कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

इतिहासको पानामा प्रा. दैवज्ञराज न्यौपाने

प्रा.डा. राजाराम सुवेदी 'त्र्यम्वक'

नेपालका खस ब्राह्मणहरूका थर खस क्षेत्रकै स्थलबाट बनेका छन् । जुम्ला जिल्ला न्यूपान्या गाउँका पण्डित पीयूषराज न्यौपानेका अनुसार त्यस ठाउँको नाउँबाट आफ्नो थर “रलयोरभेदः” सूत्रबाट बनेको बताउँछन् । जसका छोरी बुहारी पोइल जाँदैनन् (विवाहित पति छँदै वा मृत्युपछि अर्को पति ग्रहण गर्दैनन्) त्यस्ता ब्राह्मणहरू उपाध्याय मानिन्छन् । त्यसो नभई छोरीबुहारी पोइल जाने र त्यस्ताबाट जन्मेकाहरू उपाध्याय कहिँदैनन् । न्यौपाने ब्राह्मण र उनका सन्तति कौण्डिन्य गोत्रका मानिन्छन् । “तक्रं कौण्डिन्याय” सूत्रले कौण्डिन्य गोत्र भएकाहरू कुनै घरमा पाहुना लाग्न गए भने दूध, दही, घिउ, खुवा दिनु हुन्न मही मात्र दिन हुन्छ भनी हामी बरालिँदो बैंसमा साथीभाइलाई पेच हान्ने गर्थ्यौँ । त्यसो भन्दै जाँदा गोरखाका न्यौपाने बूढाबालाई पनि त्यस्तै पेच हानेको बेलामा उनले यसो भने । तक्रम्को अर्थ नजान्नेले वा अर्द्धशिक्षितहरूले पँधेलो मही (छाईं, छाँछ, छिन्यालो) ठान्दछन् भने विद्वान्हरूले त स्वर्गेन्द्रले देवशक्ति आर्जनार्थ नेतृत्व लिनका निम्ति ८४ मसला मिसाई बनाएको कामधेनुको दूधबाट मथेर बनाएको पेय नै तक्रम् हो भन्ने गरे । त्यसपछि यो लेखकले “तत्रंफ कौण्डिन्याय” भन्ने बेलामा होस पुर्‍याउन थाल्यो । न्यौपानेहरूका आदिपुरुष कौण्डिन्य महर्षि मानिन्छन् ।

महर्षि कौण्डिन्यले कल्पसूत्रको रचना गरेका थिए । कल्पसूत्र भन्नाले श्रौतयज्ञको विधिविधान भन्ने बुझनुपर्छ । त्यस्ता श्रौत्र यज्ञ आठ प्रकारका हुन्छन् । त्यसमा वेदाङ्ग र मन्त्र व्याख्या पनि पर्दछ । महर्षि कौण्डिन्य त्यसमा निपुण थिए । महर्षि कौण्डिन्यका पिता पराशर र माता कुण्डिनी थिइन् । महर्षि कौण्डिन्यलाई गोत्र प्रवर्तन गर्न पाउने अधिकार प्राप्त भएकाले पराजुली, आचार्य, प्याकुरेल, सापकोटा, बाँस्कोटा, सत्याल, खड्का, बगाले थापा, पनेरु जस्ता थर भएका सन्तान दरसन्तान मौलाएको वंशवृक्ष पाइन्छ । ती सबै थरका आ–आफ्ना वंशावलीहरू खोजी हुँदै छन् । त्यसैव्रफममा न्यौपाने थर भएकाहरूको वंशावली पनि खोजी, अध्ययन, अनुसन्धान तथा परामर्श लिनेदिने कार्य भइरहेको छ । यहाँ हामीमा साहित्यकार, लेखक, प्रतिभाशाली प्राध्यापक दैवज्ञराज न्यौपानेको विषयमा संस्मरण गर्ने प्रसङ्ग आएको छ ।

नेपाली साहित्यको इतिहासमा दैवज्ञराज न्यौपाने शीतल नक्षत्रको रूपमा चिनिन्छन् । उनको व्यवहार, चालढाल, जिउडाल शालीन लाग्दथ्यो । कवि, गीतकार दैवज्ञराज न्यौपानेको प्रख्याति काठमाडौं प्रवेशपछि भएको पाइन्छ । उनको जीवनवृत्त अरूभैँफ बाल्यकालबाट भए पनि सार्वजनिक व्यक्तित्व प्राध्यापनपछि नै भएको पाइन्छ । सबैका मित्र दैवज्ञराज न्यौपानेको नाउँ यी पङ्तिकारलाई २०४१ सालमा जानकारी भएको हो । त्यतिबेला उहाँ पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका सहायक डीन प्रा.डा. चन्द्रविव्रफम बुढाथोकीकहाँ उहाँको र मेरो भेट भएको थियो । त्यतिबेला यो पङ्तिकार विद्यावारिधिको शोधार्थी भएको र विशेषज्ञ डा.बुढाथोकी हुनाले प्रा.दैवज्ञराजसँग भेट्ने मौका मिलेको हो । उहाँ पाटन संयुक्त क्याम्पस (हामी दरबार कलेज भन्थ्यौं) बाट कीर्तिपुर नेपाली केन्द्रीय शिक्षण समितिमा स्थानान्तरण हुने प्रयत्नमा लाग्नु भएको थियो । पछि उहाँको प्रयास सफल भएकाले हाम्रो भेट बारम्बार हुने गर्थ्यो ।

दैवज्ञराज न्यौपाने कीर्तिपुर आएको पटक्कै राम्रो नमान्ने एउटा समूह नेपाली विभागमा थियो । नेपाली विभागाध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । प्रा.नरहरि आचार्य र प्रा.ब्रतराज आचार्यले जोड पुर्‍याएपछि प्रा.डा. वासुदेव त्रिपाठीको सिफारिसमा प्रा.दैवज्ञराज न्यौपाने कीर्तिपुर आउनु भयो । प्रा.डा.वासुदेव त्रिपाठीलाई जरो उखेल्ने गरी एउटा भुफन्ड खुब लागिपरेको थियो । प्रा.दैवज्ञराज न्यौपाने त्यही घानमा पर्नुभयो । अब पर्‍यो लफडा, त्रिपाठीको पक्षमा लाग्ने कि विपक्षमा । प्रा.डा.वासुदेव त्रिपाठीलाई उहाँका विरोधीहरूले “काले बाजे” भन्ने गर्दथे । उपकुलपतिसम्मका व्यक्तिले पनि डा.त्रिपाठी नभनी उही विशेषणको प्रयोग गर्दथे । प्रा. दैवज्ञराज न्यौपानेले प्रा.डा. वासुदेव त्रिपाठीको सत्यपक्ष लिनुभयो । त्यो क्रम त्रिपाठीजी निवृत्त नभएसम्म चलिरह्यो ।

प्रा.दैवज्ञराज न्यौपानेका दाजुभाइको अनुहार र बोलीचाली मीठो हुँदा पुरुष मात्र नभई नारीपात्रहरूले पनि खूवै रुचाउँथे । तिहारको समयमा बहिनीले भाइलाई पठाएको चिठीको एउटा गीत रेडियोमा बज्दा धेरैका आँखा रसाउँछन् । त्यस गीतका लेखक दैवज्ञराज न्यौपाने हुनुहुन्छ । तर यी पङ्तिकारको वारम्वार हुने भेटमा “डाक्टर बाबू, मलाई त्यो डि.एस.पी. जुँगे ग्रुपले खेदो गर्दैछ, कस्तो गरिखान नदिने होला ?” भनी आफ्नो पीडा व्यक्त गर्नुहुन्थ्यो । त्यस्तो राम्रो मान्छे, त्यति मीठो बोली, त्यस्तो सरस लेखन, त्यति गहन प्रतिभाका पनि शत्रुहरू हुँदा रहेछन् र उहाँलाई ठुलै पीडा दिइरहँदा रहेछन् भन्ने भाव यी पङ्तिकारलाई लाग्दथ्यो । तर भित्रभित्रै रोग लागेर शत्रुभन्दा पनि महाशत्रुले उहाँलाई खेदिरहेको कुरा कीर्तिपुर आउँदा लट्ठी टेक्दै खोच्याउँदै गर्दा देखेपछि यी पङ्तिकारलाई थाहा भयो । दैवज्ञराज न्यौपानेका बारेमा विराटनगर वरगाछीस्थित पूर्वाञ्चल विश्वविद्यालयका प्रशासक प्राज्ञ दधिराज सुवेदीको टिप्पणी बडो घतलाग्दो छ । “मान्छे भएर पनि देवता जस्तो गुनी दैवज्ञराज न्यौपाने” भन्ने टिप्पणीले यी पङ्तिकारलाई अझ छोएको थियो ।

“अरबौं मानिसले साहित्य मन पराउँछन्, करोडौं मानिसले साहित्य पढ्छन्, लाखौंले साहित्य रचनामा जोड गर्छन्, हजारौंले साहित्य रचना गर्छन्, सयौंले सिर्जना गर्छन् र केहीले मात्र सफलता हासिल गर्छन् ।” त्यसरी आफ्नो जीवनकालमा साहित्य सिर्जना गरेर सफलताको चुलीमा पुगेका साहित्यकार प्राध्यापक दैवज्ञराज न्यौपाने पर्नुहुन्छ । असल मानिसको दरबन्दी परलोकमा पनि हुन्छ, यहाँका असलहरू छिटोछिटो परलोक जान्छन् । प्रा.दैवज्ञराज न्यौपाने असल व्यक्ति हुनुहुन्थ्यो र छिट्टै परलोक हुनुभयो । यो खेदको कुरा हो । साहित्यिक व्यक्तित्व न्यौपानले किशोर कालबाटै साहित्य रचना गर्न थालेकोमा पछिसम्म त्यो क्रम निरन्तर रह्यो । उहाँका गीत, कविता, खण्डकाव्य, समालोचना, बालसाहित्य, प्रौढसाहित्य प्राञ्जल भाषा शैली छन्दमा रचित छन् । उहाँका कविता कृतिमा सिर्जनाको लहर, जोरमुरली, सम्झनाको धरातलबाट, शोभा, राजा त्रिभुवन, शान्तिकामना, चासो र चिन्तन, ती रोइन् त्यसरी किन ? पर्दछन् । उहाँका रचना अनुभूतिजन्य वास्तविक धरातलमा आधारित छन् र उडन्ते र मनगडन्ते भावका छैनन् । इतिहासको कसौटीमा प्रा.दैवज्ञराज न्यौपाने एक सफल, सर्जक, व्यावहारिक व्यक्तिमा पर्नुहुन्छ । उहाँको चपलताका कारण जीवनमा धेरै उहापोह व्यहोर्नु परेको थियो । सायद, कविहरू भावुक, लहडी र संवेदनशील हुन्छन् । इतिहासमा भावुकताले काम चल्दैन । साहित्यमा त्यसरी पनि काम चल्छ । भनिन्छ कवि, दार्शनिक र विचारकहरूमा पागलपन हुन्छ, फरक यत्ति मात्र छ कि साहित्यकारहरू पागल हुने बाटो आधाआधीमा पुगेर घर–व्यवहार, लेन–देन तथा संसारपट्टि प्रत्याह्वान हुन्छन् तर पागलहरू भने एकोहोरो गएको गयै गर्छन्, फर्कन जान्दैनन्, सक्दैनन् । इतिहासले यही भन्छ ।

वि.सं.२०६३ सालदेखि प्रा.दैवज्ञराज न्यौपानेलाई कीर्तिपुरमा कमै मात्रामा देखियो । त्यसको कारण उहाँलाई रक्तचाप र मधुमेहले च्याप्दै मुटुमा हान्दै पक्षाघातमा पुर्‍याएछ र उहाँबाट विद्यार्थीहरू लाभान्वित हुन कम हुँदै गयो । त्यसले गर्दा नेपाली विषयमा ठुलो असर पर्‍यो । “राम्रो रचना मीठो नेपाली” का लेखक कृष्णप्रसाद पराजुलीलाई वृद्धावस्थाले च्याप्नु, दैवज्ञराज न्यौपानेलाई रोगले च्याप्नु उस्तै अवस्था पर्‍यो । प्रा.ठाकुर पराजुली निवृत्त हुनु अनि प्रा.मोहनहिमांशु थापा पनि निवृत्त हुनुले नेपाली विभागमा प्रा.डा.त्रिपाठीको ठाउँ लिन सक्ने व्यक्तित्व पाउन गाह्रो पर्न गयो । इतिहासको मार्ग सोझो हुँदैन र राजनीतिमा योग्य व्यक्ति सफल हुँदैनन् भनेभैँफ नेपाली विभागमा प्रतिभाशाली व्यक्तिहरूभन्दा दलका झन्डा लिएकाहरूको भीड बढ्ने वातावरण हावी हुँदै गयो । यद्यपि अरू विषयका विभागमा भन्दा नेपाली विषयमा स्तरीयता रहेको अनुभूति हुने गर्छ, जो पहिलेको अवशेषस्वरूप ग्रहण गरिन्छ । त्यस्तो स्तरीय शैक्षिक धरोहर थामी आएको प्रा.दैवज्ञराज न्यौपानेको पुस्ता विस्तारै पाखा लाग्दै जान थालेको थियो । वास्तवमा मानविकी र सामाजिकशास्त्र संकायका धेरै विषयहरूमा खडेरी परेको छ तर अभैफ त्यस्तो प्रभाव भने पाइएको छैन ।

प्रा.दैवज्ञराज न्यौपानेका गीतहरूमा कुनै राजनीतिक दर्शनको गुणगानभन्दा स्वदेशप्रेम तथा राष्ट्रभक्ति, मातृभूमिस्नेह तथा नेपाली जनजीवन, संस्कृति र सामाजिक परिवेशको झलक पाइन्छ । नेपाली राष्ट्रिय प्रभाव तथा प्रवाहलाई सजीवरूपमा प्रकट गर्ने क्षमता प्रा.दैवज्ञराज न्यौपानेको लेखनीमा पाइन्छ । सौन्दर्यपूर्ण सांस्कृतिक प्राकृतिक गरिमालाई कवितामा व्यक्त गर्न सक्ने शक्ति र प्रतिभा न्यौपानेमा पाइन्छ । सुललित वाक्य समायोजन, छन्दोबद्ध कविता र गीतमा कवि दैवज्ञराज सफल मानिनु भएको छ । धर्म, अध्यात्मका हिमायती, समाजसेवाका प्रतिमूर्ति, विभिन्न सङ्घ–संस्थाको आवद्धतामा निबन्धित प्राध्यापक दैवज्ञराज न्यौपानेको उपस्थितिले संस्थामा रक्तसञ्चालनको कार्य गर्दथ्यो । जसरी स्वर्गद्वारी प्रभुमहाराजको समाधिमा त्यो क्षेत्र अँध्यारो भयो, जसरी बाल तपस्वी षडानन्दको समाधिपछि दिङ्ला अँध्यारो भयो, त्यस्तै अवस्था त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा दैवज्ञराज न्यौपानेको अनुपस्थितिले ल्याइदिएको देखिन्छ ।

प्रा.दैवज्ञराज न्यौपानेको सम्मानमा उहाँ रोगले पूर्णतः ग्रस्त भएपछि वि.सं.२०६६ असार २६ गते राष्ट्रिय नाचघरको सभाकक्षमा अभिनन्दन समारोह गरिएको थियो । उक्त भव्य कार्यव्रफममा नेपालका मूर्धन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । युवावर्ष मोती पुरस्कार, बालहितकारी पुरस्कार, छिन्नलता पुरस्कार, प्रतिभा पुरस्कार, स्रष्टासम्मान पुरस्कार, लिटिल एञ्जेल पुरस्कार, भि.एस.निकेतन पुरस्कार, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान पुरस्कार, साहित्य सम्मेलन पुरस्कार जस्ता एक कोरी जति पुरस्कार तथा सम्मानद्वारा सम्मानित प्रा.दैवज्ञराज न्यौपाने हाम्रा माझबाट गुज्रिसक्नु भयो । अब त्यसको क्षतिपूर्ति सम्भव छैन ।

इतिहासमा यस्ता व्यक्तित्व कमै जन्मन्छन् । कालको अगाडि सबै समान हुन्छन् । जीवित छँदा जे गरियो त्यसैको महत्त्व रहन्छ । जन्मपूर्व र मृत्युपश्चात् केही गर्न सकिन्न । प्राध्यापक दैवज्ञराज न्यौपानेको अनौपचारिक परिचय प्रजातान्त्रिक समाजवाद पनि एक हो । उहाँले कहिल्यै निरङ्कुश तन्त्रको प्रतिपोषण गर्नुभएन । बौद्धिक पोषणका माध्यमबाट मानवतावाद, मानव अधिकार, मौलिक अधिकार तथा स्वतन्त्र चिन्तन उहाँको र उहाँका परिवारजनको मौलिक परिचय हो । इतिहासले यसको पनि मूल्याङ्कन गरिरहेको छ । दिङ्लाको षडानन्द पाठशाला, दाङको संस्कृतमय वातावरण तथा तीनधारा पाकशालाको अन्नमा रिजेभिजेका प्राध्यापक दैवज्ञराज न्यौपाने नेपालको प्रजातान्त्रिक धारका एक सशक्त स्तम्भ पनि मानिन्छन् । परिवारको जेष्ठ र योग्य व्यक्ति भएबाट उहाँ हिँडेको बाटो सबैले पछ्याएका छन् । उहाँकै प्रेरणाबाट हजारौं छात्रछात्रा प्रजातन्त्रप्रेमी भएका छन् । त्यो प्रक्रिया गुणात्मक रूपले बढ्दै छ । उहाँप्रतिको श्रद्धाञ्जलिका चौतर्फी आयामहरू दिनानुदिन विकसित भइरहेछन् । यही लहरमा म पनि उहाँप्रति हार्दिक शब्द–पुष्प चढाउँछु ।

धर्म मानव जीवनको आधार हो, कविता समाजको ऐना हो, कविले सरकारलाई बाटो देखाउने हो, विकास निर्माण गर्ने कार्य दल र नेताको हो, साहित्यकारको होइन ।

दैवज्ञराज न्यौपाने