कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

पर्वत

डा. विष्णु राई

आँखाले देखेको पेफदीबाट
विशाल पर्वत
पर्वतमाथि उभिएको छ
कुनै एउटा सग्लो मान्छे
दैवज्ञराज जस्तो
हो कि भन्छु ।

पेफरि हेर्छु दैवज्ञराजको तस्वीर/मुस्कान
सम्झन्छु छलकपटविहीन
सफा मान्छे ।

पेफरि पर्वत हेर्छु
झन् झन् अग्लिँदै गइरहेछ
आकाश छुन त्यो छाया
भिर पहराहरूमा पुफलेका छन्
कयौं .........हरू

हेर्दा हेर्दै पर्वत टेबिलमा केही लेखिरहेछ
मन्द मुस्कानभित्र गुनगुनाइरहेछ
कवि दैवज्ञराज जस्तो
हो कि होइन पेफरि हेर्छु
उही मृदुभाषी कवि
उही निश्चल पर्वत
लेखिरहेछ दैवज्ञराजको गीतजस्तो

पर्वत दैवज्ञ र दैवज्ञ पर्वत ।