कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

सिर्जनशील प्रतिभा अस्तायो : न्यानो माया हरायो

राममणि रिसाल

अकस्मात् २०६८ पौष २ गते प्रा.टंकमणि नेपालको टेलिफोनको घन्टी बज्यो बिहानी द्रवित स्वरमा दुखद सूचना बोकेर । त्यो थियो, त्यसै बिहानी देह विसर्जन गर्न पुगेका निष्ठावान् एक प्राध्यापक भाइ दैवज्ञराज न्यौपानेबारे । नेपाली भाषा साहित्यमा पूरै जीवन अर्पेको त्यो विलक्षण प्रतिभाशाली स्रष्टा अब अस्तायो, हाम्रा सामुबाट सदाका लागि । यस खबरसँगै दुख्यो मन र परेली रुभेफ मेरा । तुरुन्तै आफ्नो मन थाम्न नसकी विना सवारीको पैदलै पुल्चोकदेखि कुदेँ “पशुपति आर्यघाट” । देखेँ– त्यहीँ स्नेही भाइ दैवज्ञको मृत शरीर । तत्काल विश्वविधातासँग जोडेँ दुबै हात र गरेँ प्रार्थना– अमर आत्माको चिरशान्ति र जन्म जन्मान्तरको यस भव–बन्धनदेखि सदा सदाका लागि मुक्ति होस् ।

लाग्छ, मनुष्यको एउटै जुनीभित्र अनेक जुनीहरू जन्मिन्छन्, समय, स्थान र कर्मका फरकले नामकरण नै अनेक हुन्छन्, यही विशेषता मान्छेको । पेफरि, चेतनशील प्राणी भैकन पनि आफ्ना जन्म–मरणका विषयमा केही थाहा नपाई हामी आखिर सकिन्छौं । मेरा लेख रचनाहरूभित्रै उठेको यो भित्री प्रश्न आजतक उत्तर विनाको छ । केवल बाहिरी शुभाशुभ टुलुटुलु हेरेर बस्ने यो कस्तो हाम्रो “जीवन–पात्रो” कसको ?

त्याग, तपस्या र समर्पणभावले उठेको प्रतिभा भाइ प्रा. दैवज्ञराज न्यौपानेको निधन मेरा व्यक्तिगत जीवनकालका लागि समेत अपूरणीय क्षति रह्यो, मेरो त्यो न्यायो माया हरायो । यो लेखाइसमेत दुर्बल मेरा भावनाको पोखाइ मात्र हुने बिन्तीबिसाइ छ यहीं मेरो । “स्मृति–चिन्तन” स्वयं स्नेह–श्रद्धाको । स्थानीय अभिभावकको मान्यता प्राप्त एक अग्रज यो आपूफ समेत पालो पर्खी बसिरहेको छ त्यताको अभैफ । कता कता हाम्रो शरीर मसानको एक “धरौटी” । एकदिन जरुरै उठाउला आफ्नो माल उसले नछोडी भन्छु । जे जसो होला ।

यतै सम्झिन्छु, २०२२ साल माघ महिना त्रि.वि.को स्नातकोत्तर तहको आफ्नो विद्यार्थीकाल । नेपाली भाषा–साहित्यको अन्वेषण गर्न पहिलोपल्ट हामी समूहगत यात्रामा निस्केका थियौं “भोजपुर”, त्यहीँ टेक्यौँ, दैवज्ञराज न्यौपानेको “गोगने” । लाग्यो, सुरम्य पाखा पर्वत र वरपरका हिमाली सौन्दर्यले नै सायद पहिले उघारे हुनन्, उनको हृदय–पटल । त्यसपछि “उपत्यकावासी” मैले पनि २०५३ सालसम्म आइपुग्दा सबै टेकेँ ७५रै जिल्लाहरू हाम्रा । सक्कली देशवासी त्यसपछि मात्रै पो भएँ क्यार ! भन्छु । यसमा भाइ दैवज्ञको प्रेरणा र सहयोग नै ठुलो र निरन्तरताको थियो । माया दिएरै न थाक्ने उदात्त हृदयको निर्मल प्रेरणा पुरुष दैवज्ञ । यद्यपि, पीडैपीडामा धेरै बजे उनका काव्य–बाँसुरी । मुस्कुराहटले टाल्दै सहँदैं–भोग्दै अझ बिर्सिँदैं बगेको त्यो दैवज्ञको जीवनधारा नै अनौठो । त्यही अदम्य साहसी योद्धा सात दशकको उमेर पनि पूरा नहुँदै अहिले अस्तायो । थियो, हाम्रो माया पुरानो र नयाँ निरन्तरताको गहिरो । अब त्यही टाढा टाढा भयो, भर्खरै । केवल आँखा र सास बजुन्जेलको लामो पीडा हुने भो मेरो । यो निरीहताको पाठ हाम्रो ।

पेफरि, २०२७ सालदेखि त्रि.वि. का विभिन्न क्याम्पस कलेजहरूमा गुन्जिएको स्वर–शैली र गीत र कविताहरूका असंख्य मृदुल रचना–विशेषले गर्दा त्यो एक अक्षरपुत्र न कहिल्यै अस्ताउने गरी अजर–अमर बन्न समेत सफल भएको छ । यो भाग्य सबैको हुँदैन, वाणीको आशीर्वाद सबैलाई यस्तो सफल र सुन्दर पनि हुँदैन । “भक्तपुर क्याम्पस” बाट “पाटन क्याम्पस” मा आई सँगै प्राध्यापन कार्य गरेकाले पनि “प्रिय भाइ” कै रूपमा जहिले पनि पाएँ मैले । हाम्रो मेल थियो अनमोल । “प्राध्यापक” सँगै “प्राचार्य” को पदमा समेत आसीन त्यस व्यक्तित्वले स्नातकोत्तर तहको प्राध्यापनमा आपूफलाई आखिरीसम्म अर्पिरह्यो ।

अर्को, समता र ममताको लक्ष्यतर्पफ बढिरहेको एक विवेकी मन–बुद्धिले मात्र गर्छ, ठुलो सामाजिक योगदान । गुरु दैवज्ञले पढाए । उठाए हजारौं विद्यार्थी । बने, तिनैका सदा आपैफँ प्रिय गुरु । “गुरु” हुनुपर्छ यस्तै गुरु । “प्रशासक” भूतपूर्व हुन्छ, तर “प्राध्यापक” कहिल्यै भूतपूर्व हुँदैन । अर्को सार्थकता कृतित्वभित्रै रहन्छ । उठ्न नसक्ता पनि भाइ न्यौपानेको हृदय उठिरह्यो र सिर्जनाभित्रै खेलिरह्यो । यद्यपि, यहीँ पुफले दुख–सुखका अनेक सुगन्धित गुलाफ । आफ्नो उत्तरार्द्ध जीवनीतिर पत्नी–वियोग र संयोगका अनेक कटु कथा–व्यथाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आक्रान्त भै एकदिन त्यो कमलो मान्छे कठोर “पक्षाघात” ले ढल्यो नराम्ररी । पराश्रित बन्नु उसको विवशता, व्याकुलता र अभिशप्तता । लाग्छ मलाई सृजनाको मूलतत्त्व भन्नु विषाद पो हो कि ? यही ऊर्ध्वचिन्तनका लागि खुल्ने राजमार्ग । विषाद र जिज्ञासाभित्रै लुकेर रहन्छन् हाम्रा सबै कुरा । स्रष्टा र सृष्टि डुब्ने पेफरि यतै । सिद्धार्थको विषादले “बुद्ध” र अर्जुनको विषादले ७०० श्लोकी “गीता” जन्मियो । संवेदनशील हृदय पग्लिन्छ छिटै र बर्सिन्छ । रसिक भाइ दैवज्ञको कमलो छाती आपैफँमा राम्रा,े ठुलो । तर समयको सौगात मिल्ने यतै थरिथरि–घरिघरि । हाम्रा जीवन र जीविकाका अध्याय नै फरक फरक छन् । हाम्रो सास र आँसुको एकैसाथ पेफरि हुने रै”छ अन्त्य । कठै ! यति लेख्न पनि मेरो मन, कलम र मसीको त्रिवेणी संयोग यहीँ जुर्न कठिन भो । कति र के लेख्ने भन्नेमा नै हृदय अलमल्ल भयो । सम्भेफँ एउटा कुरो, “पक्षाघात” हुनुअगि मेरा बारेको “दाजु” सम्बोधनले भरिएको एक गतिलो गीति–कविता आफ्नै हस्ताक्षरले लेखी मेरा हातैमा हालिदिएका थिए मेरा प्यारा भाइ दैवज्ञले ः–

दाजु राममणिसँग

दाजु तिमी मर्म बोल्छौ बुझने छक्क पर्छन्

नबुझनेलाई थाहा छैन सुनी मख्ख पर्छन् ।

निबन्धमा बोल्छौ तिमी भित्री मनका कुरा

त्यति कैल्यै सुनाएर जो हुँदैनन् पूरा

लेखाइमा अजर छौं अमर छौ तिमी

जहाँसम्म रहनेछ उर्वर यो जिमी ।

मैले तिम्रो मुटु अभैफ छुन सक्या छैन

पोखरीमा तरङ्ग भैंफँ पार्न सक्या छैन

हान्नलाई ढुङ्गा खोज्छु छैनन् त्यस्ता कुरा

अभैफ तिम्रो कलमको धार पार्ने छुरा ।

च्वास्स पार्छ छुँदै पनि सबै मख्ख पर्छन्

मनभरि पोखरी छ आँखा पानी छर्छन्

जहाँसम्म जिन्दगी छ रित्तिँदैनन् कुरा

त्यहाँसम्म सबैलाई गर्नुपर्छ पूरा ।

ऐल्यै तिमी चूप लाग्ने गर्छौ कुरा किन ?

कसरी पो बस्न सक्छौ, काट्छौ केले दिन ?

असम्भव कुरा हो यो नसालु छौ तिमी

लेखाइको नशा तिम्रो सानो छैन जिमी ।

दैवज्ञराज न्यौपाने

गीतकार दैवज्ञ न्यौपानेले लेखेका पाँच सयभन्दा अधिक गीत अनि “सिर्जनाका लहर” र “जोर मुरली” जस्ता सङ्ग्रहहरूले सुरुदेखि नै मलाई प्रभावित पार्दै ल्याएका हुन् । यस्तै, अन्य पुफटकर गीत र बाल गीत सङ्ग्रहहरूलाई पनि म बिर्सिन्न । “पक्षाघात” पश्चात् दैवज्ञ : पद्यध्वनि नामक कविता सङ्ग्रहको प्रकाशनले समेत समर्पित प्रतिभाको चिनारी दिलाएको छ । एक स्रष्टाको हृदय–वीणा नथामिई बजिरह्यो सँधै । अहिले भनें त्यही बज्दाबज्दैको वीणाको स्वर थामियो, एक्कासि ।

एक समर्पित स्रष्टा जीवनभरि चूप न बसी आफ्नो “ब्रह्म” ले देखेको कुरो भनि नै रह्यो राम्ररी । यथार्थमा भाइ दैवज्ञका रचनाले व्यक्तिपूजा कतै गरेनन् । एउटा खुला हृदय त्यो विनाअवरोध बर्सिरह्यो । शाश्वत सत्यका पक्षपाती प्रा.न्यौपाने सदा आदरणीय बनिरहे सबैका । म यस्तै देख्छु । मेरा गीतकारहरूको अन्तर्वार्ताको “नेपाली गीतिस्रष्टा” संग्रह भित्रैको सत्ताइस नक्षत्रमध्येका एक दैवज्ञराज न्यौपाने पनि हुन् । त्यहाँ भो अहिले मेरो यो शब्द–कुसुमाञ्जलि, स्नेह–श्रद्धाञ्जली ।

सुरुमै भनें स्नेह–स्मृतिको सानो लेखाइ मात्र हो अहिले यो मेरो । समीक्षात्मक कृति विवेचना र विवरण दिने अन्य समर्थ प्रज्ञापुत्रका कलमहरू यसै धेरै पोखिएलान् म भनें त्यता जान्न । मेरो त मूर्त–अमूर्त माया कतै केही शब्दमा बग्नै सकेनन् खुलेर बेसरी । “रेटेपछि सारङ्गी त बोल्छ मीठो ध्वनि” भनिन्छ । एक स्रस्टा भाइ दैवज्ञका अन्तःसंताप दुखसुखका पूफल पुफले, आफ्ना रचनाहरूको पूफलबारीभरि । नढाँटी सत्य बोल्दा म त भाइको निधनपछि आयोजित अनेक “स्मृति–सभा” हरूबाट भागेँ, बोल्न–बस्न सक्तै नसकी । कहिले नभाको यस्तो पनि भो । आठ जनाको “दागबत्ती” दिने मेरा कठोर हात यहीँ काँपिरहेका छन्, थर्थरी । साँचो भोलि जाने पंक्तिका हामी चितामा खरानी हौंला, हुन्छौं । तर अमर स्रष्टा दैवज्ञराज न्यौपाने इतिहास र हृदयको भित्रभित्रै सुरक्षित एवं सम्मानित भै रहने छन् यस्ता स्रष्टा “काव्य–सुधा” को सेवा नै काव्यको मेवा राम्रो । समाज र समयसँगै लामो समय बाँचिरहन्छन् यो साँचो । रसात्मक अभिव्यक्ति, सेवा र समर्पणले भिजेको कवि–गीतकार दैवज्ञको रह्यो अनन्यतम जिन्दगी । मुस्कुराहटले लिपेर पीडैपीडामा बाँचेको “स्थितप्रज्ञ” का झैँ थियो त्यो भिजेको पलपलको न्यौपाने भाइको लेखनी र जिन्दगी । अमृतमय गीति पूफलको भाषा पनि यतै बोल्यो धेरै । त्यतै मेरो स्नेह– सम्झना । म यत्तिकैमा अहिले बिदा हुन चाहन्छु । चिर नमन छ, त्यस अमर आत्माप्रति । पेफरि यतै, गीताको “मा शुचः” भन्ने उपदेश शिक्षित परिवार अर्द्धाङ्गिनी “सुधा” लाई पनि लागोस् कामना यत्ति, भावना यत्ति ।

के हेर्ने सबथोक ठिक्क छ भनूँ धोका हुने हुन्छ कि ?

भैगो हुन्न भनूँ अकार्थ अरुको या मर्म पो छुन्छ कि ?

यस्तै प्रश्न थपेर उत्सुक सयौँ छन् जान्न खोज्ने मन

लाखौँ छन् न त जानिने सब कुरा तस्वीर हेरी कन ।

दैवज्ञराज न्यौपाने, तस्विर हेर्दा