मानसपटलमा कवि एवं गीतकार दैवज्ञराज न्यौपाने
आज भन्यो भोलि भन्यो दिन भन्या गै झान्छ
मान्छे चोला मरिझान्छ नाम ता रै झान्छ
उल्लिखित देउडा (ड्यौडा) गीतले भनेभैंफ जिन्दगी बितेर जान्छ समयको गतिसँगै । मानिसले गरेका यावत् कर्महरू मात्र बाँकी रहन्छन् जीवनमा । गीतका यिनै पङ्क्तिहरू उतार्दै अहिले म सम्झिरहेछु– एउटा अग्लो कद भएको, सदैव नेपाली ढाकाको टोपी लगाउने, गोरो वर्णको एकजना सज्जन र विद्वान् व्यक्तित्व दैवज्ञराज न्यौपानेलाई । उहाँको हँसिलो अनुहार, मीठो बोलीले सबैजना उहाँप्रति आकर्षित हुने गर्थे । करिब पैंतीसको दशकमा मैले उहाँलाई चिनेको हुँ । त्यसबेला मलाई उहाँको बाहिरी व्यक्तित्व निकै मन पर्थ्यो तर सन्मुख भएर बातचित गर्ने हिम्मत मैले गरिन । विशेष गरी राजधानीमा हुने गरेका केही साहित्यिक कार्यक्रममा उहाँलाई म देख्ने गर्थेँ । नियालेर एकछिन हेरिरहन्थेँ । उहाँ हिँडिसकेपछि पछि फर्केर म हेर्ने गर्थेँ । मेरो त्यो हेराइ उहाँको हिँडाइको गतिका लागि नभएर उहाँले वाचन गर्ने कविताका शैलीका प्रति केन्द्रित थियो । अनि थियो उहाँले लगाउने गर्नुभएको लुगाका प्रति । उहाँ अक्सर घिउ रङ्गको सफारी सुटमा सजिएर विविध साहित्यिक कार्यक्रममा सरिक हुनुभएको मैले देखेको छु ।
अध्ययनको सिलसिलामा वि.सं.२०३४ साल श्रावण महिनामा सुदूरपश्चिमको अति विकट जिल्ला बझाङ, जिल्लाकै अति दुर्गम बस्ती (करान भेक) तलकोट, वेदकाली गाउँबाट म काठमाडौं खाल्डोभित्र छिरेँ । वाल्मीकि क्याम्पसमा अध्ययन गरेँ । २०३५ साल माघ महिनाको अन्त्यतिर दरवार मार्गस्थित तीनधारा संस्कृत छात्रावास (पाकशाला) मा भर्ना भएँ । निःशुल्क रूपमा बस्न, खान पाइने र सित्तैमा वर्षभरि २ जोर लुगा, साथै सिरक र डस्ना पनि । पत्रपत्रिका लगायत आपूफले चाहे अनुसारका पुस्तक पढ्न पुस्तकालय र वाचनालय पनि हामी १०६ जना विद्यार्थीका लागि थियो । छात्रावासको हलमा वर्षभरि विविध साहित्यिक एवं राजनीतिक कार्यक्रम भइरहने गर्थे । सो कार्यक्रमका लागि केही सर्जक साथीहरूले मलाई पनि सहभागी हुनुपर्छ भन्ने सल्लाह दिँदा म आपूफलाई त्यतिबेला हावामा उडिरहेको कपासभैंफँ हलुङ्गो भएको, माया पाएको अनुभूति गर्थेँ । कार्यक्रममा उपस्थित भएर बोल्दा, गीत गाउँदा वा कविता पाठ गर्दा केही साथीहरू हाँस्थे तर म आफ्नो भूमिका निर्वाह गरिरहन्थेँ ।
छात्रावासमा प्रवेश गर्दा अघिल्लो नम्बरको विद्यार्थीले छोडेपछि मात्र क्रमानुसार सो नम्बरमा भर्ना हुने क्रम पहिलेदेखिको थियो । छात्रावासमा भर्ना भएर पढ्न पाउने म यस्तो भाग्यमानी विद्यार्थी हुनपुगेँ जसको नाम त्यहाँ सबैले पुकार्थे, कोषराज न्यौपाने । उहाँको नम्बर ४४ थियो । त्यही ४४ नं. मा म बस्न पाएँ । छात्रावासमा भर्ना हुँदा आदरणीय दाइ कोषराजले त्यहाँ हुने विविध सिर्जनशील गतिविधिका बारे मलाई सम्झाएर मात्र छात्रावास छोड्नु भएको थियो । जसरी वाल्मीकि क्याम्पसमा भर्ना हुँदा दाइ पुरुषोत्तम दाहालले माया गरी मलाई साथ दिनुभएको थियो । त्यसैले यी दुईजना व्यक्तित्व मेरा लागि भुल्न नसकिने नामहरू हुन् । कवित्व हृदय भएका निडर र स्पष्टवक्ता कोषराज दाइ र वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको सामीप्यमा बस्दा पूर्वी नेपालका स्रष्टाहरू, प्रजातन्त्र प्राप्तिका लागि सहादत गरेका अमर व्यक्तित्वहरूका साथै सुदूरपश्चिमको भाषा शैली र पूर्वी पहाडी जिल्लामा बोलिने शुद्ध नेपाली भाषाका बीचका भेदहरूका बारे जान्ने मौका पनि मलाई जुरेको थियो ।
माथिका शब्दहरू उतार्नुको एउटै उद्देश्य हो वरिष्ठ कवि एवं गीतकार दैवज्ञराज न्यौपानेको छात्रावासको साहित्यिक कार्यक्रममा एकपटक उपस्थिति । मिति यकिन भएन, ०३५/०३६ ताका नै हो । वहुदलीय व्यवस्था र प्रजातन्त्र प्राप्तिका लागि विद्यार्थी आन्दोलनले देश तताएको थियो । छात्रावासका अगुवा दाइहरूले आन्दोलनको नेतृत्व गरिरहेका थिए । छात्र कार्यसमितिले साहित्यिक कार्यक्रमको आयोजना गर्यो । निर्णयकमा हुनुहुन्थ्यो, एकजना वरिष्ठ कवि दैवज्ञराज न्यौपाने ।
मैले पनि आधा शुद्ध नेपालीमा लेखिएको र आधा कर्णाली, बझाङ्गी र डोटेली भाषा (खस भाषा) मा रचित कविता सुनाएँ । उपस्थित धेरैजना मुटु मिचिमिची हाँस्न पो थाले । साथीहरू हाँसेको देखेर म पनि हाँस्दै कविता सुनाउन हौसिएँ । कवि दैवज्ञराज हात गालामा राखेर मप्रति एकोहोरिनु भएको थियो । केही शब्द– भूजा (फर्सी), सर्क (आकाश), गोरुखी (गाई, गोरु समष्टिगत रूपमा चराउँदा), नानी (सानी आमा), आँसी (हँसिया), कन्ड दुख्याको (कम्मर दुखेको), हमाली खेल्नु (पिङ खेल्नु) को प्रयोग गरेको थिएँ । त्यो भाषा नबुभेफर साथीहरू हाँसे, आफ्नो बोल्ने भाषा प्रयोग गर्न पाउँदा म भने दङ्ग परेँ । मैले प्रयोग गर्ने शब्द सुनेर कवि दैवज्ञराज लगायत अन्य व्यक्तित्वलाई पनि काउकुती लागेभैंफ भएछ । पछि उहाँले भन्नुभयो— डोटी क्षेत्रको बोलीलाई सरकारले दबाउँदा जसरी अहिले हामीलाई भाषाको ज्ञान राम्ररी भएन, त्यसै गरी प्रजातन्त्र दबाउन खोज्दा नेपालबारे संसारले ज्ञान पाउन सकेन ।
दैवज्ञराज न्यौपानेको नाम पनि पहिलो पटक सुन्दा मलाई नौलो लाग्यो । हर्क्या, मंगल्या, साउन्या, रिन्या, भुन्ट्या, भौल्या आदि ग्रामीण नाम सुन्दै आएको मलाई दैवज्ञ नाम नौलो र राम्रो लाग्नु स्वाभाविकै हो । नाम अनुसार काम र शरीरको बनोट पनि राम्रो, बानी व्यहोरा पनि सबैलाई मन पर्ने । म उहाँको सामीप्यमा रहन त पाइन, तर उहाँका बारे केही घतलाग्दा रमाइला कुराहरू भने मैले पनि सुनेको छु । “अजात शत्रु” व्यक्तित्वलाई पनि रोगले छोयो । छोयो मात्र होइन, दैवले बोलायो, दैवज्ञको दरवारमा । उहाँ बिरामी पर्दा धर्तीको कटेरामा मैले उहाँलाई भेटिन, के हुन्छ र उहाँलाई जस्तो लाग्यो । अहिले मलाई सम्भँफदा दुःख लाग्छ ।
अभैफ दुइटा सम्झना बिर्सन नसकिने खालका छन्, उहाँसँग मेरा । पहिलो हो पद्मकन्या कलेज वागवजारमा आयोजित “उपत्यकाव्यापी क्याम्पसस्तरीय लोकगीत प्रतियोगिता, २०३५” । गाउँको ठिटोलाई गीत गाउन पाए के चाहियो र ! पद्मकन्या कलेजले आयोजना गर्ने रे भनेको सुन्न पाउँदा सम्मिलित हुनैपर्छ भन्ने अठोट जाग्यो । तर न सङ्गीतको कुनै ज्ञान थियो मलाई, न त कुनै बुझने गीतको । गीत गाउनका लागि आपूफसँग गला बाहेक केही अन्य सामग्री थिएनन् । महिना मंसिरको थियो, जाडो राम्रैसँग पलाइसकेको थियो । १/२ जना साथी लिएर गएँ गीत गाउन पद्मकन्या कलेजको कम्पाउण्डभित्र । ओहो ! जताततै राता सारीमा सजिएका केटीहरू । मञ्चमा नौला अनुहार । कहिल्यै नदेखेका व्यक्तित्व वरिपरि । सिठी बजाउने केटाहरू एकातिर छन् भने अर्कातिर खित्का छोडेर हाँस्ने सो क्याम्पस लगायत उपत्यकाका धेरै क्याम्पसका केटी विद्यार्थी साथीहरू । जब गीत गाउन वाल्मीकि क्याम्पसको नामसँगै मेरो नाम बोलाइयो, सुरु भयो जिस्क्याउने काम । कुनैले वेद पढेभैंफ गरी आवाज निकाले, कुनैले धोती पेफरेको खै भने, कुनैले त दुलाहा दुलहीको बिहे गर्न बाजे आएको सम्म भने । कुनै सुनाउँदै थिए पाठपूजा गर्न शङ्ख–घण्ट पनि बजाऊ । उही बीच कुनै साथीले हारमोनियम बजाएर सहयोग गरे । सुरु गरेँ मैले देउडा गीत । सुर, ताल केही थाहा नभएको, म गाउँदै गएँ । हाँसोको फोहोरा उठ्यो त्यहाँ । पाटन क्याम्पसमा अध्ययन गर्ने बझाङ जिल्लाका जयराज अवस्थी नामका साथीले फ्लोरबाट सबैलाई हल्ला नगर्न भन्दै ठुलो स्वरले चिच्याएर भने यो गीत प्रथम पारिनुपर्छ । यता मञ्चको एक छेउबाट एकजना साह्रै राम्रो बान्की परेको ढाका टोपी लगाएको भद्र व्यक्तिले गीत गाउँदै जानुहोस् भन्ने सङ्केत गर्नुभयो । मलाई केही भरोसा लाग्यो । गीत कतिले बुभेफ वा बुभेफनन् मलाई थाहा छैन । तर निडर भएर गाएँ । मञ्चमा दुइजनाप्रति म आकृष्ट भएँ । ती व्यक्ति रहेछन्— एकजना दैवज्ञराज न्यौपाने, अर्को तुलसी दिवस । सो कुराको जानकारी सहपाठी साथीबाट पाएँ । पुरस्कार त मैले हात पारिन तर भरोसाको मानसिक ओखती भने पक्कै पाएँछु– तिनै भाषा साहित्य र सृजनाका गुरु दैवज्ञराज न्यौपानेबाट ।
वि.सं. २०४४ सालको श्रावण महिना थियो । बिहे भएको मात्र चार महिना पुग्दै थियो । म काठमाडौं बत्तीस पुतलीमा सहप्राध्यापक शिव नेपालको घरमा एउटा कोठामा बसेको थिएँ । कामको खोजीमा थिएँ । अहिलेको जस्तो सबैसँग परिचयको सञ्जाल ममा थिएन । राजनीतिशास्त्रमा एम.ए. पूरा गरेको मलाई विषय अनुसारको जागिर पाउन पनि सजिलो थिएन । जिन्दगी कसरी चलाउने भन्ने चिन्ता लाग्नु स्वाभाविकै हो । नजिकै वरिष्ठ पत्रकार किशोर नेपालको घर थियो, तर उठबस थिएन । यता ढुङ्गे धारा नजिकै एउटा घरमा गुरु तोयराज नेपाल र कवि प्रह्लाद पोख्रेल परिवारसहित बस्नुभएको थियो ।
एकदिन गल्लीको बाटो हुँदै दैवज्ञराज न्यौपाने आउँदै हुनुहुन्थ्यो । उहाँलाई देखेर हत्तपत्त ढोका खोलेँ, प्रचण्ड गर्मी थियो । एकैछिन भित्र बस्न आग्रह गरेँ । खुसी हुँदै मेरो आग्रह स्विकार्नु भयो उहाँले । एकैछिनको भलाकुसारीमा मैले सोधँें– हजुरले मलाई राम्ररी चिन्नु भयो ? हार्दिकता व्यक्त गर्दै उहाँले भन्नुभयो– “तपाईँलाई राम्ररी नचिनेर म भित्र पस्छु होला त ? गीत गाएको विषय उठाउनु भयो । पद्मकन्या कलेजको स्मरण र संस्कृत छात्रावासको सम्झना गर्नुभयो र भन्नुभयो— यस्ता प्राचीन गीतहरू सुन्नमा आएका छैनन्, साहित्यको एउटा विधा गीत पनि भएकाले समाजमा सीमित ती गीतहरू बाहिर ल्याउँदा अझ सान्दर्भिक होला । यस्ता मधुर वाणी सुनेर म दङ्ग परेँ । उहाँकै आग्रहमा दुइटा देउडा गीत सुनाएँ । एउटा थियो पद्मकन्या कलेजमा प्रतियोगितामा गाएको “ओ वाज भुफम्य्रौली वाज” लयमा आधारित देउडा गीत । अर्को थियो ०४३ सालमा रेडियो नेपालद्वारा आयोजना गरिएको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुन सफल देउडाको “छमक्क–छमक्क” लयको सदावहार गीत । झन्डै पौने घण्टाको बसाइमा हामीबीच गीतका बारे चर्चा भए । त्यो बेलासम्म उहाँले पनि थुप्रै स्वदेश गान (राष्ट्रिय गीत) को रचना गरिसक्नु भएको थियो । म केवल देउडा संस्कृतिका पछि मात्र लागेँ । अरू संसारमा भन्दा यही संसारमा म हराएँ । अहिले पनि म देउडामै कहिले हराउँछु, कहिले देखापर्छु । तर त्यसो होइन रहेछ । कवि एवं गीतकार दैवज्ञराजका ती मीठा गीतहरूमा न्यायपूर्ण सङ्गीत सजाएर मैले पनि स्वर भर्नुपर्थ्यो । त्यो पुण्यकार्यबाट म वञ्चित भएँ ।
माथि नै उल्लेख गरेभैंफ प्रसिद्ध कवि एवं गीतकार न्यौपानेज्यूसँग म त्यति घुलमिल त हुन पाइन तर उहाँद्वारा सृजित केही सृजनाबाट टाढा पनि छैन । मातृभूमिप्रतिको गाढा माया उहाँका गीतमा पोखिएको पाइन्छ भने कवितामा राष्ट्र, जनता र जीवनका कथा–व्यथा र कर्तव्य परायणता ।
नेपाल आमाले पूर्वाञ्चलमा धेरै स्वनामधन्य छोराछोरीहरू जन्माउनु भयो । तिनका कृतिले देशका पाखा–पखेरा, गाउँबस्ती र झोपडीहरू गुञ्जायमान बनेका छन् । दैवज्ञराज न्यौपाने, घटराज भट्टराई जस्ता साहित्यका महारथीहरूको नाम लिँदा पनि हलेसी महादेव र वराहक्षेत्र धाममा पुगेँ पुगेँ जस्तो अनुभूति हुन्छ मलाई । राष्ट्र र समाजलाई इमान्दारी र कर्तव्यको बोध दिलाएर परमपदमा लीन हुनुभएका सारथीहरूलाई राज्यका तर्पफबाट थोरै भए पनि सम्झनु पर्ने हो । त्यस्तो नैतिक संस्कृतिको विकास भएको देखिँदैन हाम्रो राष्ट्रमा । जन्मेपछि मृत्यु अवश्यम्भावी छ, कस्तो र कसरी भन्ने विषय मात्रै हो । कवि एवं गीतकार दैवज्ञराज न्यौपानेका परिवारजन, आफन्तवर्ग एवं सम्पूर्ण शुभेच्छुहरूमा मेरा तर्पफबाट हार्दिक शुभेच्छा प्रकट गर्दछु र नमन गर्दै श्रीमद्भागवत गीतामा भगवान्ले आज्ञा भएको यो श्लोक स्मरण गराउन चाहन्छु ः–
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि । (अध्याय २।२७)
गीतकारका रूपमा छुट्टै पहिचान बनाउन सफल दैवज्ञराजले नेपाली माटाको सुगन्ध पैफलाउनु भएको देखिन्छ आफ्ना गीतहरूमा । भावपक्ष बेजोड छ, त्यसैले पनि गायकले उहाँका गीतमा स्वर दिएर न्याय दिलाएको देखिन्छ । उदाहरणका लागि यो गीतले राष्ट्रप्रति दिएको सम्मान यस्तो छ ः–
नेपाली माटो मुछेर
नेपाली ढुङ्गा कुँदेर
बनाउँछौं हामी नेपाल
विश्वमा साँच्चै सुन्दर ।
(गायकः प्रेमध्वज प्रधान, साथीहरू)
उत्तरको सेतो चाँदीको पर्खाल, दक्षिणको पहेंला धानका लहलहाउने वाला फलाउने भूमि, बीचका हरिया वन, उपवन र चौरहरू अनि वनजङ्गलको बीच भागमा वहने नदीहरूको विचित्रको दृश्य गीतकारको हृदयमा वास बस्छ । कलम नरोकीकन दैवज्ञराज आपूफलाई गीतमा हराउँदै भन्नुहुन्छ ः–
सुन राम्रो, चाँदी राम्रो, मोती अभैफ राम्रो...
(गायन : भक्तराज आचार्य, फत्तेमान)
अन्त्यमा, पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिमी क्षेत्रमा संस्कृति अथाह छ तर सर्जकको कमी छ । पूर्वाञ्चलमा सर्जकहरू एक से एक हुनुहुन्छ । संस्कृति करिवकरिव बाहिर आएर परिचित बनिसक्यो । पूर्वी पहाडका डाँडाकाँडा गाउँबस्तीको साहित्यलाई कविता र गीतमा उतार्न सफल व्यक्तित्व हुनुहुन्थ्यो– दैवज्ञराज न्यौपाने । उहाँका कृतिप्रति सम्मान गर्दै दैवज्ञराज न्यौपानेज्यूप्रति देउडाका दुई पङ्क्तिले भावपूर्ण श्रद्धासुमन चढाउँदै बिदा हुन्छु ।
तेल्यालेक धरम्शाला रौंसिल्लाको पानी
डिठ्पण्या मिट् भैगै मान्दो मेरो गैलो बानी
नेपाल हनुमान् ढोका तस्वीर टाँस्याका छन्
मन् मेरो साउनको रात दन्त हाँस्याका छन् ।
२०६९ साउन
बझाङ, हालः काठमाडौं