कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

दैवज्ञको सम्झना

प्रा.डा. वासुदेव त्रिपाठी

१ पचास वर्ष पहिले पुगेथेँ जुन ठाउँमा
बजार जुन देखेथेँ डुलेथेँ जुन गाउँमा
अहिले सम्झना ज्वार प्रवाहित त्यतैतिर
पूर्वी पहाडका प्यारा डाँडाकाँडाहरूतिर

२ युवा प्रहर त्यो मेरो यात्राप्रिय उमेर त्यो
स्वप्नसंसारमा गर्थ्यो रम्य दूर उडान जो
दिलमा कल्पना पङ्ख पाइला धरतीतिर
कामना कलिला मेरा देशदर्शनखातिर

३ देश दुर्गम सिङ्गै यो आविष्कार गरूँसरि
सिङ्गै नेपाल प्यारो यो आजीवन डुलूँसरि
जन्मेँ तनाँैमा गोर्खामा हुर्केँ कान्तिपुरी प्रिय
पूर्वी नेपाल प्यारो छ, यात्री हुनु सधैँ प्रिय

४ हिँडे कान्तिपुरीदेखिन् देखेँ भक्तपुरी पनि
साँगा भन्ज्याङ नाघेर बनेपा टेकियो पनि
पुगेँ ओखलढुङ्गामा रोसी–कोसीहरू तरी
पेफदी सगरमाथाको छायामा हिमकिन्नरी

५ पुगेँ म भोजपुरमा पूर्वको चार नम्बर
छिनामखु र टक्सार दिल्पा कुलुङ सुन्दर
तरेर पिखुवा खोलो गोगने प्रिय गाउँ त्यो
दैवज्ञराज जन्मेको हुर्केको ग्रामभूमि त्यो

६ गोगने पाठशाला त्यो सानो संस्कृत मन्दिर
अपार जनआस्था त्यो हिन्दू संस्कृतिखातिर
गुरुदर्शन सौभाग्य श्री गणेशप्रसादको
पैलो किशोर झल्को त्यो छोरो दैवज्ञराजको

७ गोरो उज्यालो हँसिलो छवि ग्रामकिशोरको
अहिले पनि सम्झन्छु म त्यो विम्ब सुरम्य जो
के थाहा त्यति बेला यो किशोर अवलोकन
होला भविष्यमा गाढा स्नेहको मृदु बन्धन

८ लामो यात्रा थियो पूर्व पहाड र तराइको
देखभेट चिनाजानी नाना ठाउँ र व्यक्तिको
युवा दैवज्ञ हे मेरा कसरी दिलमा पस्यौ
गत आधा शताब्दीमा मुटुका मर्ममा बस्यौ !

९ त्यहीँ दिङ्ला थियो दाङ तिमी पढ्न भनी पुग्यौ
पूर्वका हे युवा यात्री निकै पश्चिममा भिज्यौ
पस्यौ यो राजधानीमा पढ्नैका निम्ति छात्र भै
अग्ला गोरा र हँसिला एक लक्का जवान भै

१० क्या सुन्दर थियो रूप साक्षात् मदनभैँफ थियौ
क्या मीठो मधुरो बोली स्वयं कोकिलभैँफ थियौ
कविता उत्तिकै मीठा, उद्घोषण सुनूँसरि
गीत रम्य, गला मीठो, जुगौँ सुनिरहँूसरि

११ ती तिम्रा रूप रचना मिजास र गला पनि
राम्रा लागे सबैलाई बिस्तारै चिनियौ पनि
प्रिय शिष्य रह्यौ मेरा पाएँ सम्मान पाउनु
गुरुकै पनि सौभाग्य श्रद्धावान् शिष्य पाउनु

१२ स्वयं ललित व्यक्तित्व धायौ ललितपत्तन
अध्यापनकला मीठो थाल्यौ हाँक्न प्रशासन
आएथ्यौ कीर्तिपुरमा मेरै आग्रहले तिमी
सुखको दुःखको साथी सहकर्मी रह्यौ तिमी

१३ म बानेश्वरमा बस्ने, यतै बस्न गर्‍यौ सुरु
यौटै छिमेकमा बस्दा सम्बन्ध झयाङ्गियो अरू
सहयात्रा जिन्दगीको पारिवारिक मित्रता
जिउने एउटै टोल परिवेश–घनिष्टता

१४ पाक्दो उमेर पदको प्रतिष्ठाको चुलीतिर
क्या लोकप्रियता तिम्रो, सिर्जना माधुरीतिर
दैवज्ञ ! देहमा तिम्रो मधुमेह पस्यो तर
सधैँ नै कवि हे तिम्रो जिन्दगी मधुराक्षर

१५ क्यै सङ्कटहरू आए विसङ्गति रहे कहीँ
कैयौँ प्राप्तिहरूबीच बिभेफ काँडा–व्यथा कहीँ
रक्तचाप रह्यो उच्च स्वभाव किन्तु शीतल
स्वच्छन्द जिन्दगी तिम्रो दिल स्वच्छ र कोमल

१६ जीवनीशक्तिका सामु दबे रोगहरू अलि
उपचारहरूबीच घटे पीडाहरू अलि
दैवज्ञ हे सधैँ व्यस्त रह्यौ जीवनमञ्चमा
जिन्दगी एउटा लीला चिर जैविक चक्रमा

१७ बन्यौ अकस्मात् आक्रान्त कसरी पक्षघातले
खप्यौ हे कसरी पीडा दपेट्दा मृत्यु–व्याधले
उपचार र सुश्रूषा पाई बाँच्यौ प्रसन्न छु

मृत्युझट्का जिती ब्यूँझयौ दैवज्ञ ! बाँच भन्दछु

१८ फिर्‍यौ जीवनमा किन्तु रहेन दिव्य रूप त्यो
खुलेन स्वरमाधुर्य रुद्ध कोकिलकण्ठ त्यो
जिन्दगी कतिको कष्ट क्रियाशक्ति छ कुण्ठित
गतिशक्ति छ ऐँचेभैँफ वाक्शक्ति अल्पगुञ्जित

१९ दैव हे के भयो यस्तो त्यो किन्नर कहाँ रह्यो
फिर्‍यो सञ्चेतना पेफरि, सार–शक्ति कहाँ गयो
प्रहार किन हो यस्तो भोलाभाला कविप्रति
पीडाजडित शयामा जिन्दगी यातना कति

२० के हो यो दैवको लीला दैवज्ञ जुन भोग्दछन्
अदृष्ट जिन्दगी खेल, परेको भोग्नु भन्दछन्
मर्नुभन्दा बाँच्नु निको– बाँच्ने दैवज्ञको जय
सदा जीवनसङ्घर्षी कवि दैवज्ञको जय

२१ अलभ्य जिन्दगी भन्नु सृष्टिको मधुरामृत
जो बच्यो, त्यसको पूरै गर्नु नै छ हिफाजत
सुश्रूषा र चिकित्साले पुनर्रचित जिन्दगी
अभ्यास–साधनाद्वारा पुनर्निर्माण जिन्दगी

२२ दैवज्ञ ! छौ तिमी भन्न पाउँदा हे प्रसन्न छौँ
देख्न पाई तिमीलाई अहो नयन तृप्त छन्
बढाऊ जीवनीशक्ति स्व–अभ्यासी अरू बन
बौरोस् शरीर सम्पूर्ण पूर्ण स्वस्थ तिमी बन

२३ जगाऊ जीवनीशक्ति कवि अमृतपुत्र हे
ब्यूझाऊ चेतनाशक्ति वाणीका प्रिय पुत्र हे
तान लामो आयुरेखा दैव ! दैवज्ञको तिमी
वाणीको प्रार्थना गर्छु– बाँच दैवज्ञ हे तिमी

२४ कवि–कोकिलको वाणी कसैले नहरून् भनी
अब उर्दी गरी जारी देवी हे वरदायिनी झ्
फर्काऊ कविको वाणी ! स्वयं वाग्देवता तिमी
बिचरा कविका निम्ति धाईआमा स्वयं तिमी

२५ दैवज्ञ झ् गर हे ध्यान वाग्देवीको स्वयं तिमी
अर्चना गर आस्थाको चेतना–तलमा तिमी
जिन्दगी बन्धकी ह्वैन वेदना र विषादको
जिन्दगी मोह माया हो संसार–परिवारको

२६ छ शेष जिन्दगी जो त्यो अदृष्ट एक ग्रन्थ हो
शुभेच्छा त्यसका निम्ति मेरो सिर्जनवेग यो
प्रयास जिन्दगी भन्नु केही प्राप्ति अप्राप्ति क्यै
सँगी–गुरु रहेँ तिम्रो म बाँडूँ सुख–दुःख क्यै

२०६६ चैत ४

म

सर्ग २ः उत्तरार्द्ध

१ गयौ तिमी त दैवज्ञ झ् सुटुक्क रात अन्त्यमा
बिसाई हुनुको पीडा सुरु नहुनुको भयो
सुन्यौँ जसै समाचार पुगेर अस्पतालमा
हेर्नै कठिन भो तिम्रो कालःकवलिताकृति

२ अश्रुबिन्दु डिलैमा छन् बर्सूंभैँफ डम्म बादल
रुद्धकण्ठ म के बोलूँ लाटा छन् शब्द मौनमा
प्रिय शिष्य तिमी छैनौ, सखा साहित्यबान्धव झ्
उदायो कसरी घाम झ् तिमी अस्त हुँदा पनि झ्झ्

३ बिसायौ बहुरोगार्त पीडा वैभव जिन्दगी
मुक्ति हो कि थाहा छैन हैन तिम्रो प्रयाण यो
तिमी थियौ खुसी भेट्दा देहै गलिसके पनि
स्मृतिशेष भयौ ऐले जलेर आर्यघाटमा

४ हुनै नहुनुका बीच सोच्दथे शेक्सपीयर
तिमी बित्यौ बुभेँफ क्यै त हुनै नहुनु अन्तर
विद्यावंशीय दैवज्ञ झ् सम्झनामा रह्यौ अब
स्वीकार गर यी मेरा श्रद्धा–सुमन शब्दका

५ विश्व–दैवज्ञरचित यौटा अन्त्य भयो कथा
जो रच्यौ जिन्दगी भन्नु त्यो भयो स्मृतिको कथा
तिम्रा सङ्घर्ष सपना सृजना सोच्छु झल्झली
निसानी रहलान् तिम्रा यशःकाया सबै कृति

६ सहकर्मी तिमी साथी छिमेकी शिष्य नै पनि
मेरा शुभेच्छु दैवज्ञ झ् गयौ खाडल नै भयो
मेरा निम्ति विराट् विश्व बन्यो आज धुजाधुजा

जे जो थियौ त्यो सम्झन्छु अपूरणीय लाग्छ त्यो

७ तिमी गुणकथा छैनौ तिम्रो सम्झनु शेष भो
यी शोकका हरफमा म बग्ने कतिसम्म हो
तिम्रा जति म चिन्दो छु सबैमा समवेदना
गुम्दा दैवज्ञ–ऐश्वर्य विरहाकुलवृन्दमा

८ दैवज्ञ झ् हे कहाँ खोजूँ यात्रा अज्ञात भो सुरु
जहाँ गएर फर्केको भेटिएन कुनै जन
कहाँ फिराद गर्ने हो ? यो चित्त नबुभेफ पनि
अब भेट सदा होला यशस्वी कृतिकुञ्जमै

९ छचल्किन्छौ छन्द भई कविता काव्य गीतमा
राष्ट्रियता–लहरमा गुँज्छौ प्रीति–तरङ्गमा
राम्रा जति थियौ आपूफ उस्तै नै रचना रच्यौ

गला जति थियो मीठो उस्तै मोहक सिर्जना झ्

१० जति सुन्दर नेपाल उस्तै सुन्दर नै थियौ
नेपालकै प्रतिच्छाया नेपाली रचना रच्यौ
छन् तिम्रा कृति नेपाली भावसौन्दर्यका धनी

सौम्य प्रकृति छन् बुट्टे नेपाली दिलगुञ्जिनी

११ सम्झनाकुञ्जमा भेट अब हाम्रो हुने भयो
सृजनाकुञ्जमा तिम्रो हुने भो भावप्रेषण
जति सुन्दर ह्वौ उस्तै अब सौन्दर्यशेष छौ
जति ह्वौ रसिला उस्तै माधुर्य रचनारस

१२ जिन्दगी रचना गाह्रो रच्यौ जतनले कति
हुर्काए बिरुवाजस्तो लगानीले अहो झ् कति

पुफल्दै फल्दै थियौ केले थलिएर थला पर्‍यौ
देहभार बिसाएर गयौ अनन्तमा कहाँ ?

१३ कुस्ती समयका साथ बहुसङ्घर्ष साधना
छोराछोरी परिवार पत्नी ऐश्वर्य जिन्दगी
रचनारसले मीठो आफ्नै आर्जन जिन्दगी
बिसाएर स्वयंलाई हे दैवज्ञ झ् कहाँ गयौ

१४ मधुमेही रक्तचापी पक्षाघातप्रपीडित
उठ्न गाह्रो बस्न गाह्रो कक्रिएर शरीर नै
बोल्न गाह्रो भावभित्र अन्तर्रुद्ध सरस्वती
पीडाका शरशयामा थियौ कवि झ् गयौ कहाँ ?

१५ पुकार्‍यो राष्ट्रवाणीले स्वास्थ्योपचारचिन्तित
गरे सकलले तिम्रो कामना स्वास्थ्यलाभको
गरे राष्ट्रपतिजीले तिम्रो समभिनन्दन
कवि सततसङ्घर्षी झ् छैनौ, छु भावविह्वल

१६ कति गाह्रो जिन्दगीमा रहेछ यो गुरुव्रत
तिमीले त बिसायौ यो देहशोषी गुरुतप
शिष्यस्नेह थियो तीव्र विद्यावंशी कति प्रिय
श्रद्धाञ्जलि तिमीलाई मेरा आदर्श शिष्य हे झ्

१७ आफ्नै तुल्य तिमी लाग्थ्यौ साइनो के पर्‍यो भनूँ
किन आफन्तभँैफ लाग्थे तिम्रा आफ्नाहरू सबै
पश्चिमै पूर्वका बीच तनहुँ–भोजपुरमा
के नै थियो भनूँ नाता चुँडिस् समय त्यो किन ?

१८ को हौ तिमी भनूँ मेरो किन आत्मीयता बढ्यो
संसारमा सबैभन्दा बलियो भावबन्धन
रित्तो लाग्दछ संसार स्नेह सख्य फिकासरि
को छ आत्मीयभैँफ लाग्ने दैवज्ञ नहुँदा तिमी

१९ रक्तचापी हुने कैले बोल्दा झडङ्ग नै पनि
पुंस्कोकिल भनूँजस्तो मधुर स्वरका धनी
अनन्त रचनाशक्ति क्यै झट्का मधुमेहका
अलि भूल गुण ज्यादा जिन्दगी असरल्लभैँफ

२० के भनेर तिमीलाई म गरूँ परिभाषित
रह्यौ सधैँ जिन्दगीमा स्वच्छन्द रसका कवि
मीठो पढाउँथ्यौ हौ कि प्राध्यापक मधुव्रती
कविको पहिचानैमा नाउँ नै पनि भो कवि

२१ अस्पताल गई हेरेँ जिन्दगी खेल अन्त्य त्यो
उडी प्राण पखेरु जो अवशेष थियौ तिमी
देखेँ समाधिमा शून्य चितामा आर्यघाटमा
तिम्रो शरीरसत्ताको त्यै अन्तिम बिदाइ भो

२२ दिलमा झल्झली देख्छु छवि तिम्रो सुदर्शन
कला गला दुवै मीठो तिम्रो आउँछ सम्झना
जिन्दगी सम्झनासार जल्यौ ज्वाला भई तिमी
म समाउँफ तिमीलाई कसरी छन्दछालमा

२३ दैवज्ञ कालगणना तिमी गर्न कहाँ चुक्यौ ?
विराट् विश्वगणितमा रोग सृष्टि गर्‍यौ किन

सुकुमार बित्यो स्रष्टा यौटा दैवज्ञ नाउँको
छवि चारु गला मीठो रचनारस ऊर्जित

२४ जिन्दगी भन्नु रचना ह्रासवृद्धि विसर्जन
यौटा रमाइलो खेल रचना रस जैविकी
किन हुन्छ कहाँनेर गणितत्रुटि सृष्टिमा
अन्त्य मर्मतसम्भार हे दैवज्ञ झ् बिदा भयौ

२५ दैवज्ञ छब्बिसी लेखेँ तिमी जब थला पर्‍यौ
तिम्रो जिजीविषा शक्तिलाई ऊर्जा दिउँफ भनी
जिन्दगी एक सङ्घर्ष तिमी आखिर गै”गयौ
करुणा लहरीमाथि के लेखूँ गुणका कथा

२६ दैवज्ञ छब्बिसी अर्को उत्तरार्ध यही भयो
यौटा जीवनको खेल सङ्घर्ष अवसान भो
पीडा र माधुरीबीच दोधारा जिन्दगी सधैँ
बिसाउँछु यहीँनेर शोकको लिपिलेख यो

२०६९ श्रावण २१

बानेश्वर, काठमाडौं

म्पर्क