कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

ऊ गाउँघरको गीत

कलानिधि दाहाल

चेतनाको टुकी खोज्दै बल्यो बत्ती सकेजति
पाखा घस्री झर्‍यो गौँडा घाउ लाग्यो अभैफ कति
उत्री सहरका सारा नाडी छाम्यो भएजति
जम्मै जगत पस्केर पङ्क्ति कोर्‍यो झनै कति

पङ्क्तिजस्तै बन्यो श्वास प्रश्वास पेफरिए पनि
टाढा आकृतिमै धप्प धप्केको दिव्य जीवनी
पहाडी काँकरीजस्तै सहरी जिन्दगीसँग
छल्कियो टल्कियो साँच्चै आफ्नै अस्तित्वको रङ

झिल्का झिल्झिल झिल्कायो असङ्ख्य जनका जन
अक्षराङ्कुरमै भित्री धड्कायो दिल धड्कन
लालसाका कुनै हात फैलेनन् क्यै लिनै कतै
कर्मको पारखी कर्म भित्रै चम्क्यो जताततै

बाँची मर्नेहरू भित्र मरेर बाँच्नुको मजा
त्यही मजा सधैँ पैफली फर्पफरायो बनी ध्वजा
लयदार गला खोली तनमै मनका मन
निस्के सङ्गीतका सार गर्दै गुन्गुन गुन्गुन

ऊ गाउँघरको गीत जितै सहरको सफा
सफा सहरमै लेख्यो गाउँका गीतका दफा
नागवेली बने भाव शब्द बाटा बने कति
सबै सुन्दरका भाका बने विम्ब भएजति

ऊ प्रजातन्त्रको पुत्र कलासाथ गला बही
सिङ्गो मानवता उम्ली चम्कियो छाल छल्छली
बाँची मर्नेहरू भित्र मरेरै बाँच्नुको मजा
फर्पफरायो मजासाथ फर्पफरी मनको ध्वजा

मर्दैन ऊ कहीँ कैल्यै अखण्ड दीपमा बल्यो
टुकी थोत्रो गयो ज्योति सधैँ झल्झल मै जल्यो
यस्तो यो तन ढल्नुमा हुन्छ आनन्द हो अहा
सबै यस्तै ढलौं हुन्छ जिन्दगीको नयाँ मजा

बत्तीसपुतली, रातोपुल