मेरा सम्झनामा कवि दैवज्ञ
म शान्त कविताभित्र दिव्य दर्शन पाउँछु
सबैको जय होस् भन्छु शान्ति सङ्गीत गाउँछु
– दैवज्ञराज न्यौपाने (“नवरस” रजहाँस, बानेश्वर क्याम्पस)
दैवज्ञराज न्यौपानेले राष्ट्रिय स्तरमा आफ्नो परिचय कविताका माध्यमबाट स्थापित गर्नुभयो । उहाँका कवितामा प्राकृतिक एवं सांस्कृतिक सौन्दर्यसिक्त कोमल भावनाहरू अविरल प्रवाहित भइरहन्छन् । देशप्रेम, प्रकृतिप्रेम, सौन्दर्यप्रेम र स्वतन्त्रताप्रेम कवि दैवज्ञराज न्यौपानेका कविताका थिम हुन् । उहाँका सुन्दर शिल्पयुक्त लयात्मक एवं छन्दोबद्ध कविताले पाठकको चित्तलाई एकीकृत गर्दै कविताको उद्यानभित्र विचरण गराउँछन् । कविता पढ्दा शीतलताको अनुभूति प्राप्त हुन्छ । मैले उहाँकै वाणीमा कयौं कविताहरू सुन्ने अवसर पाएँ । गोष्ठीहरूमा उहाँले कविता सुनाउँदा होस् वा प्रकाशित कविता पढ्दाखेरि होस् मैले सधैँ प्रसन्नताबोध गरेको छु । कविताको शक्ति श्रोता वा पाठकमा तनावको चिट्चिटाहट उत्पन्न गर्ने नभई सत्य र सुन्दरको उदात्त अनुभूति गराउन सक्नुमा रहन जान्छ । कवि दैवज्ञराज न्यौपानेका कविताहरूमा त्यो शक्ति अजस्र रूपमा रहेको मैले पाएको छु ।
कहिले लेकका फाँट कहिले बेंसीका कुरा
खोजेर हिड्दथ्यौं हामी लेकबेंसी रमाउँदै
(सम्झनाको धरातलबाट)
अरू असङ्ख्य पाठकहरू भैंफ दैवज्ञराज न्यौपाने मेरा लागि पनि ज्यादै प्रिय, शालीन र सम्मानित अग्रज स्रष्टा हुनुहुन्थ्यो । उहाँ २०६८ पुस २ गतेदेखि प्रत्येक पाठक, शुभचिन्तक र अनुरागीहरूका स्मृतिमा अनि कृति र कर्मका दस्तावेजहरूमा अमर रहनु भएको छ । उहाँका प्रेरणादायी कृति र कर्महरूले उहाँलाई युगौंसम्म जीवित राखिरहने छन् ।
एकजना सरल तर गम्भीर कवि दैवज्ञराज न्यौपानेसँग मैले नेपाल टेलिभिजनको अभिव्यक्ति कार्यव्रफमका माध्यमबाट एक प्रकारको निकटता प्राप्त गरें । उहाँसँगको सामीप्य मेरा निम्ति आत्मीय र न्यानो रह्यो । २०४८ सालदेखि मैले बानेश्वर क्याम्पसमा पढाउन थालेको थिएँ, जहाँ मैले कवि दैवज्ञराजसँग दिनहुँजसो कुराकानी, भेटघाट गर्ने अवसर पाएँ । उहाँको रसिलो अनि नम्र बोली र व्यवहार मेरा निम्ति सँधै निकटताको कारण बनिरह्यो । पठनपाठनका कुराभन्दा बढी त्यहाँको वर्षौंसम्मको भेटघाटका क्रममा साहित्य र साहित्यिक गतिविधिका विषयमा कुराकानी हुन्थे । उहाँसँगका साहित्यिक छलफलहरू मसहित अरू अनुजहरूका निम्ति प्रेरणादायक रहन्थे । बानेश्वर क्याम्पसमा उहाँ सबैका अभिभावक, सबैका संरक्षक र सबैका लागि प्रेरक प्राध्यापकका रूपमा रहनुभयो । अहिले उहाँ सशरीर हुनुहुन्न । तर मेरो स्मृतिमा उहाँको तस्विर झन् जीवन्त बनिरहेछ ।
नेपाली साहित्यप्रति जिज्ञासु भएकाले म पत्रपत्रिकाहरूमा दैवज्ञराज न्यौपानेलाई पढ्दै आइरहेको थिएँ । भौतिक रूपमा भेटघाटको क्रम थिएन । मेरा लागि उहाँ लामो समयसम्म नै उत्सुकताका रूपमा रहनु भयो । म आफ्नै परिचयका लागि संघर्षको चरणमा थिएँ, उहाँको परिचयको सुगन्ध चौतर्फी पैफलिरहेको थियो । अग्रजहरूलाई भेट्नु र केहीबेर बोल्नु पनि मेरा लागि अविस्मरणीय हुन जान्थ्यो । संयोगवश कसैलाई भेटेपछि निकै दिनसम्म त्यो भेटघाटको क्षणले भित्री मनमा एउटा सन्तुष्टि दिइरहन्थ्यो । म थाहा पाएसम्मका विभिन्न गोष्ठीहरूमा पुग्ने गर्थें ।
काठमाडौंमा हुने कविता–गोष्ठीहरूमा उहाँलाई निकै पटक देखिसकेको थिएँ । कहिलेकहीँ त एउटै गोष्ठीमा सँगै कविता पाठ पनि हुन्थ्यो तर उहाँसँग बोल्ने, कुराकानी गर्ने मौका मिलेको थिएन । उहाँका कविता/बाल कविताहरू त मैले हाइस्कूलताका नै पढ्न थालेको थिएँ । आपूफले पहिल्यैदेखि पढिरहेको सिनियर कविलाई कुनै गोष्ठी विशेषमा आफ्नै अगाडि प्रत्यक्ष भेट्दा सामान्यतया अलिकति धक लागेको पनि हुँदो हो, त्यसैले उहाँसँग प्रत्यक्ष कुराकानी हुन सकिरहेको थिएन ।
समय बित्दै गयो । म त्रि.वि.को औपचारिक पढाइ सकेर नेपाल टेलिभिजनमा जागिर खान थालेँ । नेपाल टेलिभिजनमा प्रवेश गरेको केही समयपछि नै महाप्रबन्धक नीर शाहले मलाई ल धमलाजी, अब तपाईं अभिव्यक्ति कार्यव्रफम सञ्चालन गर्नुस् भन्ने आदेश दिनुभयो । २०४५ सालको उत्तरार्द्ध तिरको कुरा हो यो । मैले “अभिव्यक्ति” शीर्षकको साहित्यिक कार्यक्रम सुरु गरेँ । “अभिव्यक्ति” कार्यक्रम सञ्चालन गर्न थालेको केही हप्तापछि (झन्डै केही महिना हुनसक्छ) मैले एउटा कार्यव्रफममा कवि दैवज्ञराज न्यौपानेलाई आमन्त्रण गरेँ । त्यसबेला त्यो कार्यव्रफमको रेकर्डिङ प्रज्ञा भवनको सानो हलमा नियमित रूपमै गर्ने व्यवस्था थियो । कवि दैवज्ञराजलाई मैले फोनबाटै आग्रह गरेको थिएँ । उहाँसँगै मैले अरू केही कविहरूलाई पनि कविता लिएर आइदिन आग्रह गरेको थिएँ । नीरविव्रफम प्यासी, बेञ्जु शर्मा, भरतराज मन्थलीय, मोहन हिमांशु थापा अरू आमन्त्रित कविहरू हुनुहुन्थ्यो । रेकर्ड भयो, अर्को हप्ताको अभिव्यक्तिमा उहाँहरूको कविता प्रसारण भयो । यसरी दैवज्ञराज न्यौपानेसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी “अभिव्यक्ति” कार्यव्रफमका माध्यमबाट भयो । त्यसपछि उहाँसँगको भेटघाट झन् बाक्लिँदै र झन् अनौपचारिक बन्दै गयो । प्रायशः भेटघाटका माध्यम गोष्ठीहरू नै हुन्थे । उहाँसँग म नजिक भएँ, झन् नजिकिँदै गएँ । “अभिव्यक्ति” कार्यक्रममा मैले उहाँलाई जम्मा ३ पटक बोलाएँछु । २०४८ सालको भानुजयन्तीका सन्दर्भमा भानुसम्बन्धी कविताका साथ आइदिन आग्रह गरेको थिएँ । त्यसपटक झन्डै १० जना कविहरू आमन्त्रित थिए ।
त्यस्तै २०५० सालतिर नेपाली कवितासम्बन्धी एक छलफल कार्यव्रफममा अरू केही साहित्यकारहरू सहित मैले कवि दैवज्ञराजलाई आमन्त्रण गरेको थिएँ । त्यस कार्यव्रफमका अन्य सहभागीहरू डा.वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, विष्णुविभु घिमिरे र कृष्ण प्रधान हुनुहुन्थ्यो । मैले नियमित रूपमा झन्डै ५ वर्षदेखि सञ्चालन गर्दै आएको “अभिव्यक्ति” कार्यव्रफम शृङ्खला अन्तर्गतको यो छलफल कार्यव्रफम नै मैले सञ्चालन गरेको अन्तिम कार्यव्रफम पनि रह्यो । २०५१ साल लागेपछि म व्यक्ति–व्यक्तित्व शृङ्खला निर्माण गर्न थालेँ । “अभिव्यक्ति” सञ्चालन गर्न अरू मित्रहरू आउँदै जाँदै गरे ।
बानेश्वर क्याम्पसमा उहाँसँग १ दशकभन्दा बढी समयसम्म नै निरन्तर भेटघाट भइरह्यो । २०६२ साल तिरदेखि मैले समय नमिलेर क्याम्पसमा पढाउन छोडेँ । भेट्ने क्रम अलि पातलो भयो । पछि उहाँ बिमारी हुनु भएपछि एकपटक टिचिङ अस्पतालमा र केही स्वस्थ भएपछि उहाँकै घरमा भेट गर्न गएको थिएँ । बिमारी अवस्थामा स्वास्थ्यलाभको कामना बाहेक खास कुराकानी हुने कुरै भएन । तर उहाँ मेरो मनमा सधैँ उही प्रसन्न र हँसिलो अनुहारका साथ बसिरहनु भयो । अब भने मेरा एकजना हृदयदेखि नै आस्था राखिएका, सम्मान गरिएका अग्रज स्रष्टासँगको प्रत्यक्ष भेटघाट र संवादको क्रममा पूर्णविराम लागेको छ । एक सिद्धहस्त स्रष्टा, अग्रज कवि दैवज्ञराज न्यौपानेले नेपाली वाङ्मय जगतलाई दिनुभएको योगदान अनन्तसम्म बाँचिरहोस् ।
ओखलढुङ्गा
हाल : काठमाडौँ
यौटा कवि बिरामी छ देशले भेट्नुपर्दछ
यौटा छवि बिरामी छ देशले सोच्नुपर्दछ
हामी नै देश हौँ यौटा हामी नै परिवेश हौँ
हामीभित्रै छ दैवज्ञ हामी दैवज्ञभित्र छौँ।
रामबाबु सुवेदी (दैवज्ञ : पद्यध्वनि, २०६६)