शब्द श्रद्धाञ्जली
सर्वज्ञ, मर्मज्ञ, व्रह्मज्ञ एवं दैवज्ञ लोकजीवनमा यस्ता विशेषणयुक्त नामहरू फाटपुफट भेटिने गर्छन् । यद्यपि नाम अनुसारको काम गर्न सक्षम, प्रतिभावान् व्यक्तित्वहरू भने विरलै हुन्छन् । यहाँ संक्षिप्त प्रंसङ्ग कोट्याउने जमर्को गर्दैछु प्राध्यापक तथा वरिष्ठ साहित्यकार दैवज्ञराज न्यौपानेको संक्षिप्त जीवनवृत्त र कृतित्व सम्वन्धमा ।
बसाइकै हिसाबले भन्नु पर्दा कान्तिपुर नगरी अर्थात् भानुभक्तको अभिव्यक्ति अनुसार– “अमरावती कान्तिपुरी नगरी”, बालाजीबाट पश्चिमोत्तरमा अवस्थित नागार्जुनको उत्तरी काख, जङगबहादुर कँुवरले बनाएको ढोका, ऐतिहासिक मूल्यको ढोका, “मुड्खुढोका” आसपासमै छ मेरो पुरातन शैलीको काँठे कटेरो लगभग एकीकरणको ऐतिहासिक कालखण्ड यता । उता दैवज्ञराजको पूर्वी नेपाल, भोजपुरको गोगनेमा भए पनि कर्मथलो कान्तिपुरकै भूगोलको एक कुनो, काठमाडौंको बानेश्वर र गैरीगाउँमा छ आधा शतकयता । जीवन जिउने क्रममा नेपाल त के सात समुद्रंपारिका अमेरिका, अष्ट्रेलिया र युरोपियन मुलुकमा स्थायी बसोबास गर्नेहरूको क्रम बढ्दो अवस्थामा नेपालकै कुनै भूखण्डमा सुगम, दुर्गम जहाँसुकैका जुनसुकै नेपाली वन्धुसँग भेटघाट हुनु, सम्वन्ध गाढा हँुदै जानु स्वाभाविकै हुन्छ । अझ भनँू दैवज्ञराज न्यौपाने त गोत्रका हिसाबले सगोत्री मात्र होइन पंक्तिकार दाजुको वंशवृक्ष र न्यौपाने भाइको । अब लागँू दैवज्ञराजसँगको पहिलो भेट र त्यसपछिको सन्दर्भतिर ।
गाउ‘घरका समकालीन पण्डितहरूका थुपै्र आ‘गन, पिँढी चाहारेर बाह्रखरीदेखि रुद्री, चण्डीसम्म खारिसकेपछिको मेरो औपचारिक शिक्षा आर्जनको थलो हुन्छ– शान्ति विद्यागृह हाइस्कुल, लैनचौर, दरवार हाइस्कुल, विजय मेमोरियल हाइस्कुल, डिल्लीबजार काठमाडौं । एस. एल. सी. को “आइरन गेट” पार गर्न सुगम लाग्दैन । र, नवम कक्षासम्मको अध्ययनलाई स्थगित राख्दै नयां‘ शिक्षा लागु हुनु अघिसम्म कायम रहेका दुई प्रवेशिका सरहका शैक्षिक संस्थाहरूमध्ये वीरगञ्जबाट परिचालित एस एल सी सरहको प्रवशिका परीक्षाको तयारी कक्षामा भर्ना हुन्छु, नन्दी माध्यमिक विद्यालय, नागपोखरी, काठमाडौंको रात्रिकक्षा पढाइ हुने विद्यालयमा २०२४ सालमा । बाह्रखरी खार्दाका जस्ता गुरु पनि होइन, अचेलको जस्तो सर, मिस पनि होइन त्यहाँ अध्यापन गराउने माड साबहरू हुनुहुँदो रहेछ– दैवज्ञराज न्यौपाने, भरतराज पन्त, कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाई‘, टि आर (तुलाराम) विश्वकर्मा, मयुर शमशेर जवरा तथा वेणीप्रसादहरू । बाईस वर्षे जीवन र जोवन जिएर के गर्नु मलाई साहित्यको ससम्मको भेउ नै हँुदैन । दैवज्ञराज भरतराज पन्त, कृष्णप्रसाद पराजुली, जनक हुमाइगाइँहरुको साहित्यिक उचाइ त्यतिबेलै चुलिइसकेको रहेछ अध्ययनको क्रममा ज्ञात हुदै जान्छ । नवम कक्षासम्म भेउ नभएका साहित्यका विविध विधाहरूमा, अझ भनँू शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, मालिनी छन्दका कविताहरू दैवज्ञराज, भरतराज एवं कृष्णप्रसाद पराजुलीहरूले कुशलतापूर्वक गरेको शिक्षणबाट म अत्यन्त प्रभावित हँुदै जान्छु । सहपाठीहरू पनि आल्हादित नहुने कुरै थिएन । यता विश्वकर्मा माडसाबले भने उहाँको अध्ययनको मुख्य विषय इतिहासलाई विविध कालखण्डका राजनीतिक परिवेशहरूलाई आकर्षक ढङ्गले प्रस्तुत गरेर सिङ्गो कक्षालाई आकर्षित बनाएको अहिलेजस्तो लाग्छ पंक्तिकारलाई । अहिले सत्तरीको दशकमा जिउँदै ज‘ादा अतीतका ती क्षणहरूले एकातिर चरम आनन्दानुभूतिको अनुभव हुन्छ भने परम आदरणीय दैवज्ञराज तथा भरतराजलाई सिङ्गो वाङ्मय जगत्ले गुमाउनु परेको पीडा टड्कारो छँदैछ । प्रा. दैवज्ञराज छन्द कवितामा विशिष्टता स्थापित कवि हुन् भने भरतराज छन्दसम्राट् । यी दुई स्रष्टाका कविताहरू बेलावखत, मुडअफ भएका बेला गुनगुनाएर आल्हादित बन्ने आदतै बनेको छ पंक्रिकारको अचेल । दैवज्ञका मर्मले भरिएका कविताहरूमध्ये रसराज मानिने, शृङ्गार रसमा घोलिएका, बिछोडको पीडाबाट ग्रसित मन्दाक्रान्ता छन्दमा सजाइएका केही विरहजन्य पद्यांशहरू ः–
बाटो हेर्लिन् विरह दिनका नित्य आँैला गनेर
सुस्केरामै मिरमिर हुनन् रात कोल्टो फिरेर
तिम्रैजस्तो म पनि दिनहँू देख्छु संसारलाई
भन्ने मेरो खवर लगिद्यौ कल्पदी वँैशलाई
यहाँनिर यी कविताका शन्देशमूलक मर्मलाई नियाल्दा लाग्छ, निष्ठुरी विधाताले दैवज्ञकी आधा अङ्ग सुधा न्यौपानेलाई यस्तै बनायो । कामना गरूँ दैवज्ञका विविध बान्कीका थुपै्र सिर्जनाहरूमध्ये अझ यी कविताहरूले भावी जीवन जिउन सघाउँफन् ! त्यसो त जीवनको उत्तरार्धमा आइपुग्दा पत्नी, पुत्र सबै गुमाएर नाति, नातिनाको भरमा जिउन बाध्य विशिष्ट सर्जक भरतराज पन्तबाट व्यक्तिएका चरम नैराश्यपूर्ण कवितांश हेरू‘ –
स्वतन्त्र काल पर्खन्छु कति होला र जिन्दगी
बग्ने जीवनको जात जान्छ निश्चय नै बगी
हो, यहाँ मुख्य सान्दर्भिक स्रष्टा दैवज्ञले पनि कोकगोष्ठीमा उपस्थित हुन असमर्थ भए यता ओछ्यान परेपछि पनि सिर्जनलाई निरन्तरता दिइरहनुमा “जन्मनेको मृत्यु निश्चित छ” भन्ने गीताको सन्देशलाई नै आत्मसात् गरेकै हो ।
एक वर्ष अध्ययन गरेर २०२४ सालको प्रवेशिका उत्तीर्ण भएयता त्यस शैक्षिक संस्थाका कुनै गरुहरूसँग पनि मलाई नजिकिने अवसर मिल्दैन । अनि म फेरि अङ्गे्रजी सहितको पढाइतिर लाग्छु । २०२५ सालमा एस.एल.सी. उत्तीर्ण हुन्छु । मानौ अब आपूफलाई एस.एल.सी. र सोसरहको समेत दुईवटा प्रवेशिका उत्तीर्ण भएको ठान्छु । चारदशकपछि दैवले जुराउँछन् दैवज्ञसँग नजिकिने सौभाग्य, किन्तु प्रत्यक्ष होइन, सिर्जनात्मक परिवेशबाट । मेरो पाचाँै सिर्जनात्मक सन्तान बालसामग्री– चराहरूको वनभोज, २०६५ लाई सारगर्भित भूमिकाले सजाइदिनु हुन्छ, जीवनसँगिनी सुधाको सहयोगमा । कीर्तिपुरको सेरोफेरोदेखि सिर्जनात्मक संसारमा विशिष्ट पहिचान स्थापित प्राध्यापक दैवज्ञसँग सिर्जनात्मक साइनो जोरिन पुगेपछि म पुलकित नहुने कुरै भएन । यसको संयोजक साहित्यकार पुष्पलता आचार्यलाई मैले मुरीमुरी धन्यवाद अर्पण गर्नै पर्थ्यो, गरेँ । जब कि एउटै गोत्रका त्रिमूर्तिहरू– दैवज्ञराज, पुष्पलता र लुमडीको कार्यगत एकता र समन्वयगत साइनो पनि त थियो ।
मदन पुरस्कार गुठीका अध्यक्ष एवं विशिष्ट साहित्यकार कमलमणि दीक्षितको संरक्षकत्वमा दशकौंदेखि सञ्चालित कोकगोष्ठी अर्थात् कोठे कविता गोष्ठी मूलतः चर्चित छन्द कविहरू– प्रा. दैवज्ञराजदेखि शरद्कुमार भटृराई, रमेश खकुरेल, कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, भुवनहरि सिग्देल, कृष्णप्रसाद पराजुली, रामबाबु सुवेदी, डा शैलेन्दुप्रकाश नेपाल, श्रीहरि फुयाँल लगायतका कविहरूले छन्दमय काव्य गुञ्जाउने चर्चित काव्यशाला हो भन्ने लाग्छ । दैवज्ञराज पक्षाघात र मधुमेहबाट थङ्थिलिएर कोकगोष्ठी नै अविभावक विहीन जस्तो भएपछि विद्वान् शरदकुमारबाट व्यक्तिएका काव्योद्गारहरूले उपस्थित सबै कविहरू भावविभोर हुन्छन्–
कोठे गोष्ठी पनि छ अधुरो खोज्छ दैवज्ञलाई
सुन्दा बोल्दा सरस कविता बोल्छ दैवज्ञलाई
ढाका टोपी पहिरन सफा देखिँदा झटृ कोही
लौ लौ आए कुशल कविजी लाग्छ दैवज्ञ सोही
हो हाम्रो राष्ट्रिय पोसाकको एउटा अवयव ढाका टोपीमा सजिँदा सृष्टिकर्ता ब्रह्माले पनि निक्कै जाँगर लगाएर दैवज्ञको शारीरिक कलेवर सजाएको जस्तो भान हुन्छ । एउटा निर्क्योल निकाल्छन्, दैवज्ञको स्वास्थ्यलाभका लागि कवि प्रह्लाद पोखरेलको सम्पादनमा दैवज्ञ : पद्यध्वनि कविता सङ्ग्रह प्रकाशित गर्ने निधो हुन्छ । ५ दर्जन जति शीर्षस्थ कविहरूले छन्दमा सजाएका सुन्दर काव्य थु‘गाहरूको सिङ्गो माला– दैवज्ञ : पद्यध्वनि लोकार्पित हुन्छ २०६७ साल जेठमा ।
यसपछि काम विशेषले सिंहदरबार परिसरतिरै भाँैतारिदै हुन्छु । दैवज्ञ : पद्यध्वनिका सम्पादक वरिष्ठ कवि प्रह्लाद पोखरेलसँग भेट हुन्छ उहाँकै कार्यकक्षमा । प्रस्तुत कृति उपहारस्वरूप प्राप्त गर्छु । अर्को दिन न्यूरोड पीपलबोट गोरखापत्र संस्थान परिसरतिर पनि पुग्छु । त्यहाँबाट पनि यो काव्यकृति समीक्षात्मक प्रयोजनका लागि उपलव्ध हुन्छ । विशेष जिम्मेवारी प्राप्त भएकोमा पुलकित बन्छु स्वभावतः । वस्तुगत एवं भावनात्मक धारणाले सजाएर समीक्षा संस्थानमा बुझाइहाल्छु । २०६७ असोजको गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कमा उक्त सामग्री प्रस्तुत हुन्छ । आदरणीय गुरुप्रतिको झिनो दायित्व पूरा भएको ठान्दै गर्व गर्छु ।
समय गतिमय छ । यो बगिरहन्छ । गत २०६८ साल पुस २ गते शनिबार । प्रा.डा. विष्णुराज आत्रेयको प्रमुख आतिथ्यमा भेगीय क्याम्पसमा स्व. पं. जगन्नाथ आचार्य लिखित आध्यात्मिक विषयको काव्यकृति विमोचनमा संलग्न हुनु अघिदेखि नै घरायसी मामिलाका कारण अत्यन्तै मुड बिग्रिएको अवस्थामा हुन्छु । दुईघण्टा जति पुस्तक लोकार्पण कार्यक्रममा समय गुज्रन्छ । कार्यक्रम बिट मरेपछि कयौं साधनयुक्त मित्रहरूतिर नटा‘सिई पैदलै कोसौंको दुरी पार गरी झमक्क साँझमा कटेरोमा पुग्छु । राति आठ बजेपछि सञ्चार माध्यममा दृष्टिगोचर हुन्छ । आजै नेपाली वाङ्मय जगत्का विशिष्ट व्यक्तित्व उनै दैवज्ञको अवसान भएको छ । आजै बिहानैदेखि मुडअफ हुनुको एउटा संयोग नै भएको अनुभूत हुन्छ । मुडअफको मात्रा अझ बढ्छ रातभरि नै ।
२०६८ चैत महिनाको एक दिन कवि एवं नेपाल सरकारका उपसचिव प्रह्लादको कार्यकक्षमै पुग्छु । सामान्य कुराकानीपछि २०६७ सालको जेठ र साउनमा फगत ४३ दिनको समयान्तरमा दिवंगत हुनु भएका उहाँका परमपूज्य पिता नवराज र माता शेषकुमारीमा शव्द श्रद्याञ्जली अर्पणका लागि गत वर्षको सुरुमै सार्वजनिक गरिएको नवशेष गाथा मलाई उपहार स्वरूप प्रदान गर्ने क्रममा दैवज्ञ स्मृतिग्रन्थ अर्थात् दैवज्ञ गाथा प्रकाशित गर्न लागेको भेउ पाउँछु । आपूफले पनि दैवज्ञ गाथामा सजाउनका लागि संस्मरणात्मक शव्दगुच्छा सजाउने प्रतिज्ञा सहित ओझेलिन्छु । प्रा. दैवज्ञ र अतीतका उहाँसँगको सान्निध्यका विविध क्षणहरूलाई यथासभ्मव समेट्दै उहाँको अमर आत्माको चिरशान्तिका लागि शव्द श्रद्याञ्जली अर्पण गर्दछु ।
२०६९ जेठ
मैले तिम्रो मुटु अभैफ छुन सक्या छैन
पोखरीमा तरङ्ग भैंफँ पार्न सक्या छैन
हान्नलाई ढुङ्गा खोज्छु छैनन् त्यस्ता कुरा
अभैफ तिम्रो कलमको धार पार्ने छुरा ।
दैवज्ञराज न्यौपाने, दाजु राममणिसँग