कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

काका दैवज्ञले सिकाएको पाठ

हेमराज न्यौपाने

मेरो जन्म भोजपुर गोगनेमा भए पनि त्यहाँ कक्षा ७ पास गरेपछि अन्यत्रै पढ्न जानुपर्ने बाध्यता भयो । कक्षा ७ पास गरेर त्यसमाथि पढ्नलाई भोजपुर गै पढ्ने वातावरण नहुँदा काका केदार न्यौपाने गोगने जाँदा म पनि काठमाडौँमा पढ्दै सानोतिनो काम गर्ने इच्छाले २०३९ कार्तिक २४ गते यस ठाउँमा आउन उहाँका साथ गोगनेबाट हिँडेँ । यहाँ आफन्त मान्यजनहरू धेरै हुँदा उहाँहरूकै चरणकमलमा साष्टाङ्ग दण्डवत् गर्दै गोगनेका पुर्खाहरूले सिकाएको आदर सम्मान गर्ने क्रममा काका दैवज्ञराजको घर नयाँ बानेश्वर गएँ । आपूफ नयाँ भएकाले जताततै पुग्न गाह्रो थियो । त्यस रात उहाँकै घरमा बास बसेँ । बेलुका घरमा फर्कनु भएर मुसुक्क हाँसेर “साइँलो आइपुगेछ” भन्नुभयो । आफ्नो मर्यादाक्रम अगाडि बढाएँ । “कति पढिस्” भन्नुभयो । मैले “कक्षा ७” भनेँ । काका साँच्चै नै पूर्णिमाको जून झुल्केजस्तो, उहाँको मुहार नियालिरहेँ । केहीबेर पछाडि रीता काकी आउनुभयो । उहाँसँग पनि परिचय भएपछि यो हरिको भाइ भनी चिनाउनुभयो । क्याम्पसमा केही काम पाइन्छ कि हेरिदेऊ भनी अह्राउनुभयो ।

२०४० सालको दसैँमा उहाँकै साथ लागी यहाँबाट फत्तेपुर हुँदै करिव १०/११ जना भाइबन्धु घर गयौँ । पहाडी इलाका भएको र ब्वाँर खोलामा पुगेपछि धुमधाम पानी परेर भएको सामग्री र लगाएका लुगासमेत निथ्रुक्क भएर भिजे । रातमा सुकाईवरि बास बस्यौँ । साथमा उहाँका छोरा भूषण, भाइ रमेश, गोगनेका मेरा गुरु कुलप्रसाद पराजुली र भवानी थियौँ । दहीमहीका पारखी न्यौपाने त्यसमा पनि मेरा गुरुले दुई पाथे ठेकामा दही र २ काइँयो केरा घरबासस्थानमा ठिक पार्नु भै साँझमा सबै मिली खाना खायौँ । भाइ भूषण पनि सानु र म पनि सानै हुँदा काकाले हामीलाई ज्यादै माया गर्नुहुन्थ्यो । घर ता हिँड्यौँ तर वर्षादले ३ दिनमा पुग्ने ठाउँमा १० दिन लाग्यो । सबैलाई थाहा थियो, आउँदैछन् भनी । १० दिन लाग्दा सबैले नाउ पल्टेर त्यतिखेर १० व्यक्ति मरेको खबर यत्रतत्र पैफलिएको हुँदा गोगनेमा पनि यही हल्ला चलेको रहेछ । घर पुग्ने दिन पेफरि म बिमारी परेँ । उहाँले मलाई पाँचधारेमा बास बसाई भोलिपल्ट पूफलपातीका दिन विहान ८ बजे मेरी आमालाई – भाउजू छोरो ल्याइदिएँ, अरूभन्दा सागसब्जी बढी ख्वाउनु होला भनी मेरो घरको बाटो हुँदै धाइपा गएको सम्झना सदैव आउने गर्दछ ।

एक दिन उहाँ बिरामी परी टिचिङ् अस्पतालमा भर्ना भएको खबर पाउनासाथ श्रीमती लिएर हेर्न जाँदा मुख केही बाङ्गेको र बोली अस्पष्ट भएको थियो । मनमनै धेरै रोएँ म । रोएर के हुन्थ्यो । देख्नासाथ हातले बेड देखाउँदै बस्नलाई इसारा गर्नुभयो । केहीबेर बसेपछि उल्टै एक झोला फलपूफल हालिदेऊ भनी सुधा काकीलाई भनेको आज जस्तै लाग्दालाग्दै दाजु रामेश्वरले अचानक फोन गरी काका बित्नुभयो भन्ने झटारो हान्नुभयो । केहीबेर मुर्छित परेँ । पार्थिव शरीर पशुपति लिएर जाँदैछौँ भनी आदरणीय दाजु कोषराज न्यौपानेको खबरले पशुपति आर्यघाट गएर सबै बन्धुले उहाँको दिव्य शरीर खरानी पारी फर्क्यौँ । यस्ता व्यक्ति गुमाउँदा मलाई ता कस्तो भयो सो परिवारलाई कस्तो भयो होला । यस्ता पशुपतिनाथ जस्ता आदरणीय काका दैवज्ञ भाइबन्धुमा मेलमिलाप, सद्भाव र दुःखी कोही नहून् भन्ने प्रेरणाका स्रोतव्यक्ति कहिल्यै नफर्कने गरी टाढा गए पनि उहाँ हामीसँगै भएजस्तो लागिरहन्छ । उहाँले सिकाएको पाठ सबै बन्धुबान्धवले सिक्नुपर्छ ।

कालीमाटी, गोगने
हाल : मङ्गलबजार, ललितपुर