सादा जीवन उच्च विचार
नेपालका कवि तिमी, छन्दवादी थियौ
आँखाभित्र राखे पनि, नबिझाउने थियौ
भद्र थियौ, सज्जन थियौ, थियो मीठो बोली
साहित्यमा बोल्थ्यौ तिमी, भित्री मन खोली
हुने बिरुवाको हुन्छ, भन्थ्यौ चिल्लो पात
मानिसको जिन्दगीमा, हुन्न ठूलो जात
तोतेबोली कविताको, सँगालो छ राम्रो
गाउँखाने कवितामा, मन रम्छ हाम्रो
साहित्यका साधक तिमी, सेवा गर्यौ देशको
मृदुभाषी थियौ तिमी, माया गर्यौ भेषको
समाजसेवा पनि गर्यौ, उदार मन गरी
भानु प्रतिष्ठानमा थियौ, हिँड्थ्यौ अघि सरी
भोजपुरमा जन्म्यौ तिमी, काठमाडौंमा कर्म
सहृदयी थियौ तिमी, बुझथ्यौ सबको मर्म
सादा जीवन उच्च विचार, व्यवहार राम्रो
तिम्रो गुण गान गाउनु, कर्तव्य हो हाम्रो
शिक्षासेवी प्राध्यापकको, मान पनि लियौ
एम्.ए. पढ्दा गुरु तिमी, निर्देशक थियौ
मेरो किताबमा हेर्छु, भूमिका क्या राम्रो
तिमी गयौ धर्ती छोडी, झल्को आउँछ तिम्रो
हिमाल जस्तो तिम्रो शिर, भुफकेन नि कैले
नियाँस्रोले सताउँछ, संझदा त ऐले
ढाका टोपी लगाउँथ्यौ, जाने बेलासम्म
नेपालकै माया गर्यौ, अन्तिम साससम्म
बालाजु हाइट, काठमाडौं
सम्पर्क : e-mail mpathik@gmail.com