कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

त्यो योद्धा !

फत्यबहादुर बटुवा

लिएर नित्य औजार भरिँदो त्यसमा मसी
पुफटायौ भावका डल्ला लेखनीले घसीघसी
अक्षरी गहना कुँद्दै लगायौ तिनमा कसी
आस्था–युद्ध लड्यौ धेरै ओछ्यानैमा बसीबसी

बाँझो जमिन जोत्दामा ठेला हात परे कति
काटी छाँटी मिलाएथ्यौ राँटा जम्मै भए जति
जम्मा पार्दै बुटा झार एकान्तैमा थुपारिए
रसिला पोसिला सारा रचनाभित्र खारिए

लिएर हातमा माटो केलायौ कंकडै गनी
लगायौ अक्षरे बार ध्वंशकै नपसून् भनी
रोपी अक्षरका वीज स्याहार्‍यौ काखमा लिई
हुर्कायौ कलिला बोट सुसार मलिलो दिई

ढकमक्क पुफली पूफल मग्मगी वाग वासना
वैरिए भुफण्ड मौरीका चाकाका मधु आशमा
दायाँ–बायाँ बसी मान्छे रसपान गरे कति
सिपालु हातले तिम्रा सिँगारेका थियौ जति

दैवज्ञ ! काव्यका माली सिँगार्‍यौ ज्ञान–बाटिका
परलोक हुँदा हाम्रो कोकगोष्ठी भयो फिका
लेख्ता लेख्तै मिठा काव्य तिमी लाग्यौ निकै पर
सक्तैनौंँ देख्न वा छाम्न सम्झना छ निरन्तर

देह भौतिक जो तिम्रो माटामै मिल्न गैगयो
सिर्जेको कीर्तिको वाग अजरामर नै भयो
तिम्रो देह त्यसैमा छ देख्दछन् कविले त्यहाँ
श्रद्धा–सुमन अर्पेर बसेका छौंँ सबै यहाँ ।

राम्रा साहित्यका योद्धा ! हाम्रा दैवज्ञ हे कवि !
परिश्रम गरी धेरै भुफल्कायौ तेजिलो रवि
उज्यालो छर्किंदै हिँड्थ्यौ तिमी पुग्थ्यौ जहाँ जहाँ
तिम्रै आलोकमा हामी सिर्जना गर्दछौंँ यहाँ ।

२०६९ असार
रामनगर, बौद्ध, काठमाडौँ