कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपाने : मेरा मानसपटलमा

सुमन्तराज न्यौपाने

आकाश गड्गडाएर जब बर्सन्छ झर्भफर
म किसान हलो बोकी निस्कन्छु अनि बाहिर ।

स्कुलमा मेरा गुरु नारायण श्रेष्ठले अनिवार्य नेपाली पढाउनुहुन्थ्यो । उहाँले आदेशात्मक आज्ञा गर्नुभयो – कवि परिचय भोलि याद गरी आउनू र यो कविता एक हप्तामा कण्ठस्थ गर्नू । माथिका पङ्क्ति दैवज्ञराज न्यौपानेको “किसान” कविताका हुन् । घरमा गई कविता सर्सर्ती पढेँ, धेरै पटक पढेँ, थोरबहुत याद गर्दै थिएँ, बिहान सबेरै उठी बाहिर खाटमा बसी कवि परिचय याद गर्न लागेँ । जन्मस्थान भोजपुर गोगने, कर्मथलो काठमाडौं, शिक्षा यति, कृति फलाना, जन्ममिति २००४ साल ।

मेरा हजुरबा इन्दिरेश उपाध्याय न्यौपाने भागवतको पुस्तक वाचन गर्न सदाभैँफ बाहिर खाटमा बस्न आउँदा मैले याद गरिरहेको कवि परिचय सुनी आश्चर्य मान्दै भन्नुभयो– के भन्छ यो ? ९९ सालमा जन्मेको दैवज्ञ, तँ कता ०४ सालको भन्दै पढ्छस् ? (औँला गन्दै) तेरो बाउ (टेकराज न्यौपाने) भन्दा छ वर्ष जेठोलाई झन्डै बराबर पो बनाइदिइस् त झ् होइन बा; बा भुफक्किनु भयो होला । किताबमा त ०४ साल नै लेखेको छ, सरले पनि हिजो मात्रै यही नै पढाउनु भएको – मैले भनेँ । “अँ भुफक्किन्छु, मैले खेला”का, डुला”का, हिँडा”का भाइहरूलाई म बिर्सिन्छु ? तेरो किताबमै गल्ती छ ।”– बाले कड्किँदै भन्नुभयो । मैले भनेँ, “काँ किताब गल्ती हुन्छ र बा !”

मलाई त्यतिबेलासम्म किताबमा छापिएका सबै कुरा सत्य नै हुन्छन् भन्ने लागेको थियो । बाका कुरा पत्याउन र बुझिसक्न एक दशक पूरा लाग्यो । मैले तुरुन्तै अर्को प्रश्न गरेँ–बा, दैवज्ञराज न्यौपानेलाई चिन्नुहुन्छ र ! भाइ पो भन्नु हुन्छ त झ्” त्यो उमेरसम्म न्यौपाने थर मात्र मिल्न गएको हो जस्तो मलाई लागेको थियो । उस्तो जानकारी थिएन । “मेरो भाइ त हो नि”– बाले जोड दिँदै भन्नुभयो ।

किताबमा छापिने, पढिने व्यक्तित्वहरू धेरै ठुला विद्वान् हुन्छन्, भेट गर्न नपाइने जस्ता हुन्छन्, यस्तो सोचाइ थियो मेरो । “बा... दैवज्ञ हजुरबा यो घरमा आउनु हुन्छ कि हुन्न ?”– मैले जिज्ञासा राखेँ । “किन आउँदैन, टंकी आयो भने यहाँ आइहाल्छ नि” – बाले जवाफ दिनुभयो, “अस्ति नै ठुला घरमा न्यौपाने भेलामा पनि आएको थियो त ।” त्यही दिन मैले क्लासमा गएर ढोल पिटेँ कि उहाँ त मेरो हजुरबा हो । कतिले पत्याए, कतिले पत्याएनन् पनि । यो पचास सालतिरको कुरा हो । एकाउन्न सालमा हाम्रो घरमा बालाई भेट्न एकजना व्यक्ति आइपुगे । उनी दौरा, सुरुवाल, कोट, ढाका टोपी, टिलिक्क पारिएका काला जुत्तामा सजिएका थिए । अग्ला, अत्यन्त सुहाउँदो जिउडाल, सफा अनुहारमा स्वाभाविक चमक देखिन्थ्यो । नम्र, मृदुभाषी, सानो आवाजमा बोल्ने, घरिघरि टाउको हल्लाउँदै अँ अँ भनी बाको कुरामा समर्थन जनाइरहेका थिए । अलि पर उभिएर हेरिरहेको मलाई बाले बोलाएर भन्नुभयो– तैँले पढेको दैवज्ञराज न्यौपाने यही हो । मैले ढोगेँ । मेरो खुसीको सीमा भएन किनकि यस अवधिसम्म मैले भेटेकामा सबैभन्दा बढी नाम चलेका, राष्ट्रिय स्तरमा चिनिएका, किताबमा पढ्नुपर्ने व्यक्ति, ठुला विद्वान् मेरा लागि उहाँ नै हुनुभयो ।

“यो कसको छोरो ?” दैवज्ञ हजुरबाले सोध्नुभयो । “माहिलाको” बाले जवाफ दिनुभयो । “कतिमा पढ्दैछस् नाति ?” दैवज्ञ हजुरबाले मलाई सोध्नुभयो । मैले भनेँ, “नौमा पढ्दैछु हजुरबा ।” “राम्रो पढ्नू धेरै पढिस् भने तँलाई नै काठमाडौंमा एम.ए. मैले पनि पढाउनु पर्छ” दैवज्ञ हजुरबाले भन्नुभयो । मैले हवस् सूचक टाउको हल्लाएँ । २०६० सालमा काठमाडौंमा नेपाली विषयमा एम.ए. पढ्न आउँदा ४/५ दिनका कक्षा छुटिसकेका थिए । मेरो पहिलो दिनको अन्तिम कक्षामा उही कद, हृष्टपुष्ट चमकदार अनुहारका व्यक्तित्व पढाउन आउने बित्तिकै मलाई दैवज्ञ हजुरबा ठम्याउन गाह्रो परेन । हजुरबाले पाँचौँ पत्रको लेखनाथको कविताबाट पढाउन सुरु गर्नुभयो । साह्रै सुन्दर अभिव्यक्ति झ् सुनिरहँूजस्ता लाग्ने । घरिघरि चुट्की बजाउँदै पढाउनुहुन्थ्यो । प्रथम वर्षमा प्रायः धेरै कविताहरू उहाँले नै पढाउनुभयो । द्वितीय वर्षमा “शाकुन्तल” महाकाव्यको गम्भीर व्याख्या उहाँबाटै सुन्न पाइयो । कक्षाबाट बाहिर निस्किँदा कहिले काहीँ पढाइ लेखाइका सोधाइ र घर परिवारका कुरा हुन्थे । मैले हजुरबाको दुवै वर्षको क्लास लिन पाएँ । त्यसपछिका वर्षमा उहाँ बिरामी परिहाल्नु भयो, पढाउन सक्नु भएन । विशेष चाडपर्व, उत्सव, सभा, सम्मान समारोह, भेलामा उहाँसँग भेट भइरहन्थ्यो ।

दसैँमा काठमाडौंमा रहँदा हजुरबासँगै टीका ग्रहण गरिन्थ्यो । हजुरबा बिरामी हुँदा पनि मलाई चिन्नुभयो हजुरबा ? भन्दा सुमन्त हो, नाति विद्यार्थी हो भन्नुहुन्थ्यो । कक्षाभित्र विद्यार्थीवत् र बाहिर नातिवत् व्यवहार गर्नुहुन्थ्यो । उहाँको निधनमा यो नाति विद्यार्थीले काठमाडौंमै भएकाले आर्यघाटमा गएर हजुरबाको मृत देहलाई फगत नमस्कार र १३ दिनको पुण्यतिथिमा प्रसाद ग्रहण गर्ने काम बाहेक केही गर्न सकेको छैन ।

कहीँ कतै औपचारिक अनौपचारिक कार्यक्रममा अन्य व्यक्तित्वसँग परिचय हुँदा दैवज्ञराज न्यौपानेसँग के नाता हो भनेर प्रायशः धेरैले सोध्ने गर्छन् । आफ्ना बाउबाजे पुर्खाका नामबाट चिनिन पाउनु पनि मध्यम गौरवानुभूति हुन्छ र आफ्ना नामबाट चिनिएर उत्तम गौरवानुभूति प्राप्तिका निमित्त मार्ग प्रशस्त गर्न प्रेरणा मिलेको छ । यसैबाट उहाँले न्यौपाने कुललाई उचाइमा पुर्‍याएको प्रस्ट थाहा हुन्छ र मुक्तकण्ठले प्रशंसा गर्न मन लाग्छ । यस्ता उचाइ बोकेका हजुरबा दैवज्ञप्रति, गुरु दैवज्ञप्रति र कवि दैवज्ञप्रति नातिशिष्यको हार्दिक नमन झ् हार्दिक श्रद्धासुमन झ्झ्

टङ्की सिनवारी, मोरङ

srnsumanta@gmail.com

अनित्य चोला, अनि नित्य के छ ?
सत्कीर्तिको शाश्वत रूप जे छ
ती कीर्तिका निर्भफर छन्, जहाँ छन्
दैवज्ञ–मुस्कान त्यहीँ रहन्छन् ।

राधेश्याम भट्टराई