कौटम्बिक सम्बन्धबाट थालिएको यस काव्यको विषयवस्तु सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक राष्ट्रिय दुरवस्थासँग जोडिन पुग्छ । नेताहरूको दोधारे र अवसरवादी चरित्रले राजनीतिक अस्थिरता र अराजकतामा मुलुक फस्न पुगेको छ । सबै नेता र तिनका दलहरू आ–आफ्नै स्वार्थ र कमाउने धन्दातिर बेपत्तासँग दौडेका छन् । उद्योग व्यवसायको विकास हुन नसकेको र अन्य आर्थिक गतिविधि पनि केही नभएकाले काम खोज्दै लाखौं युवकयुवतीहरू विदेसिँदै छन् । प्रतिभाको पलायन पनि डरलाग्दोसँग भइरहेको छ । यी र यस्तै समस्याहरूको भुँमरीमा फसेको नेपालको दुर्दशा र दुरवस्था नै प्रस्तुत काव्यको कथ्य/विषय हुन पुगेको छ । त्यसैले यो काव्य सामाजिक समस्याप्रधान काव्य हो । राष्ट्रप्रेम, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक गौरवका स्वरहरू पनि यस काव्यमा पर्याप्त गुन्जेका छन् । काव्यात्मकताको निर्वाहका दृष्टिले पनि यो काव्य अत्यन्त प्रभावशाली छ । दुःख, सुख, हर्षका भाव र मानसिक द्वन्द्वका दशा–अवस्थालाई सम्प्रेष्य र आस्वाद्य तुल्याएर यहाँ प्रस्तुत गरिएको छ । छोरी र नातिसँगको मिलनले उत्पन्न हर्षको भावलाई कविले साह्रै रमणीय बनाएका छन् ः–
उज्यालो घर भो हाम्रो स्वर सङ्गीतका खुले
सौभाग्य लहरीभित्र सुनौला सपना पुफले ।
त्यस्तै शोकको वेदनालाई कविले यसरी प्रस्तुत गरेका छन् :
भक्कानो भरिँदै आयो बोली बन्द हुने गरी
आएछन् भेल उर्लेर रोकिन्नन् गहका झरी
सूक्तिमयता र काव्यात्मकताको प्रवाह काव्यभरि नै अविच्छिन्न छ ।
“ती रोइन् त्यसरी किन ?” (२०५५) सामाजिक समस्याकै काव्य हो । यो कवि आपैँफले साक्षात्कार गरेको एउटा परिवारको कल्पनै गर्न नसकिने दुर्नियति, दुर्भाग्य र दुर्दशापूर्ण अवस्थाको सत्यवर्णन हो । यो परिवारिक वेदना र विषादको पल्ला टुङ्गाको अभिव्यक्ति हो । दाङमा पढ्न बस्ता आफ्ना साथीसहित घुम्दै दाङकै कुनै एउटा धनधान्यपूर्ण घरमा कवि वास बस्न पुग्छन् । त्यस घरमा एउटी विधवा नारी आफ्ना छवटी विधवा बुहारीहरूसँग घरगृहस्थी चलाएर बसेकी छिन् । तिनका छवटी छोरीहरू छन्, जो सबै विधवा भइसकेका छन् । त्यस घरमा सातवटी विधवा नारीहरू मात्र छन् र पुरुष पात्र कोही पनि बाँचेका छैनन् । ती सबै नारीका एकै खालका पीडा छन् । यस काव्यमा यिनै हतभागिनी नारीहरूको विषादवेदनाको मार्मिक अभिव्यक्ति प्रस्तुत भएको छ । तीन खण्डमा विभाजित यस खण्डकाव्यमा सानी वा कान्छी बुहारीमा नारीका पीडा र वेदनालाई केन्द्रित तुल्याएर भावात्मक तीव्रता प्रदान गरिएको छ । कवि र कविका साथीलाई मीठो खाना बनाएर खुवाउँदै गरेकी सानी यस्ती छिन् ः–
चढ्दो उमेरकी बाला बैंसालु नवयौवना
रहिछन् दुलही सानी देख्तै सुन्दर सिर्जना
अतिथिहरूसँग सानी आफ्नू मन यसरी खोल्छिन् ः–
पालुवा पुष्प लाग्दैनन् फल्दैनन् रसिला फल
जस्तो शून्य खरानी छ उस्तै भीषण बादल
म त्यस्तै वनकी वृक्ष साह्रै शून्य अभागिनी
सानैमा विधवा नारी बनेकी हतभागिनी
यसरी आफ्ना अन्तर्पीडा खोल्दा खोल्दै बर्बरी आँसु झारेर रोएकी सानीलाई कवि कहिल्यै पनि बिर्सन सक्तैनन् । त्यसैले काव्यमा “ती रोइन् त्यसरी किन ?” भन्ने चरणको बारम्बार पुनरावृत्ति हुँदै जान्छ, त्यति त्यति सानी रुनाको खुल्दुली पनि बढ्दै जान्छ । यसरी यहाँ नारीका वेदना र चिरन्तनको तिर्सनाको सघन व्यञ्जना गरिएको छ । यहाँ कविले लुकाएर धेरै कुरा खुलाउने शैली अपनाएका छन् र अभिव्यक्तिलाई व्यञ्जनापूर्ण तुल्याइदिएका छन् । कविले सानीको टिठलाग्दो रूपलाई यसरी खोलेका छन् ः–
वनकी न्याउली जस्ती सम्झना सल्बलाउँदी
मानूँ मौन कुनै ज्योति आँसुमा टल्पलाउँदी
काव्यको दोस्रो खण्डमा सानीको बाल्यकाल, बाललीला, विवाह र वैधव्यको वर्णन छ । अन्तिम खण्डमा चाहिँ छवटै पुत्र गुमाएका वृद्ध पिताको पितृवेदना र पतिसमेत गुमाएकी र सबै बुहारी र छोरीहरूको पीर खपेर परिवार चलाइरहेकी विधवा वृद्धाको व्यावहारिक बोझ, कष्ट र कहरको मूक चीत्कार र बिलौनाको अभिव्यक्ति छ । यी सबै नारीहरूको पीडा एकै छ ः–
मसान भूमिमा हाम्रो अझ चल्दैछ जीवन
बिनाकाल त्यसै मर्न कसैको नहुने मन
नारीको वैधव्य जीवनको अत्यन्तै कष्टपूर्ण अवस्थालाई झल्झली सम्झाउने यो काव्य विधवा समस्याप्रधान सामाजिक काव्य हो । भावात्मक आधारमा चाहिँ यो विषादकाव्य हो । सामाजिक समस्याप्रति कविको गहिरो अभिरुचि भएकैले यति राम्रो काव्यको सिर्जना हुन सकेको हो ।
दैवज्ञले नेपाली लोकलयका भाका र फाँकीहरूलाई टिपी परिष्कृत गीतिकवितामा ढालेका छन् । गीतिलयका उनका कविताहरू भावात्मक संवेद्यता, भाषिक सरलता र लयात्मक साङ्गीतिक माधुर्यले मन छुने हुन पुगेका छन् । त्यसैले दैवज्ञ नेपालीका प्रसिद्ध गीतकार हुन् । दैवज्ञका गीतहरूमा राष्ट्र, राष्ट्रियताको भावना र नेपाली प्रकृतिका सुन्दर रङ्गरूप र छायाछविको रमणीय प्रस्तुति पाइन्छ । त्यस्तै युवासुलभ प्रणयरागको स्वरमाधुर्य पनि सुन्न सकिन्छ । निम्नलिखित गीतको अंशमा देशप्रेमको सङ्लो मूल पुफटेको छ ः–
आँखाभरि ह्यूँचुली छन् मनभरि तराई
जहाँ जाउँफ राम्रो लाग्छ मेरै देश मलाई ।
बाँसुरीमा बैंस बोल्छन् न्याउली पीर बोल्छन्
घिन्ताङ गर्ने मादलुले मनका भाका खोल्छन्
द्यौतै राम्रो द्यौरालीको चौतारीको छाया
जहाँ जाउँफ मसँगै छ मेरो देशको माया
दैवज्ञ माटो र पसिनाका गीतकार हुन् । उनका निम्ति माटोभन्दा राम्रो अर्को वस्तु हुँदै हुँदैन र पसिनाको फलभन्दा मिठो अर्को फल छँदै छैन । गीतको यो सुन्दर टुव्रफा हेरौँ ः–
सुन राम्रो चाँदी राम्रो, मोती झनै राम्रो
सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो
किशोर उमेर पार गरेकी भर्खरकी युवतीको मनोदशाको चित्रण “चेलीको लाज” गीतमा राम्रोसँग भएको छ ः–
हेर्दा हेर्दै टोलाउँछे बिर्सिए भैँफ गरी
त्यसै त्यसै सर्माउँछे सम्झिए भैँफ गरी
थाहै नपाई आपैँफदेखि लजाइछे आज
कहाँबाट आउन लाग्यो चेलीभित्र लाज ?
मनका घडा पिरतीका जलले भर्ने प्रेमभाव रमणीय बनेको कुरा “रूपारानी” गीतका यी पङ्क्तिहरूमा अनुभव गर्न सकिन्छ ः–
पिरतीका गगरीमा न रित्तिने जल
भर्न भनी आएकी हुन् हाम्रै अघिल्तिर
मनका घडा भर्ने थिएँ उनी अल्पी गइन्
पानी भर्ने रूपारानी आज कता गइन् ?
यसरी उद्धृत गर्दै जाने हो भने दैवज्ञका कुनै गीत पनि छोड्न सकिने खालका छैनन् । भाव र शैलीको कलात्मक सन्तुलनले गर्दा यी गीतहरूले प्रारम्भिक कालतिरका वर्णमात्रिक छन्दका कतिपय उनका कविताहरूलाई सजिलै उछिनेका छन् । अत्यन्तै सरल र सहज भाषाशैलीका यी रचनाहरू भावात्मक सघनता र सूक्ष्मताका दृष्टिले कविता हुन पुगेका छन् भने हृदयलाई च्वासच्वास छुँदै मानवीय संवेगहरूलाई तत्काल ब्युँझाइहाल्ने शक्तिका हिसाबले चाहिँ गीत नै बनेका छन् ।
कवि दैवज्ञ परिष्कारमुखी स्वच्छन्दतावादी कवि हुन् । उनको काव्ययात्राको प्रारम्भ स्वच्छन्दतावादी धाराबाटै भएको हो । यो प्रभाव उनमा माधव घिमिरेबाट आएको हो । त्यसैले उनका कवितामा विश्वबन्धुत्व र विश्वशान्तिका मानवतावादी स्वरहरू पर्याप्त गुन्जेका छन् । उनी राष्ट्रिय प्रकृतिका दृश्य, दृश्यावली र छायाछविका बहुआयामिक रङ्गरूपका सौन्दर्यलाई झल्काउँछन् । उनका कविताको मूल स्वर चाहिँ राष्ट्रवाद हो । यतैबाट उनमा राष्ट्रप्रेम, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताका अदम्य भावनाको मूल पुफटेको हो । त्यसैले पनि उनी आफ्ना कवितामा नेपाली सांस्कृतिक जीवनको चोखो र सङ्लो रूप प्रस्तुत गर्छन् ।
दैवज्ञ शृङ्गार र करुण रसका कवि हुन् । उनका कविताहरू युवासुलभ प्रेमको रागात्मक अभिव्यक्तिले रमणीय छन् । पछिल्ला काव्यहरूमा चाहिँ करुणा र विषादको धारा अविराम बगेको छ । दैवज्ञमा युगीन विश्वबोध छ । युद्ध, हिंसा, कोलाहल स्वार्थ र नाना षड्यन्त्रले आक्रान्त विश्वसँग कवि परिचित छन् । कविले आणविक युद्धका सम्भावनाले सन्त्रस्त विश्वमानसिकतालाई स्वर दिएका छन् । उनी आशावादी र जीवनवादी कवि हुन् । २०५० देखि दैवज्ञको अभिरुचि सामाजिक समस्यातिर अभिमुख भएको हो र यसै दशकमा उनका सामाजिक काव्यहरूको रचना भएको हो । यी पछिल्ला काव्यहरू हाम्रा सामाजिक, आर्थिक, राजनीतिक समस्यामा आधारित छन् । नारीले खप्नुपरेका वैधव्य जीवनका कष्ट र विषादपूर्ण वेदनालाई अभिव्यक्ति दिनु दैवज्ञको पछिल्लो काव्यात्मक उपलब्धि हो ।
दैवज्ञ परिष्कृत शिल्पशैलीका कवि हुन् । उनी कविताको कुनै पनि अंशलाई माझिएका रूपमा मात्र प्रस्तुत गर्छन् । देवकोटाका निबन्धका शब्द टिपेर भन्नुपर्दा उनी “दानामा विश्व” दिन खोज्ने कवि हुन् । परिष्कारका सिलसिलामा उनी सम्प्रेषणीयता र काव्यात्मक सौन्दर्यको बलि दिँदैनन् । त्यसैले उनका पुफटकर कविताहरू व्यञ्जनामूलक हुँदाहुँदै पनि पर्याप्त सम्प्रेषणीय र प्रभावशाली छन् । वर्णमात्रिक छन्दमा कलात्मक रूपमा शब्द संयोजन गर्दै कवितालाई सङ्गीतात्मक लयमाधुर्यका उचाइमा पुर्याउने उनी सिद्धहस्त कवि हुन् ।
कविको लयचेतना लोकलयका सुसेली र रन्काहरू टिप्तै गीतिलयका सुन्दर कविताहरूको सिर्जना गर्ने तहसम्म पैफलिन पुगेको छ । सरल र सहज भाषिक रूपसज्जाले सम्पन्न उनका गीतहरूमा मानवीय संवेगहरूको लयात्मक नृत्य प्रस्तुत हुन्छ । उनले शार्दूलविव्रफीडित, मन्दाव्रफान्ता, उपजाति, पञ्चचामरजस्ता छन्दहरूको प्रयोगमा कुशलता देखाएका छन् । पछिल्ला काव्यहरू चाहिँ अनुष्टुप् छन्दमा छन् ।
दैवज्ञ काव्यात्मक सौन्दर्यको शक्तिसञ्चारका लागि आवश्यक अलङ्कारहरूको प्रयोग गर्छन् । उनका सबै कवितामा अन्त्यानुप्रास अलङ्कारको अन्तर्लयको अविराम प्रवाह छ । यसका अतिरिक्त उपमा रूपकादि अलङ्कारहरूका यथोचित प्रयोगले उनका कवितामा व्यञ्जकता बढ्न पुगेको छ र प्राकृतिक विम्ब र प्रतीकहरूको संयोजनले अभिव्यक्ति सघन र पारदर्शी हुन पुगेको छ ।
दैवज्ञका कविताको हरेक पाउ एक वाक्य (अनुष्टुप् छन्दमा बाहेक) को हुन्छ, जसले गर्दा हरेक पङ्तिफ कलाको सुन्दर नमुना नै बन्छ । भाव र लय दुवैलाई एकैसाथ अभिव्यञ्जित गर्न सक्ने सुकोमल सरल संस्कृत शब्द र नेपाली तद्भव झर्रा शब्दहरूका संयोजनले उनको भाषाशैली सम्प्रेषणीय शक्तिले सम्पन्न भएको छ । निष्कर्षमा भन्नुपर्दा दैवज्ञका कवितामा साहित्यका भाव र कला दुवै पक्षको समन्वय र सन्तुलन छ ।
२०२० सालभन्दा अघि दुई दशकहरूमा आधुनिक नेपाली कविता दुई शैलीमा समानान्तर विकसित हुँदै आइरहेको थियो । एकातिर भानुभक्तदेखि, लेखनाथ, बालकृष्ण सम, देवकोटाका कवितामा परिष्कृत र प्राञ्जल हुँदै आएको वर्णमात्रिक कविता–शैली घिमिरेका कवितामा कलात्मक उत्कर्षमा पुगको थियो भने अर्कातिर रिमालद्वारा प्रवर्तित र विकसित गद्यकविताशैली भूपि शेरचन, विजय मल्ल, हरिभक्त कटुवाल र मोहन कोइरालाका कवितामा नयाँ शक्ति र संभावनाका साथ विस्तारित र विकसित हुँदै आइरहेको थियो । रिमालपछिका सबैजसो प्रतिभाशाली कविहरूले सहज, स्वच्छन्द अभिव्यक्तिका निम्ति सजिलो हुने मुक्त लयात्मक, निर्बन्ध गद्यशैलीमै उच्चकोटिका कविता लेख्न पुगे । त्यसैले छन्दोबद्ध कविता तुलनात्मक रूपमा पछि पर्दै गए पनि यो धारा सुकिहाल्न चाहिँ पाएन । शास्त्रीय छन्दको सङ्गीतात्मक झङ्कारबाट आकर्षित कयौँ युवा कविहरूले यसैमा आफ्ना भावस्वरहरू भर्दैरहे । गद्यलयात्मक कविताशैली उत्कर्षतिर बढ्दै गरेको र पद्यलयात्मक शैलीको विकासको गति मत्थर हुँदै गरेको समयमा वर्णमात्रिक छन्दको स्वर रन्काउँदै कवि दैवज्ञराज न्यौपानेको आधुनिक नेपाली कविता साहित्यमा आगमन भएको हो ।
त्यसबेलाका गद्य कविहरू रिमालको कलात्मक कविताशैलीका वरिपरि घुम्थे भने पद्य कविहरू चाहिँ घिमिरेको शैलीलाई टिप्न खोज्थे । कवि दैवज्ञले गद्यपद्य दुवै शैलीमा कलम चलाएका भए पनि पद्यलयात्मक कवितामै बढी प्रसिद्धि र सिद्धि पाए । घिमिरेको कविताशैलीबाट प्रभावित दैवज्ञलाई घिमिरेकै उत्तराधिकारी कवि पनि भनिन्छ । स्वच्छन्दतावादी–मानवतावादी भाव र शैलीगत परिष्कारको समन्वयका आधारमा दुवैका कवितामा केही समानता पाइए तापनि दैवज्ञका काव्यकृतिहरू व्रफमशः व्यक्तिगत, पारिवारिक र सामाजिक अवस्थाविशेषसित सम्बन्धित द्वन्द्व, मर्म र समस्यालाई पनि प्रस्तुत गर्छन् । त्यसैले दैवज्ञका कवितामा सामाजिकताको चाप ज्यादा छ । कवि घिमिरेका कविताहरू आलङ्कारिक–विम्बात्मक सूक्तिमय सौन्दर्यले झल्कन्छन्, कवि दैवज्ञका कविताहरू त्यही सूक्तिमयताले लच्कन्छन् । सृष्टिसौन्दर्यप्रति दुवै कविको चाख भए पनि दैवज्ञ माटोतिर बढी आकर्षित छन् । दुबै कवि आशावादी र जीवनवादी हुन् तापनि घिमिरे जीवनलाई दार्शनिक ढङ्गले हेर्छन् भने दैवज्ञ व्यावहारिक–नैतिक कसीले परीक्षण गर्छन् । कवि घिमिरे लोकगाथा र लोककथाका गहिराइतिर प्रवेश गर्दै चिरन्तन मानवीय सत्यको मिथकीय प्रस्तुति दिन्छन् भने दैवज्ञ चाहिँ वर्तमान युगका कोलाहल र सन्त्रासतिर फर्कन्छन् । उल्लिखित यी र यस्तै कतिपय कुराहरूले गर्दा यी दुवै कविहरूमा समानता भए पनि भिन्नताहरू पनि थुप्रै छन् । यी बाहेक अरू पनि धेरै पक्षहरूमा दुवै कविका बीच पाइने समानता र असमानताका बुँदालाई हेर्न सकिने भए पनि अहिलेलाई यो प्रसङ्ग यहीँ होस् ।
दैवज्ञका अतिरिक्त थुप्रै प्रतिभाशाली कविहरूले शास्त्रीय तथा गीति छन्दमा उच्च कोटिका कविता/काव्यहरूको रचना गरेका छन् । ती अनेक दृष्टिले महत्त्वपूर्ण पनि छन् । जहाँसम्म छन्दलाई लयात्मक उत्कर्षमा पुर्याउने प्रसङ्ग छ, त्यसमा सबै समकालीन कविहरूमा दैवज्ञराज न्यौपाने नै घिमिरेपछिका सबैभन्दा “मधुर ध्वनि” हुन् भन्ने बुझिन्छ ।
२०६९ साउन
विराटनगर