कवि प्राध्यापक दैवज्ञराज न्यौपाने : भावपूर्ण श्रद्धाञ्जली
यस लेखमा यस्तो स्रष्टाव्यक्तित्वलाई प्रकाश पार्ने चेष्टा गर्दैछु, जसबाट अरू स्रष्टाको सिर्जना आफ्नो नाममा छाप्ने धृष्टता भएन, जसबाट अनुभवी प्राध्यापकको छद्मनाममा पाठ्यपुस्तकको अन्य विवेचकले गरेका विवेचनाका पङ्क्तिलाई हुबहु सारेर सहयोगी (गाइड) लेख्ने प्रयास भएन, जसबाट आर्थिक प्रलोभनमा अरू शोधार्थीको नाममा आपैँफ शोध–प्रबन्ध तयार पारी शोध निर्देशक बनेर प्राध्यापकजस्तो मर्यादित पेसाको अवमूल्यन भएन, जसबाट कोठामा बसेर तयार पारिएको कृत्रिम लोकगीत सङ्कलक बन्ने निकृष्ट कार्य भएन । त्यस्ता राष्ट्रिय स्रष्टा व्यक्तित्वको नाम हो – दैवज्ञराज न्यौपाने । उहाँबाट पचासौँ स्रष्टाका कृतिका भूमिका लेखिए ती सबै रचनाको मर्म पहिल्याएर निष्पक्ष लेखिएका थिए । प्राध्यापन पेसाको मर्यादाको उलङ्घन भएन, उहाँमा थियो प्राध्यापनद्वारा विद्यार्थीहरूको मन जित्ने क्षमता, प्रभावकारिता र शालीनता ।
हाम्रो जन्म एउटै जिल्ला र जोडिएको गाउँ तर दुई दशकपछि मात्र भयो साक्षात्कार र पहिचान । हौँ हामी समवयष्क, थियो दोहोरो नामको परिचय मात्र । उहाँको गाउँ उर्वरभूमि सुन्दर प्रकृतिले हराभरा गोगने र मेरो सिक्तेल बितलब बतासे । मेरा पितामह कवि पं.वैयाकरण नेपाल पोखरेबाट दाजुहरूसँग भिन्न भई कोइराला मावलीको बिर्तामा त्यहीँ बसोबास गर्नुहुन्थ्यो । पितामही खार्पा पोख्रेलकी छोरी गोगनेका न्यौपानेहरूकी भान्जी हुनाले कवि दैवज्ञ सम्बन्धले पर्नुहुन्थ्यो मेरो काका, म भतिज ।
विद्वान् सर्वत्र पूज्यते भनेभैँफ वैयाकरणको कीर्तिको सुवास ताप्लेजुङ, ओलाङ्चुङ्गोलासम्म पैफलिएको थियो । उहाँ कवि, पण्डित, विद्वान् धैरै विषयको ज्ञाता हुनुहुन्थ्यो, कर्मकाण्ड, औषधिविज्ञान, अश्वगुणदोष निरूपणमा विशेषज्ञ र स्वादिष्ट तरकारीका पारखी । त्यस कारण न्यौपानेहरूसँग हाम्रो नाता–सम्बन्ध ३/४ पुस्तादेखि नै थियो । थाहा भएन पितामहको कार्यकाल तर पिताजीको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो न्यौपानेहरूका ठुला–साना कार्यक्रममा । यदा–कदा म पनि जान्थेँ, पिताजीको पछि पछि सानामा । दैवज्ञजीसँग मेरो चिनाजानी धेरै पछि हुनुको कारण थियो– हाम्रो जीवनयात्राको लुकामारी । १० वर्षको उमेरमा म काठमाडौं उहाँ गोगने, ४ वर्षपछि म घर, उहाँ दिङ्ला, म धरान उहाँ दिङ्लाबाट दाङ हुँदै काठमाडौं । भेट भयो होला अन्जान वयमा तर मेरो स्मृतिमा पर्दा लाग्यो । ठ्याक्क भेट भयो २०२२ तिर भोजपुर जेलमा । उहाँलाई आरोप थियो– विद्यार्थी राजनीति र पञ्चायतको विरोध । गोगनेको संस्कृत पाठशालामा पढ्ने सौभाग्य मैले नपाउनुले नै उहाँसँग पहिले परिचय र साक्षात्कार नभएको ।
समवयस्क भएकाले हामीले एकै वर्ष शास्त्री उत्तीर्ण गर्यौँ । शास्त्रीपछि स्नातकोत्तरको अध्ययनार्थ काठमाडौं आएपछि हाम्रो भयो राम्रो परिचय । धेरै साथी मिलेर हामी बस्यौँ, एउटै भान्सा गरेर एउटै डेरामा । समकालीन कोही विद्यार्थी कोही जागिरदार । यसरी बस्यौँ तीनवर्ष सँगै । उहाँले मेरा पिताजीबाट गायत्रीमन्त्र श्रवण गर्नु भएकाले मलाई विशेष स्नेह गर्नुहुन्थ्यो, गुरूपुत्र भनेर । म काका भन्थेँ र ठान्थे श्रद्धेय अभिभावक । मलाई आपद्–विपद् परेको बेला, धाती न गुहारी भएको समयमा सहयोग गरेर बिर्सिनसक्नु गुन धेरै पटक लगाउनु भएको छ । उहाँमा थिए– करुणा, उदार, उपकारी र सहयोगी भावना । एकै वर्षका स्नातक भए पनि स्नातकोत्तरमा म १ वर्ष पछि परेँ । पढाइ सकेर उहाँ लाग्नु भयो प्राध्यापनमा, म लागें भोजपुर गाउँघरतिर । प्राध्यापनमा झन्डै ५ वर्षपछि २०३१ मा म स्थायी भएर आएँ त्रिचन्द्र क्याम्पसमा सहायक प्राध्यापक भएर, उहाँ हुनुहुन्थ्यो पाटन संयुक्त क्याम्पसमा । उदार, उपकारी र सहयोगी उहाँले एक्लो मलाई केही समय आपैँफ साथ दिनुभयो र परिवार आएपछि म सरेँ गणवहाल डेरामा । करिव ६ महिनापछि मेरो परिवारलाई दुर्दिनले घेर्दा, आपद्–विपद्, धाती न गुहारी हुँदा उहाँबाट पाएँ निस्वार्थ सहयोग । यस प्रसङ्गलाई अलिकति स्पष्ट पार्न चाहन्छु ।
प्राध्यापन सुरु गरेको ६ महिनापछि अकस्मात् सहायक डिनद्वारा मेरो सरुवा हुन लागेछ राजविराजमा । सो रद्द गराई सरुवा भएँ पाटन संयुक्त क्याम्पसमा श्रावण २०३२ मा । केही समयपश्चात् आफ्नो क्याम्पसको उत्तरपुस्तिका मात्र निःशुल्क जाँच्नुपर्ने प्रावधान विपरीत अन्य क्याम्पसको ३५० जति उत्तरपुस्तिकाको एमानको पोको डिन कार्यालयमार्पफत मेरा नाममा आयो । १० दिनभित्र जाँचिसक्नु पर्ने निःशुल्क । मलाई ज्वरो आएजस्तो भयो, म त भएँ हतप्रभ । सम्भेँफ– हाकिमको कुटिल हाँसो, सक्कली रूप, बदलाको भावना । तँ छुसी पाखे, मसँग जोरी खोज्ने ? लौ चाख् काठमाडौं बस्न खोजेको रहरको फल भनेजस्तो लाग्यो । आफ्नो इमान, कर्तव्य र पेसाको मर्यादा सम्भेफर क्याम्पसमा दिनमा ६/७ कक्षा पढाएर बाँकी समय घर–व्यवहारतिर पनि कम ध्यान दिदै न दिन न रात, न भोक न तिर्खा, लित्ती कसेर जाँच्न थालेँ, राती २ बजेसम्म जाग्राम । आधा जाँची नसक्दै परेछ ज्यादा परिश्रम, भयो डायरिया, आयो २–३ ज्वरो, भएछ सन्निपात (टाईफाइड), घेरेछ दुर्दिनले । म भएँ धाती न गुहारी । नयाँ जागिर, बालक छोराछोरी, नौली श्रीमती, थोरै आयस्रोत, दौडिँदै बबरमहलमा गएर उहाँलाई खबर गरेपछि मलाई पुर्याउनु भयो टेकू हस्पिटल । त्यहाँबाट ७ दिनपछि घर आउँदा त २ वर्षको छोरो ज्वरोले भएछ सिकिस्त, बेहोस, इन्तु न चिन्तु झ् गणवहालको चिसो छिँडी, भुइँको सुताइ, नयाँ जागिरको थोरै कमाइ, ४ जनाको परिवार, कान्ति बाल अस्पताल पुर्याउनु भयो उहाँले नै बिमारी छोरालाई । उठाउनु भयो मेरो १ ट्याक्सी झिटीगुण्टा, लानुभयो ४ वर्षकी छोरीसहित मलाई, परेँ म उहाँकै शरणमा । पाएँ ठुलो सेवा र सहयोग, लगाउनु भयो बिर्सिनसक्ने गुन, निःस्वार्थ उपकार । परिश्रम र चिन्ताले बल्झियो ज्वरो । त्यही औषधि खाएँ पेफरि । उहाँले खोजिदिनुभयो कुपण्डोलमा डेरा, सरेँ ट्याक्सीमा सामान राखेर । साता नबित्दै पेफरि तेस्रो पटक ज्वरो बल्झियो । पुर्याउनु भयो उहाँ र भीमशङ्कर भण्डारीजीले शान्तभवन हस्पिटलमा । सात दिनमा फर्केँ, भयो लामो दसैँ बिदा । पाएँ तङ्ग्रिने मौका, गर्नु परेन परिश्रम । म अशक्त, गरिखान नसक्ने ठानेर बाँकी उत्तरपुस्तिका तत्काल स्वयं परीक्षण गरी फिर्ता गरिदिनुभएछ । यस्तो उपकार, निःस्वार्थ सहयोग कसले गर्छ मतलवी दुनियाँमा । उहाँ मेरा श्रद्धेय अभिभावक, गुमाएँ सदाका लागि, म सधैँ ऋणी भएको छु उहाँको ।
मृदुभाषी, कर्मठ, उदार, पर्दा जसलाई पनि सहयोग गर्ने उहाँ केही समय प्राध्यापक र प्रशासनमा बिताएपछि आजन्म पूर्णकालीन सर्जक, प्राध्यापक र समाजसेवी हुनुभयो । विषय, घर र कर्मस्थल एउटै भएका हामी उहाँ कीर्तिपुरमा सरुवा भएपछि पनि घर र बानेश्वर क्याम्पसमा भेट भइरहन्थ्यो । नयाँ गीत र कविता लेखेपछि मलाई सुनाउनुहुन्थ्यो । प्राध्यापक, सृजना साथै दर्जनौँ विभिन्न सङ्घसंस्थासँग आबद्ध उहाँले दर्जन बढी मौलिक रचना र पचासौँ विभिन्न स्रष्टाका कृतिको भूमिका लेखन गर्नुभयो । थुप्रै शैक्षिक सामाजिक सङ्घसंस्थाद्वारा सार्वजनिक रूपमा अभिनन्दित, सम्मानित र पुरस्कृत उहाँले प्रथम युवावर्ष मोती पुरस्कार प्राप्त गर्नुभयो र यो क्रम जारी रहँदै पक्षाघातपछि अनेकौँ संस्था र महामहिम सम्माननीय राष्ट्रपतिद्वारा पनि सम्मानित, अभिनन्दित र पुरस्कृत हुनुभयो ।
एक दिन बिहानै मेरा घरमा बस्ने बच्चाले भन्यो– पल्लो घरको अङ्कललाई केदार अङ्कलले बोकेर ट्याक्सीमा लानुभयो । म झस्केँ झ् कहीँ उहाँको माताजीलाई जस्तै पक्षाघात झ्झ् नभन्दै मेरो अनुमान सत्य रहेछ । दाहिने पाटो सबै खर्ल्लप्प भएछ । मधुमेह र उच्च रक्तचापग्रस्त उहाँले मधुमेहलाई प्राथमिकता दिएको आशय केही समय पहिले गर्नुहुन्थ्यो ।
न्यौपाने कुलको दियोको प्रकाश मधुरो भएछ । प्रकाश तेजिलो पार्न अनेक एलोप्याथिक–आयुर्वेदिक वर्तन थप्दा पनि चम्किलो हुनुको सट्टा झन् मधुरो हुँदै गयो । पटाक्षेप भयो, क्रियाशील र सृजनशील स्रष्टाको सृजना र प्राध्यापन । पुसको एक बिहान खबरको क्रममा आँखा परे टी.भी.मा– उपचारका क्रममा कवि दैवज्ञराज न्यौपानेको असामयिक निधन झ् म हतप्रभ र स्तब्ध भएँ । थिएन दृष्टिभ्रम, असत्य भन्न नसकिने पक्षाघातग्रस्तको आकस्मिक निधन । मृत्यु अनिवार्य र अपरिहार्य सत्य, सक्रियको लागि असामयिक थियो त्यो निधन । कालदेवको सत्यतामा विश्वास लाग्नु नलाग्नुको अर्थ थिएन । सबैले जाने–नासिने देह असमयमै नहुनु थियो भयो । पार्थिव त्यो देह पञ्चतत्त्वमा विलीन भयो । रह्यो स्मृतिशेष– कीर्तियस्य स जीवति । नेपाली साहित्याकाशबाट एक उज्ज्वल नक्षत्र सदाका लागि अस्तायो । अपूरणीय क्षति भयो– नेपाली समाज र साहित्यमा । अन्त्यमा उहाँको आत्माको चिरशान्तिको कामनासहित अर्पन्छु भावपूर्ण श्रद्धाप्रसून र सम्झन्छु गीताको यो सूक्ति ः–