कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दाजु दैवज्ञलाई सम्झँदा

प्रा. महेश्वर न्यौपाने

मैले दाजु दैवज्ञराज न्यौपानेलाई जान्ने भएपछि देखेको २०१६–१७ सालतिर मात्र हो । कारण के हो भने म तिन वर्ष पुग्दा नपुग्दादेखि दश वर्षको हुँदासम्म खोटाङ जिल्लाको कुभिन्डेस्थित मावल बस्तै आएको थिएँ । तिन वर्षको उमेरसम्म घर भोजपुर गोगनेमा हुँदाका मेरा सम्झनाका पत्रहरूमा पितामही मन्दोदराको घुर्मैलो आभास अङ्कित छ । पितामह पण्डित छविलाल उपाध्याय न्यौपानेलाई स्मृतिमा अङ्कन गर्न सकेको छैन । कान्छा सानाबा पण्डित वासुदेव उपाध्याय न्यौपानेको कोदाबारीमा लामो लामो केटाकेटी दौरा पुफकालेर र त्यसैलाई ओच्छ्याएर सुतेको सम्झन्छु । मान्ताला लौरे बुढी बज्यै (भान्सा तयार भयो रे बुढी बज्यै) भनेर अर्को घरमा बस्ने पितामहीलाई भान्सा तयारीको सूचना गरेको तथा देवीथानका दाजु (भीमप्रसाद न्यौपाने) ले जबारी कोटको गोजीमा हालिदिएका खुर्सानी घरमुनिको निबाराका बोटमुनि बसेर खाएको, आँखामा दलेको कारणले परेको असरको कथा भन्नेहरूले अभैफ जिस्क्याउन छाडेका छैनन् ।

सानैमा मावलको लाडप्यारमा हुर्कँदाका क्षणले आपूफलाई पोख्रेलवंशी नै बुझिआएको मेरो बाल मानसिकतामा मातामही अम्बिकादेवी पोख्रेलको आफन्तहरूसित भएको “यो को, नाति ? अँ ! छोराको छोरो कि छोरीको छोरो ?” “छोरीको ।” “छोरी कसलाई दिएको ?” “गोगनेका न्यौपानेलाई ।” संवादले आपूफ न्यौपाने हुनुको स्पष्टीकरण पाएको सम्झन्छु । मेरो बुद्धुपनले कान्छी माइजू शेष कुमारी पोख्रेललाई आफ्नै माइला बाबु कृष्ण प्रसाद उपाध्याय न्यौपानेकी छोरी दिदीका रूपमा दश एघार वर्षको हुँदासम्म पनि ठम्याउन सकेको रहेनछु । म मावल बसुन्जेल दाजु दैवज्ञलाई आमाले यदाकदा कुभिन्डे जाँदा दैबु भनेका प्रसङ्ग बाहेक देखेको थिइन । हो माहिला दाजु डा. केदार न्यौपाने (हामी पण्डित गणेश प्रसाद सन्तानहरू दुई गुँडका हुनाले उहाँलाई माहिला दाजु नै भन्छौँ) बहिनी इन्द्रछाया दाहाल (मैँया) कहिले काहीँ मावल गएको सम्झन्छु । म मावल बस्न छाडेर गोगने आउँदा उहाँ भोजपुर दिङ्लाको षडानन्द संस्कृत प्रधान पाठशालामा पढ्न गइसक्नु भएको थियो । यसै क्रममा केही दिन घर आउँदा उहाँसित मेरो प्रथम सचेत साक्षात्कार २०१५–१६ सालतिर भएको हो । हाम्रो ग्रामीण परिवेशमा खर्क र बेँसी गर्दै गोठाले खेताले रहनसहनद्वारा प्रभावित व्यक्तित्वका तुलनामा उहाँ सुकिलोमुकिलो धेरै भव्य लाग्नुहुन्थ्यो । परदेश खाई प्राप्त गरेको अनुभवले खारिएर होला उहाँलाई म ज्यादै परिपक्व, जान्नेसुन्ने तथा चुस्त, स्पूफर्त, अनुकरणीय व्यक्ति ठान्दथेँ । छोटो समयका लागि घर आउँदा पनि उहाँका किताब कापीहरूको झोला पनि बोझिलो नै रहेछ भन्ने विश्लेषण हिजोआज म गर्दछु । उहाँले आपूफ सुत्ने कोठाको आँखीझयालको खोपामा मिलाएर राखेका किताब कापी र गला बढेको औषधी (सायद माहिला दाजुले समेत) चलाएको कुरा पत्ता लगाएर गाली गर्दाको प्रसङ्गलाई उहाँको विशेष चातुर्यको रूपमा त्यतिखेर मूल्याङ्कन गरेको हुँ ।

त्यसबेला म विद्येश्वर संस्कृत पाठशाला गोगनेमा माल्दाजु सहित पढ्न जान्थेँ । घरमै साक्षर भई चण्डी र रुद्री अलि अलि मकमक्याएको हुनाले गुरु जयदेव अधिकारीले हितोपदेश र लघुसिद्धान्तकौमुदी पढाउन सुरु गर्नुभएको थियो । यस क्रममा पुरानो किताबको कारण हितोपदेशको– अजरामरवत् प्राज्ञो..., आहारनिन्द्राभयमैथुनञ्च...आदि र लघुकौमुदीको पढाइबाट “केचिद् भग्नाः सुध्युपास्यप्रयोगे”लाई चरितार्थ गर्दै भगौडा भएको हुँ । यसै क्रममा अमरकोशको यस्य ज्ञानदयासिन्धोरगाधस्यानघाः गुणाः । सेव्यतामक्षयो धीराः सश्रिये चामृताय च... पढेको थिएँ । मैले पाठशालामा बिदा पाउँफ भनेर छन्द न बन्दको निवेदन लेखेको थिएँ । निवेदन लेखनको अकुशलताले दमित मनोविज्ञानको कारण उहाँलाई सोध्न सङ्कोच मानेँ । उहाँले यो मनोवैज्ञानिक सत्यको गहिराइ पहिल्याएर मलाई थाहै नदिई निवेदन लेखि दिनु भएछ । त्यो मेरा निम्ति अनुकरणीय, प्रेरणादायी र अविस्मरणीय प्रसङ्ग बनेको छ । त्यस्तै एकदिन उहाँले लघुकौमुदीको आपूफले पढेको पाठ उध्रिने क्रममा माहिला दाजुलाई र मलाई क्रमशः हेर्न लगाएर कण्ठस्थ सुनाउनु भयो । सबै बुई चढेका अक्षर चिनेर त होइन, कुन काकताली मिल्यो, उहाँको पाठ कहाँसम्म पुग्यो भन्ने पत्तो लगाएर प्रशंसित भएको सम्झन्छु । घरायसी र ग्रामीण हैसियतमा सामान्यतया हामी हुनेखानेभित्र पर्दथ्यौँ तापनि कतिपय घरेलु काममा धेरै खट्नु पनि पर्थ्यो । खेतीपाती, वस्तुभाउ आदि सम्बन्धी काममा माल्दाजुका तुलनामा म कम खटेँ । दाजु दैवज्ञले घरको कुनै काम गरेको मलाई खास सम्झना भएन । त्यसो त उहाँ किशोरावस्थामै बाहिर लागेपछि घर आएर बस्दाको समय खास लामो कहिल्यै पनि भएन ।

भोजपुरको दावाँ हाम्रा हजुरबा पण्डित छविलालदेखि नै बसि आएको ठाउँ हो । उहाँकै कारण दावाँमा हाम्रा धेरै इष्टमित्र र हित चिन्तकहरू बनेका हुन् । हजुर बा केही समय बसेर गोगनेको घर व्यवहार समाल्न थालेपछि सो ठाउँमा पिताजी पण्डित गणेश प्रसाद अठार वर्ष बस्नु भएको हो र उहाँपछि त्यहाँको उत्तरदायित्व सान्दाजु पण्डित केशवानन्दले वहन गर्नु भएको हो । सुरुमा दावाँमा हाम्रो घर हालको गुप्तेश्वर गा.वि.स. मा पर्ने सल्लेरीमा थियो । पछि दाजु केशवानन्द हालको सिद्धेश्वर गा.वि.स. को गैरीगाउँ सर्नु भएको हो । विभिन्न औपचारिक विवरणहरूमा दाजुको जन्म गोगने भन्ने उल्लेख भए पनि उहाँको जन्म चाहिँ दावाँमै भएको हो । उहाँभन्दा पहिले दुई दाजुहरू खेर गएकाले तत्कालीन सामाजिक विश्वास अनुसार उहाँलाई दावाँकै सुब्बा दुर्गा बहादुर खड्काकी माहिली श्रीमती, जसलाई भोजपुर हतुवा लुङ्गिन थापाकी छोरी हुनाले लुङ्गिने आमा, भाउजू, मुखिनी आदि भनिन्थ्यो, ले सुका–मोहोर दाममा किन्नु भएको हो । यसो गर्दा सन्तान खेर जाने समस्याको निदान हुन्छ भन्ने मान्यता नै यसको कारण हो । नभन्दै केटाकेटी अवस्थामा दाजुलाई झाटभुफटे बिरामीको समस्या भइ रहन्थ्यो रे । त्यसो हुनाले धामी, झाँक्री र जन्तर बुटीमा विश्वास पनि गर्नै परेको थियो ।

प्रतिष्ठाका शैल शिखरहरूमा पुग्ने मार्गहरू अत्यन्त दुष्कर हुने गर्दछन् । दाजु समाजमा जति प्रतिष्ठित हुनुभयो, सङ्घर्षका घाँटी घाँटीसम्म आउने जङ्घारहरू पनि निकै तर्नु भयो, रोगव्याधिजन्य भुक्तमान पनि धेरै भेफल्नु पर्‍यो । दिङ्ला पढ्दै गर्दा उहाँलाई विषम ज्वरले गम्भीर अवस्थामा पुर्‍याएको हो । सितिमिति त्यस्तो अवस्थामा पुगेको मधौरु निको भएका उदाहरणहरू त्यस बेला भेट्टाउन मुस्किल नै हुन्थ्यो । कदाचित् निको भइ हाले पनि अङ्गभङ्ग आदि क्षतिको खतरा उत्तिकै रहन्थ्यो । बिरामीको खबर सम्प्रेषण भएपछि बोकाएर घर त ल्याइया,े हालको जस्तो उपचारको अवसर र चेतना समेतको अभावमा घरेलु उपचारमा नै निर्भर हुनुपरेको थियो । श्रीमद्भागवत महापुराणको ज्वर समन गर्ने मन्त्र नमामि त्वानन्तशत्तिंफ परेशं सर्वात्मानं केवलं ज्ञप्तिमात्रम् ... तावत्तापो देहिनां तेङ्घ्रिमूलं नो सेवेरन् यावदाशानुबद्धा नित्य पाठ गरेको मलाई सम्झना छ । मन्त्रशक्तिको परिणामले निको भएको हो भन्ने निष्कर्ष पनि प्रबल चर्चाको विषय रह्यो । उहाँ २०३० सालमा पनि पुनः विषम ज्वरको गम्भीर बिरामी हुनु भएको हो । उहाँले धेरै पटक अस्पताल भर्ना भएर उपचार गराएका उदाहरणहरू छन् । दाजुको दिङ्ला बसाइ निकै सङ्घर्षपूर्ण रह्यो । पाठशालाको गुठीको हिनामिना सम्बन्धमा आबाज बुलन्द गर्नु भयो र यसमा धेरै खतरा पनि मोल्नु पर्‍यो । त्यो विसङ्गतिपूर्ण परिस्थितिमा उहाँलाई दिङ्ला बस्न सहज नहुनाले पढाइको खोजीमा दाङ समेत पुग्नु भएको हो । दाङ बिजौरीस्थित जनता प्रधान पाठशालाबाट पूर्वमध्यमा परीक्षा उत्तीर्ण गर्नु भएको हो । उहाँको कविताको पङ्क्ति “अत्याचार भयो त भैरव बनी संहारमा जुट्तछौँ” व्यवहारमै पनि चरितार्थ भएको छ ।

विरोधीहरूको झोसपोलको कारण उहाँलाई तत्कालीन राजा महेन्द्रको फोटो जलाएको भन्ने समेत आरोपमा ७५ दिनसम्म भोजपुर जेलमा पनि बस्नु परेको थियो । यस अवधिमा लेखिएको उहाँको “जेलमा दारी” शीर्षक कविताले क्रान्ति र विद्रोहको तुमुल आवाज घन्काएको छ । नेपाली काङ्ग्रेसको कट्टर समर्थक, निर्भीक, कर्मठ कार्यकर्ताका रूपमा प्रतिष्ठित भएर पनि तोडफोड, ध्वंस र व्यक्तिको फोटो जलाएर क्रान्तिकारी भइने तथा परिवर्तनलाई पुट मिल्ने किसिमका गतिविधिहरूमा उहाँलाई विश्वास थिएन । मैले कुनै पत्रिकामा तत्कालीन राजपरिवारका तस्विरहरूलाई कच्याककुचुक पार्दा उहाँले मज्जाले हप्काउनु भएको र त्यतिखेर कट्टर पञ्च भएका राजा नमान्ने पुराना उग्र कम्युनिस्टहरूको उदाहरण दिएको प्रसङ्गको सम्झना हाल मलाई भइ रहेको छ । बरु पञ्चायत शासन प्रणालीको कट्टर विरोधी भए पनि कवि महेन्द्रका सकारात्मक पक्षको प्रशंसामा लेखिएको कविताको “नेपाल पालनपरायण श्री महेन्द्र” जस्ता पङ्क्ति मैले उहाँकै मुखबाट सुनेको छु ।

२०१८ सालदेखि म पढाइका व्रफममा दाजु पण्डित केशवानन्दले रेखदेख गरि आउनु भएको दावाँको घरमा बस्न थालेको थिएँ । यसै अवधिमा दाजु दैवज्ञले पनि दावाँकै कात्तिकेको जालपा देवी प्रा.वि.को प्र.अ.का रूपमा केही समय कार्य गर्नु भयो । त्यस बेला उहाँ पूर्व मध्यमा तहको विद्यार्थी हुनु हुन्थ्यो तापनि उहाँको व्यक्तित्व, परिपक्वता र अभिभावकत्व निकै प्रभावशाली रहेको अनुभूति अहिले भइ रहेको छ । यसै अवधिको उहाँको सिक्तेल हर्राबोटे पद्मलाल नेपालको घर ससुराली–यात्राको तयारीको प्रभाव मलाई उल्लेख्य लागेको छ । सायद यो नै प्रथम ससुराली यात्राको तयारी थियो । यस क्रममा उहाँले स्थानीय खत्रीगाउँ सुइदारको धारामा दौरा सुरुवाल धुनु भयो । सामान्य ग्रामीण परिवेशका तुलनामा निकै सुकिला लाग्ने दौरा सुरुवाल एकैपल्ट हलुका साबुन लगाउँदा पुरा सफा हुने कित्ताका थिए । उहाँले दुईपल्ट मजाले साबुल लगाई मिहिनेतपूर्वक धुनुभयो । त्यति मिहिनेतपूर्वक धुवाइपछिको आवश्यकता त इस्त्रीको पनि हो । त्यसको व्यवस्थाबारे मलाई जानकारी भएन । कोटमा ब्रस गरिएको विषय पनि विशिष्ट नै रह्यो । अझ उल्लेख्य कुरा त कोटमा लगाउने खुकुरी र श्रीपेच अङ्कित चाँदीरङे ब्याचको सफाइ देखिन्थ्यो । जुत्ता चाहिँ सायद कपडाका साधारणै थिए । टोपी नयाँ नै नभए पनि नियमित लगाउने गरेको राम्रो थियो । राम्रो नयाँ मफलर पनि थियो । छाता र धोती (धोतीको आवश्यकता पनि ठानिन्थ्यो) को व्यवस्था थियो थिएन याद भएन । यसले त्यस बेला ससुराली जाँदा निर्वाह गर्नु पर्ने औपचारिकताको सङ्केत गर्दछ ।

२०१९ सालको आरम्भतिरै दाजु कात्तिकेको प्र.अ.को जिम्मेवारी छाडेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं लाग्नु भयो । केही समय मामा खिलनाथ पोख्रेलको आश्रयमा रही तत्कालीन राजकीय संस्कृत महाविद्यालयमा प्रवेश लिई अध्ययन थाल्नु भयो । यस क्रममा रानी पोखरी छात्रावासमा बसोवासको व्यवस्था भयो । २०१०–११ सालदेखि नै कविता लेखेर गुरुहरूबाट प्रशंसित भए पनि रानी पोखरी छात्रावासबाट प्रकाशित अरुणोदय पत्रिकामा २०२० मा छापिएको “उनीमा निम्तो” उहाँको प्रथम प्रकाशित कविता हो । गोगनेको घरमा दाजुको एउटा ट्याङ्का थियो । त्यसमा उहाँका कागत पत्र र कविताहरू थिए । त्यसमा स्पष्ट अक्षरमा लेखिएको “ए नभुलेस्” शीर्षक कविताको पाण्डुलिपि पनि थियो । यो उहाँको दिङ्ला अध्ययन अवधिको कविता हुनु पर्छ । त्यो कहिले कहीँ पढेको छु ।

उहाँ काठमाडौंमा पढ्न थालेपछि त्यस ताकाको सम्प्रेषणको प्रबल माध्यम चिठीपत्रहरूको आदानप्रदान हुन्थ्यो । यिनका अधिकांश विषयवस्तु सल्लाह, उपदेश र हालखबरमै केन्द्रित हुने गर्दथे । एकपल्ट दाजुले कुनै विशेष भ्रमणका सिलसिलामा रामेछापबाट चिठी लेख्नुभएको थियो । चिठीमा विभिन्न समसामयिक चर्चा, प्रेरक प्रसङ्ग, भावुकता, जीवन विषयक दार्शनिक पक्ष घोलिएका चिन्तनहरू उल्लेख भएका थिए । यिनको केही मात्रामा अव्यक्त सम्झनाभास हुन्छ । त्यसलाई सुरक्षित राख्ने क्षमता भएनछ । त्यो कुनै गल्लीमा मिल्काइएको कसिङ्गर हुन पुग्यो । सानाबा पण्डित वासुदेव न्यौपानेसित उहाँको ठट्यौली, रमाइलो र अनौपचारिकता मिश्रित विषयहरूमा पत्राचार हुने गर्थे । यदाकदा सानाबाले व्यङ्ग्यमूलक पद्यमा पत्राचार गरेको देखेको छु । मैले पनि एक दुई पद्यात्मक पत्रहरू सानाबाकै सहयोगमा लेखेको छु । त्यस्ता पत्रहरू हाल उपलब्ध भने छैनन् । यो कुरा उल्लेख गरिरहँदा दाजुले सानाबालाई २०२४ सालतिर पठाएको कुनै जबाफी पत्रका दुई ओटा सूक्तिमय पङ्क्ति को अहिले मलाई सम्झना भइ रहेको छ ः–

कसरी पुफल्छ संसार बाटो सृजनको न ली,

खालि वसन्तमा मात्र बास्ने होइन कोयली।

२०२४ सालतिरको कुरो हो । दाजु पुसमाघतिर बिदाको अवसरमा घर गोगने पुग्नुभएको थियो । त्यस वेलासम्ममा उहाँ विभिन्न साहित्यिक प्रतियोगिताहरूमा पुरस्कृत भएर चर्चाको शिखरमा पुगिसक्नुभएको थियो । राष्ट्रिय ख्याति प्राप्त त्यो उच्च व्यक्तित्व घरगाउँ, नलनाता, इष्टमित्र सबैका निम्ति अत्यन्त प्रेरक, आकर्षक र प्रशंसित थियो । उहाँको “जोर मुरली” कृतिमा छापिएको “वैशाख” कविताका “यो वैशाख मलाई हर्दम नयाँ विश्वास दी आउँछ, माया हो कि त मात हो कि मनको विश्वास व्यूँझाउँछ” पङ्क्तिहरू मैले त्यतिखेरै सुनेको हुँ । यसै मेसोमा म पनि कविता लेख्ने रहर गर्न थालेको थिएँ । विद्योदय हाइ स्कुलको एउटा कविता गोष्ठीमा निर्णय प्रक्रियालाई चुनौती दिँदै पुरस्कार प्राप्त सूर्य नेपालीले मलाई पुरस्कृत गरेका थिए । कविता हरायो र शीर्षक पनि बिर्सिएँ । त्यसैले नेपाली विषयप्रति बढी भुफकाव हुनाले विद्यालयका अरू साथीको तुलनामा केही राम्रो पनि थिएँ । कविताहरू विद्यालयको भित्ते पत्रिकामा पनि देखिन्थे । नेपाली पद्य सङ्ग्रहमा रहेको कोर्समा पढ्नु पर्ने गुरु पार्वती (प्रसाद ?) पराजुली (रसगोला चमचम) ले पढाएको तृतीय पुरुष र द्वितीय पुरुष कथन पद्धति भएको शम्भुप्रसाद ढुङ्गेलको “शकुन्तलालाई घर पठाउँदा” कविता नबुभेफर दाजुसित सोधेँ । उहाँले ज्यादै सरल ढङ्गबाट बुझाएको सम्झन्छु । कसो कसो पार्वती गुरुको शास्त्रीय पद्धति मलाई हलुको लाग्दैनथ्यो । बरु रत्नबहादुर तमोटले पढाएको रचनापत्र रुचिवर्धक लाग्दथ्यो । गुरुको बातैपिच्छे “रसगोला चमचम ए पुफस्रा, पुफस्री” भनेर गाली गर्ने बानी थियो । गुरुले कुनै विद्यार्थीप्रति धारणा बनाएपछि त्यो लालमोहर समान हुन्थ्यो । कुनै स्पष्टीकरणले परिवर्तन गराउने अवसर हुँदैनथ्यो । अरूलाई पुफस्रो भने पनि गुरु आपूफ भने सधैँ एकै नासे लामो ह्वाङ्लाङ्गे कमिज र धोत्रेफ पाइजामाको पहिरनमा धेरै पातलिएको तर लामो छाडेको कपाल चपचिल्लै तेल लगाएर तह लगाउनुहुन्थ्यो । त्यस वेला भोजपुरमा मञ्जुल लगायतका राल्फा समूहका गायकहरूले निकै शक्तिशाली तरङ्ग ल्याएका थिए । मजस्ता स्कुले विद्यार्थीहरू पनि उनीहरूका कुनै गीत गुनगुनाउने गर्थ्यौँ, एक किसिमले मौसमी फ्यान भएका थियौँ–

लेकैको लाली गुराँस काली काली केशलाई साइँली मोरीलाई
पाखैको चिसो बतास डाली डाली पूफललाई साँइली मोरीलाई...

इन्द्रेणीको गलेबन्दी साँइला हजुरलाई
बादलको कार्चोपी साँइला हजुरलाई...

सपनी त थुप्रै छ है दिउँफ कि नदिउँफ सानीलाई
बिपनी त थुप्रै छ है दिउँफ कि नदिउँफ नानीलाई ...।

यो सुनेर दाजुले “गौरीमाया” शीर्षकको एक गीत सुनाउनु भएको थियो र तेरो मञ्जुलको भन्दा राम्रो छ कि छैन ? भनेर सोध्नुभएको थियो । मञ्जुल मेरा मात्र नभएर हामी गोगनेका न्यौपानेका भान्जा रहेछन् । यो सम्बन्ध मलाई थाहा थिएन । राल्फा समूह कम्युनिस्ट रहेछ भन्ने यथार्थबाट पनि म अनभिज्ञ नै थिएँ । दिवान सिंह राईसित आउजाउ गर्ने क्रममा पछि मात्र थाहा पाएको हुँ ।

दाजुले गोगनेका न्यौपानेहरूमध्येमा नै २०२५ सालमा पहिलो पल्ट एम.ए. उत्तीर्ण गरेपछि मलाई काठमाडौं बोलाउनु भयो र पढ्ने व्यवस्था मिलाउनु भयो । त्यस वेला उहाँकै संयोजनमा धेरै मानिसहरू डेरा गरेर बस्थ्यौँ । यसपछिका अरू कुरालाई बिस्तारभयले म यहाँ कोट्याउन्न । तर, एउटा कुरा भने उल्लेख गरौँ त्यो हो – वहाँको शिष्टता र मर्यादापालक व्यक्तित्व । गोगनेका न्यौपानेहरूमा आपूफभन्दा मान्नेहरूलाई आदर–सम्मान गर्ने विशिष्ट खालको आदर्श परम्परा रहेछ । म आपूफ खोटाङको कुभिन्डेस्थित मावलमा बस्दा आदर्शको संस्कार पाए पनि स्थानीय परिवेश वा आफ्नो निजी स्वभावका कारण अलि जर्कटे खालकै रहेछु । धेरैपटक दाजुबाट मैले यस्तो स्वभावमा परिवर्तनको अनुभूति गरेको छु र कतिपय प्रसङ्गमा हप्की पनि खाएको छु । मैले पाएका अन्य पृष्टपोषणहरूका आधारमा पनि वहाँलाई शिष्टता र मर्यादित व्यवहारले लोकप्रिय बनाएको रहेछ । जीवनका थुप्रै उतार चढाव र अनेकौँ घात प्रतिघात भोग्नुपर्दा र पक्षाघातले लामो समय ओछ्यान पर्दा पनि वहाँको यो प्रवृत्तिमा कुनै विचलन नआएको हामी परिवारका सदस्यले अनुभव गरेका छौँ । पक्षाघातको लामो बिरामी रुघाखोकीको संक्रमणले दिवङ्गत हुनुपर्ने नियतिको निष्ठुर प्रहार हाम्रा निम्ति २०६८ पुस २ गते बिहानै अप्रत्याशित रूपमा असह्य पीडाको कारण बन्न पुग्यो । कवि शिरोमणि लेखनाथ पौड्यालले भनेकै श्लोकको सहारा लिएर भन्नु पर्छ ः–

भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो

इन्दै्र बिन्ति गरून् भुफकेर पदमा त्यो बिन्ति मान्दैन त्यो

थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।

– कालमहिमा

मनभरि यिनै सम्झनाका तरेलीहरू सँगालेर दाजुप्रति भावपूर्ण श्रद्धाञ्जली झ्