मेरो सम्झनामा : दैवज्ञराज न्यौपाने
कवि दैवज्ञराज न्यौपाने नेपालका एक होनहार महान् साहित्यिक र बौद्धिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँको देहावसानले नेपाललाई अपूरणीय क्षति भएको छ । किनभने उहाँले नेपाली समाजका लागि गर्नुभएको भाषा र साहित्यको योगदानको अब पूर्णविराम भएको छ । उहाँले लयात्मक शैलीमा सङ्गीतमय तरिकाले कविता वाचन गर्दा सम्पूर्ण श्रोतावर्ग मुग्ध हुन्थे, वातावरण शान्तिमय हुन्थ्यो । यसरी सम्पूर्ण श्रोतावर्गको ध्यान आपूफप्रति आकृष्ट गर्न उहाँ सक्षम हुनुहुन्थ्यो ।
उहाँको मृदु वाणीलाई कहिल्यै कसैले पनि बिर्सन सक्तैन । उहाँ नातामा मेरो मामा हुनुहुन्छ र मैले एस.एल.सी. जाँचको तयारी गरेको समय उहाँ संस्कृत छात्रावासमा बस्नुहुन्थ्यो । मैले एक दिन उहाँलाई भेटेर मलाई जाँचमा केही सहयोग गरिदिनु पर्यो भनेर अनुरोध गरेँ । उहाँले पनि– भान्जा म सहयोग गरिहाल्छु भनेर नेपाली र संस्कृत विषयमा पुफर्सदको समयमा पढाइदिने बचन दिनुभयो । यसरी उहाँले मलाई संस्कृत र नेपालीमा पढाएर सहयोग गर्नुभयो । उहाँ आपूफ अध्ययन अध्यापनमा रहेको भए पनि मलाई समय दिई आफ्ना विषयमा दत्तचित्त भई पढाइमा ठुलो सहयोग पुर्याइदिनुभएकाले एस.एल.सी.परीक्षामा राम्रो अङ्क ल्याई उत्तीर्ण हुन सकेँ । यसको श्रेय मामा दैवज्ञराजलाई नै जान्छ । म र मजस्ता उहाँबाट शिक्षा प्राप्त गरेका सबैले गुरुको रूपमा र मैले मामासमेतको नाताले आदर गर्थँे र गरिरहने छु ।
आज उहाँ हाम्रो माझ हुनुहुन्न तर उहाँका गुण र असल आनीबानीलाई हामी सबैले सधैँभरि सम्झना गरिरहने छौं । उहाँजस्तो साहित्यकार व्यक्तिलाई मैले मात्र होइन सम्पूर्ण नेपाली समाजले सम्झना गरिरहने छ भन्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।
सिनामङ्गल–९, काठमाडौं
यत्रो संसार यो आज सारहीन भयो किन ?
जिन्दगी कसरी भन्नु जब खुल्दैन जीवन
संसार यसको नाउँ यहाँ यस्तै छ जीवन
कतै मेल खुसी हाँसो, कतै सन्त्रास रोदन।
दैवज्ञराज न्यौपाने